सबै प्रमाण नष्ट गरेर बेपत्ता आयोगलाई काम गर्न लगाइएको पाठकको आरोप

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका आयुक्त एवम् प्रवक्ता डाक्टर विष्णु पाठकले सरकारले बेपत्ता पारिएका व्यक्तिहरूका सबै प्रमाण नष्ट गरेर आयोगलाई छानविनको काम जिम्मा लगाएको आरोप लगाएका छन् । रामेछापको सदरमुकाम मन्थलीमा भदौ ८ गते आयोगले आयोजना गरको बेपत्ता पारिएकाहरूका आफन्त तथा सरोकारवालाहरूसँगको छलफल कार्यक्रममा पाठकले सो कुरा बताएका हुन् ।…

August 25, 2018  
अज्ञात व्यक्तिद्वारा कर्मचारीमाथि छुरा प्रहार

रामेछाप जिल्ला समन्वय समितिका अधिकृत नारायण सुवेदीमाथि भदौ ६ गते छुरा प्रहार भएको छ । अज्ञात ब्यक्तिले राति करिब सवा ९ बजे मन्थली नगरपालिका-१ स्थित आफ्नै घरमा सुतिरहेका सुवेदीमाथि छुरा प्रहार गरेको हो । छुरा प्रहारबाट गम्भीर घाइते भएका सुवेदीको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको…

August 23, 2018  
कथित बोक्सी आरोपमा महिलालाई तातो फलामले डामेर दुर्व्यवहार, आरोपितविरूद्ध उजुरी

लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँकी २६ वर्षीया सरिता दर्जीलाई कथित बोक्सीले दुःख दिएकाले बोक्सी निकाल्ने भन्दै तातो फलामले गालामा डामेको आरोपमा असार ५ गते ओखलढुङ्गाको लिखु गाउँपालिका-२ रगनीका ३५ वर्षीय आफूलाई धामी बताउने रविन्द्र नेवारविरूद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले कथिते बोक्सी निकाल्ने भन्दै…

June 20, 2018  
प्रहरीको लाठीचार्जबाट चार जना घाइते

रामेछापको सदरमुकाम मन्थली नगरपालिका-२ भैसेसुरमा जेठ ३० गते राति प्रहरीको लाठी प्रहारबाट चार जना घाइते भएका छन् । प्रहरीले लाठी चार्ज गर्दा समाचार सङ्कलनमा गएका पत्रकारसहित चार जना घाइते भएका हुन् । प्रहरीको लाठीचार्जबाट तामाकोसी ढुवानी सेवा समितिका अध्यक्ष मन्थली नगरपालिका-५ सुनारपानी निवासी २९ वर्षीय नविन कार्की, मन्थली नपा-२ का…

June 14, 2018  
महिला जनप्रतिनिधिमाथि कुटपिटविरुद्ध प्रहरीमा उजुरी

रामेछाप नगरपालिका-१ गोठगाउँकी महिला वडा  सदस्य ४६ वर्षीया सृजना श्रेष्ठलाई जेठ २९ गते सोही स्थानका ४८ वर्षीय ठेटकुमार श्रेष्ठ, ४९ वर्षीय युद्धबहादुर कार्की, ४२ वर्षीय सत्यनारायण श्रेष्ठलगायतले हापात गरी लछारपछार गरेको आरोपमा प्रहरीमा उजुरी गरिएको छ । फागुन महिनामा सो ठाउँको गैरीपाखा सामुदायिक बनको पँधेरामाथिको रूख काटेपछि ठेटकुमारलाई कारबाही गर्न…

June 13, 2018  
आर्थिक अभावका कारण गाई फिर्ता गरेको भन्दै दुर्व्यवहार

लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँका ४० वर्षीय खेटराज घिमिरेलाई जेठ २० गते सोही गाउँपालिका-२ सैपुका ६५ वर्षीय मेघनाथ पौडेलले किनेर लगेको गाई फिर्ता गरेको भन्दै नाङ्गेझार बनाएको घटना चार दिनपछि सार्वजनिक भएको छ । घिमिरेले ०७४ सालको फागुन महिनामा पौडेलको घरबाट गाई किनेर लगेका थिए । उधारोमा गाई लगेका घिमिरेले भूकम्पको…

June 7, 2018  
विद्यालय पुनर्निर्माण कार्यलाई गतिदिन आग्रह

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) आबद्ध मानव अधिकार संरक्षण सञ्जाल रामेछापले विद्यालय पुनर्निर्माणको कामलाई गति दिन सम्बन्धित सरोकारवालाहरूको ध्यानाकार्षण गराएको छ । सञ्जालले जेठ ९ गते मन्थलीमा आयोजित अन्तरक्रियामा भूकम्पले क्षति पुर्‍याएका विद्यालयहरूको पुनर्निर्माणको कामलाई छिटो अघि बढाउन ध्यानाकर्षण गराएको हो । कार्यक्रममा पुनर्निर्माण प्राधिकरणको शिक्षा जिल्ला आयोजना इकाईका प्रमुख…

May 23, 2018  
रामेछापको भटौलीमा सार्वजनिक सुनुवाइ सम्पन्न

भूकम्पपछिको पुनर्निर्माणको प्रभावकारिता विषयक सार्वजनिक सुनवाइ कार्यक्रम जेठ ५ गते मन्थली नपा-७ भटौलीमा सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मन्थली नपा-७ नं वडा कार्यालय, मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) र सान नेपाल रामेछापको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सहभागीहरूले भूकम्पका कारण…

May 20, 2018  
विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापकविरूद्ध उजुरी

विद्यार्थीलाई कुटपिट गरी मानव मुत्र (पिसाव) खुवाएर यातना दिएको भन्दै रामेछापको लिखु तामाकोसी गाउँपालिका धोवीस्थित झट्टेश्वर माविका प्रधानाध्यापक ४७ वर्षीय केबलबहादुर तिमिल्सिनाविरूद्ध पीडित विद्यार्थीहरूले जेठ ४ गते इलाका प्रहरी कार्यालय धोवीमा उजुरी दिएका छन् । गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काका अनुसार लिखु तामाकोसी गाउँपालिका-४ निवासी प्रधानाध्यापक तिमिल्सिनाले कक्षा सातमा अध्ययनरत १३…

May 18, 2018  
मन्थली नगरपालिकाले बनायो ११ वटा कानुन

मन्थली नगरपालिकाले ११ वटा कानुन निर्माण गरेको छ । नगरपालिकाले ११ वटा कानुन निर्माण गरी नगरसभबाट पारित गरेको मन्थली नगरपालिकाकी उपप्रमुख माया कार्कीले जानकारी दिइन् । कार्कीका अनुसार यसअघि बनाएर कार्यान्वयनमा ल्याएको न्यायिक समितिको कार्यविधि केही संशोधनसहित पारित गरिएको छ । सोही कार्यविधिमा रहेर नगरपालिकाले न्याय सम्पादनको काम गर्ने छ…

May 14, 2018