विद्यालय पुनर्निर्माण नहुँदा पठन पाठनमा समस्या
भूकम्पले भत्केका विद्यालय अझै पुर्ननिमाण नहुँदा पठनपाठनमा समस्या भएको छ । चीन सरकारको सहयोगमा निर्माण हुने भनिएको तीनओटा र जोखिम बस्तीमा परेका सात ओटा गरी भूकम्पका कारण भत्केका रसुवाका १२ ओटा विद्यालय भवन अझै निर्माण हुन नसक्दा विद्यार्थीहरूलाई पठनपाठनमा समस्या परेको छ । जिल्लामा ९१ ओटा विद्यालय रहेका छन् ।…
इन्सेक प्रतिनिधि सम्मानित
२२ औ भूकम्प सुरक्षा दिवसका अवसरमा रसुवा जिल्ला क्रियाशील इन्सेक प्रतिनिधि तथा अधिकारकर्मीहरु ०७६ माघ २ गते सम्मानित हुनुभएकाे छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा भएको एक कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) का जिल्ला प्रतिनिधि हेमनाथ खतिवडा, मासम अध्यक्ष तथा राससका ज्ञानेन्द्र न्यौपाने , अधिकारकर्मीकहरु विश्वास नेपाली, फुर्पा…
स्थानीय तहमा कर्मचारी अभावले काम प्रभावित
कर्मचारी समायोजनपछि स्थानीय निकायहरुमा पद रिक्त हुँदा काम प्रभावित हुन थालेको छ । आमाछोदिङमो गाउँपालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नुहँदा वडा सचिवको भरमा चलेको छ । वडा सचिव तथा गाउँपालिकामा कर्मचारी अभावका कारण नागरिकलाई प्रबाह गर्ने सेवा प्रभावित भएको हो । गाउँपालिका अध्यक्ष बुचुङ तामाङका अनुसार गाउँपालिका तथा वडाहरुमा…
समाचार लेखेको आरोपमा पत्रकारलाई मार्ने धम्की
१२ वर्षीया विदेशी बालिकालाई यौन दुर्व्यवहार गरेको विषयमा समाचार लेखेको भन्दै आरोपितका परिवारले नेपाल पत्रकार महासङ्घ रसुवाकी महिला उपाध्यक्ष कालिका गाउँपालिका–३ की २५ वर्षीया अनु आचार्यलाई पुस १ गते मार्ने धम्की दिएका छन् । नयाँ पत्रिका दैनिक र रेडियो रसुवामा कार्यरत आचार्यले पुस १ गते लेखेको समाचारको आधारमा कालिका गाउँपालिका…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया विदेशी बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कालिका गाउँपालिका –२ का २८ वर्षीय सुनिल पौडेललाई मङ्सिर २९ गते गिरफ्तार गरेको छ । अष्ट्रिलियामा बस्दै आउनुभएका रसुवाका रत्नप्रसाद पौडेलसँग नेपाल घुम्न आएको बेलामा पीडित बालिकालाई आरोपितले मङ्सिर २८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई…
भूकम्पले भत्केको विद्यालय भवन बनेन, अझै टहरोमै पढाइ
कालिका गाउँपालिका–५ स्थित निलकण्ठ मावि भवन ०७२ को भूकम्पका कारण भत्केको चार वर्ष बित्दा समेत पुनर्निर्माण हुन नसक्दा पठनपाठनमा समस्या परेको छ । सुरक्षित विद्यालय भवन नबन्दा विद्यार्थीहरू टिनको छाप्रोमा पढ्न बाध्य भएका छन् । चीन सरकारको सहयोगमा निर्माण हुने भनिएको भवन निर्माणमा ढिलाइ भएकाले ठूलो समस्या परेको निलकण्ठ नमुना…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उत्तरगया गाउँपालिका–२ डाँडागाउँका २५ वर्षीय कुमार तामाङलाई मङ्सिर २३ गते गिरफ्तार गरेको छ । आफ्नै घरमा खेलिरहेकी बालिकालाई आरोपितले मङ्सिर २२ गते ललाइफकाइ आफ्नो कोठामा लगेर तामाङले यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षको आरोप छ । पीडित बालिकालाई जिल्ला प्रहरी कार्यालयस्थित महिला…
नौकुण्ड गाउँपालिकाभर स्वास्थ्यकर्मी अभाव
कर्मचारी समायोजनका कारण दुई महिनाअघि नौकुण्ड गाउँपालिकाबाट ११ जना स्वास्थ्यका कर्मचारी सरूवा भएर गएपनि अहिलेसम्म एक जना पनि सरूवा भएर नआउँदा स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवा नपाएको स्थानीयको गुनासो छ । जिल्लाभरकै धेरै जनसङ्ख्या भएको र ६ ओटा भएको नौकुण्ड गाउँपालिकामा दुई महिनादेखि दक्ष स्वास्थ्यकर्मी अभावका कारण यहाँको बर्थिङ सेन्टर…
लोकतन्त्रमा नागरिक समाजको भूमिका महत्वपुर्ण हुन्छः सरोकारवाला
लोकतन्त्रमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सञ्चालित नागरिक समाज, सञ्चार माध्यम र स्थानीय तहको सहकार्य विषयक छलफल कार्यक्रममा सहभागीहरूले उक्त धारणा राखेका हुन् । नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले नागरिकको आवाज सुनुवाइ नभएपनि मानव अधिकार क्षेत्रमा काम गरिरहेको…
भूकम्पले भत्केका १० विद्यालय अझै पुनर्निर्माण भएनन्
जोखिम बस्तीमा परेका सात ओटा र अन्य तीन ओटा गरी भूकम्पका कारण भत्केका रसुवाका १० विद्यालय भवन अझै निर्माण हुन नसक्दा विद्यार्थीहरूलाई पठनपाठनमा समस्या परेको छ । भूकम्प गएको पाँच वर्ष बित्न लाग्दा समेत विद्यालय भवन नबन्दा असुरक्षित भवनमा जोखिममा पढ्नु परेको स्थानीयको गुनासो छ । गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा रहेको…