अधिकारी हत्या प्रकरण: पाँच जना सरकारी साक्षी झिकाउने आदेश
गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा चितवन जिल्ला अदालतबाट सरकारी साक्षी नबुझी कर्तव्य ज्यान मुद्दाको फैसल्ला भएको भन्दै उच्च अदालत पाटन हेटौँडा इजलाशले पाँच जना सरकारी साक्षी बकपत्रका लागि झिकाउने आदेश गरेको छ । न्यायधिश शेषराज शिवाकोटी र चण्डीराज ढकालको फागुन २ गतेको इजलाशले सरकारी साक्षीहरू गौरीमाया अधिकारी, रुपा रेग्मी, लोकनाथ…
आमहड्तालमा मानव अधिकार उल्लङ्घन र ज्यादती (बागमती प्रदेश अपडेट)
प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको निर्णय विरुद्ध प्रतिनिधि सभाको पुनर्स्थापना र माघ २१ गते विभिन्न संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्ति बदर गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड-नेपाल) पक्षले माघ २२ गते आयोजना गरेको आमहड्तालका कारण बागमती प्रदेशको जनजीवन प्रभावित भएको छ…
प्रदेश सभाको तेस्रो वार्षिकोत्सव: तीन वर्षमा ५९ ओटा कानुन निर्माण
बागमती प्रदेशसभा स्थापनाको तीन वर्ष पुरा भएको छ । पहिलो बैठक २०७४ माघ १८ गते बसेको बागमती प्रदेश सभाले माघ १८ गते तेस्रो वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले प्रदेश सभाले आगामी दिनमाहरूमा आफ्नो कार्य प्रणालीलाई व्यवस्थित गरेर काम गर्नका लागि आग्रह गर्नुभएको छ ।…
अपरिचित व्यक्तिहरूको समूहद्वारा मालबाहाक गाडीमामा आगजनी, बिभिन्न स्थानमा शंकास्पद बस्तु फेला
अपरिचित व्यक्तिहरूको समूहद्वारा इन्द्रसरोवर गाउँपालिका–४, फाखेलमा मालबाहक पिकअप गाडीमा आगजनी गरिएको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले ०७७ माघ १० गते आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा नचिनेका व्यक्तिहरूले भीमफेदीबाट काठमाडौँतर्फ जाँदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप गाडीमा राती २ बजेको समयमा आगजनी गरेको हो । गाडी…
सातौँ प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित
बागमती प्रदेशको सातौँ प्रदेशसभा बैठक तीनघण्टा मात्र सञ्चालन भएर पुनः अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाको छैटौँ अधिवेशन ०७७ साउन ८ गते स्थगित भएकोमा ६ महिनापछि सुरु भएको सातौँ हिउँदे अधिवेशन ०७७ माघ ७ गते पहिलो बैठक बसेर स्थगित भएको हो । बैठकमा सभामुख सानुकुमार श्रेष्ठले अर्को…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
मकवानपुरगढी गाउँपालिका–२ की ४६ वर्षीया श्रीमाया गोलेको हत्या गरेको आरोपमा प्रहरीले माघ ५ गते श्रीमायाका पति ४६ वर्षिय देवराज गोलेलाई गिरफ्तार गरेको छ । श्रीमाया गोले घरमै मृत अवस्थामा भेटिएको र प्रारम्भिक अनुसन्धानको क्रममा उनका पतिको संलग्नता देखिएकोले गिरफ्तार गरी थप अनुसन्धान सुरु गरेको प्रहरी जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीले सन् २०२० जनवरीदेखि डिसेम्बरसम्म जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका…
शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबीच अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा हेटौंडा उपमहानगरपालिकामा गठित मानव अधिकार समूहको आयोजनामा पुस २३ गते शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबीच अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सकेमात्र गुणस्तरीय शिक्षा दिन सकिने बताउनुभयो । विद्यालयमा शैक्षिक वातावरण सहज…
स्वास्थ्य अधिकारका सवालमा सरोकारवालाहरूबीच अन्तरक्रिया
इन्सेकद्वारा हेटौँडा उपमहापालिकामा गठित मानव अधिकार समूहको आयोजनामा पुस २२ गते स्वास्थ्य अधिकारका सवालमा सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कोभिड–१९ अस्पतालका इन्चार्ज तथा हेटौँडा अस्पतालका डाक्टर सागर काफ्लेले हेटौँडा अस्पतालमा बिरामीको चाप निकै बढेकोले बिरामीलाई धेरै समय दिन नसकिएको बताउनुभयो । डाक्टर काफ्लेले अस्पतालमा दैनिक ४ सय…
शिक्षा, स्वास्थ्य, खाद्य र अधिकारको सवालमा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा पुस १६ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा प्रदेशस्तरीय सरोकारवालाहरूबीच हेटौँडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले सरकारले क्रमिक रूपमा शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारको संरक्षणका क्षेत्रमा काम गर्दै…