बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुरगढी गाउँपालिका ५ घर भई हाल चाँगुनारायण नगरपालिका ८ बस्ने गुरु, रोशन भन्ने हिरामणी घिमिरेलाई चैत २१ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १९ गते बलात्कार गरेको भनी पीडितका आफन्तले सोही दिन महानगरीय प्रहरी वृत्त ठिमीमा उजुरी दिएको महानगरीय प्रहरी परिसर…

April 4, 2019  
विप्लव नेतृत्वका इञ्चार्जसहित दुईजना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का इञ्चार्जसहित दुई जनालाई प्रहरीले विभिन्न मितिमा गिरफ्तार गरेको छ । काभ्रेमण्डन देऊपुर–३ नयाँगाउँ घरभई हाल नगरकोट बस्ने विप्लवका नगरकोट इञ्चार्ज ३४ वर्षीय चमारसिंह लामालाई प्रहरीले चैत १२ गते नगरकोटबाट गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी हिमालयकुमार श्रेष्ठले बताए । लामासँगको…

March 29, 2019  
दुईदिनसम्म सञ्चालित क्षमता अभिबृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ कार्यालय काठमाडौँले भक्तपुरमा आयोजनमा गरेको दुईदिने क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेकले कियोस परियोजना अन्तर्गत चाँगुनारायण नगरपालिकामा गठित मानव अधिकार निगरानी समूहका सदस्य, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिका लागि सञ्चालन गरेको क्षमता अभिबृद्धि तालिम फागुन १८ गते सम्पन्न गरिएको हो ।…

March 2, 2019  
नगरपालिका भित्र औषधिको अभाव छैन–नगर प्रमुख मिश्र

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरपालिका क्षेत्रमा स्वास्थ्य सेवामा कुनै समस्या नरहेको र औषधिको अभाव नरहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ कार्यालयद्वारा आयोजित एक कार्यक्रममा प्रमुख मिश्रले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले स्वास्थ्य सेवाको पहुँच सबै नगरवासीमा पु¥याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्…

January 25, 2019  
विकासको लागि नागरिक समाज तथा सञ्चारजगत बिचको सहकार्य महत्वपूर्ण

प्रतिनिधिसभाका सांसद एवम् पूर्व उद्योगमन्त्री महेश बस्नेतले विकासका लागि जनप्रतिनिधि, नागरिक समाज तथा सञ्चारजगत बिचको सहकार्य महत्वपूर्ण रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले माघ ६ गते आयोजना गरेको “विकासका लागि नागरिक समाज तथा सञ्चारजगत बिचको सहकार्य” विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै उनले विकासका लागि जनप्रतिनिधिको अग्रसरता र नागरिक…

January 20, 2019  
बलात्कार घटनाका चार जना आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पुस २५ गते चार जनालाई  गठ्ठाघरबाट गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा उदयपुर जिल्ला घर भई हाल गठ्ठाघर डेरा गरी बस्ने २५ वर्षीय शिवजी भन्ने रिपुमर्दन बस्नेत, सोही ठाउँ बस्ने १८ वर्षीय सुशान्त खड्का, १८ वर्षीय सुशील कार्की र रौतहट चन्द्रपुर नपा–१…

January 11, 2019  
वडाअध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृत माथि हातपात गरेको आरोप

चाँगुनारायण नगरपालिका–५ का वडाअध्यक्ष जयन्द्र खडकाले २० गते नगरपालिको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद लुईटेलमाथि हातपात गरेको पीडित पक्षको आरोप छ । वडा अध्यक्ष खडकाले आफ्नो बारीको माटो इँटा भट्टालाई दिन स्वीकृत माग गरेको र प्रमुख प्रशासकीय अधिकृत लुईटेलले प्रक्रिया र नियम नपु¥याई जनप्रतिनिधि नै भएपनि स्वीकृत दिन नमिल्ने बताएपछि…

December 7, 2018  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

भक्तपुर जिल्लमा २०१८ जनवारीदेखि नोभेम्बरसम्म ११ महिनाको अवधिमा घटना सार्वजनिक गर्दै  समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । मङ्सिर ११ गते भक्तपुरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको नेपाल मनव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा घटनाहरू सार्वजनिक गरिएको हो । सार्वजनिक तथ्याङ्क अनुसार ११ महिनाको…

November 27, 2018  
वास्तविक भूकम्प पीडितले पाएनन् अनुदान

भूकम्पमा परेर घर र ज्यान क्षति भएका वास्तविक भूकम्प पीडितले अझैसम्म पनि अनुदान नपाएको भक्तपुर सूर्यविनायक नगरपालिका–४ चित्रपुरका बासिन्दाले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर ६ गते आयोजना गरेको भूकम्प पीडितका लागि राहत तथा पुनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्प पीडितले यस्तो गुनासो गरेका…

November 23, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मध्यपुर थिमी नगरपालिका–६ बाहाखा बजारमा जुत्ता पसल सञ्चालन गर्दै आएका ५५ वर्षीय कमल श्रेष्ठलाई मङ्सिर ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज १६ गते बलात्कार गरेको भनी पीडित महिलाले मङ्सिर ५ गते प्रहरीमा उजुरी दिएपछि सोही दिन आरोपितलाई गिरफ्तार गरी…

November 23, 2018