नगरपालिका भित्र औषधिको अभाव छैन–नगर प्रमुख मिश्र

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरपालिका क्षेत्रमा स्वास्थ्य सेवामा कुनै समस्या नरहेको र औषधिको अभाव नरहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ कार्यालयद्वारा आयोजित एक कार्यक्रममा प्रमुख मिश्रले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले स्वास्थ्य सेवाको पहुँच सबै नगरवासीमा पु¥याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्…

January 25, 2019  
विकासको लागि नागरिक समाज तथा सञ्चारजगत बिचको सहकार्य महत्वपूर्ण

प्रतिनिधिसभाका सांसद एवम् पूर्व उद्योगमन्त्री महेश बस्नेतले विकासका लागि जनप्रतिनिधि, नागरिक समाज तथा सञ्चारजगत बिचको सहकार्य महत्वपूर्ण रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले माघ ६ गते आयोजना गरेको “विकासका लागि नागरिक समाज तथा सञ्चारजगत बिचको सहकार्य” विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै उनले विकासका लागि जनप्रतिनिधिको अग्रसरता र नागरिक…

January 20, 2019  
बलात्कार घटनाका चार जना आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पुस २५ गते चार जनालाई  गठ्ठाघरबाट गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा उदयपुर जिल्ला घर भई हाल गठ्ठाघर डेरा गरी बस्ने २५ वर्षीय शिवजी भन्ने रिपुमर्दन बस्नेत, सोही ठाउँ बस्ने १८ वर्षीय सुशान्त खड्का, १८ वर्षीय सुशील कार्की र रौतहट चन्द्रपुर नपा–१…

January 11, 2019  
वडाअध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृत माथि हातपात गरेको आरोप

चाँगुनारायण नगरपालिका–५ का वडाअध्यक्ष जयन्द्र खडकाले २० गते नगरपालिको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद लुईटेलमाथि हातपात गरेको पीडित पक्षको आरोप छ । वडा अध्यक्ष खडकाले आफ्नो बारीको माटो इँटा भट्टालाई दिन स्वीकृत माग गरेको र प्रमुख प्रशासकीय अधिकृत लुईटेलले प्रक्रिया र नियम नपु¥याई जनप्रतिनिधि नै भएपनि स्वीकृत दिन नमिल्ने बताएपछि…

December 7, 2018  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

भक्तपुर जिल्लमा २०१८ जनवारीदेखि नोभेम्बरसम्म ११ महिनाको अवधिमा घटना सार्वजनिक गर्दै  समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । मङ्सिर ११ गते भक्तपुरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको नेपाल मनव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा घटनाहरू सार्वजनिक गरिएको हो । सार्वजनिक तथ्याङ्क अनुसार ११ महिनाको…

November 27, 2018  
वास्तविक भूकम्प पीडितले पाएनन् अनुदान

भूकम्पमा परेर घर र ज्यान क्षति भएका वास्तविक भूकम्प पीडितले अझैसम्म पनि अनुदान नपाएको भक्तपुर सूर्यविनायक नगरपालिका–४ चित्रपुरका बासिन्दाले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर ६ गते आयोजना गरेको भूकम्प पीडितका लागि राहत तथा पुनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्प पीडितले यस्तो गुनासो गरेका…

November 23, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मध्यपुर थिमी नगरपालिका–६ बाहाखा बजारमा जुत्ता पसल सञ्चालन गर्दै आएका ५५ वर्षीय कमल श्रेष्ठलाई मङ्सिर ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज १६ गते बलात्कार गरेको भनी पीडित महिलाले मङ्सिर ५ गते प्रहरीमा उजुरी दिएपछि सोही दिन आरोपितलाई गिरफ्तार गरी…

November 23, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनपुर जिल्ला बेलडाडी घर भई हाल चाँगुनारायण नगरपालिका-१ दुवाकोट बस्ने ३२ वर्षीय विष्णुबहादुर शाहीलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ । पीडित महिलालार्इ आरोपितले गत असोज ६ गते बलात्कार गरेको भनी पीडित पक्षले कात्तिक १० गते प्रहरीमा उजुरी दिएकाले उक्त उजुरीको आधारमा आरोपितलाई…

October 31, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका-४ सङ्गमटोलका ७० वर्षीय श्यामबहादुर मिजार र सोही ठाउँका ७० वर्षीय घटेरो सार्कीलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालार्इ आरोपितहरूले कात्तिक ३ गते बलात्कार गरेको भनी पीडित पक्षले कात्तिक ११ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका…

October 31, 2018  
भूकम्प पीडित भन्छन्–“५० हजार घर भत्काउँदै सकियो । सरकार अब घर कसरी बनाऊँ ?”

लाभग्राही सूचीमा परेर पहिलो किस्ता स्वरुप ५० हजर रुपियाँ लगेका भूकम्प पीडितहरूले उक्त रकम घर भत्काउँदै सकिएको बताएका छन् । असोज ९ गते सूर्यविनायक नगरपालिका–८ सिपाडोल वडा कार्यालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको भूकम्प पीडितका लागि राहत तथा पुनर्निर्माण सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी अधिकांश पीडितले…

September 26, 2018