पहिचान भएका समस्या समाधान गर्न मेयरलाई ज्ञापन पत्र

चाँगुनारायण नगरपालिका क्षेत्रमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका क्षेत्रमा देखिएका समस्या सम्बन्धमा मानव अधिकार निगरानी समूहले चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलाई ज्ञापन पत्र बुझाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३, कार्यालयद्वारा असार ३ गते आयोजित मानव अधिकार निगरानी समूह, जनप्रतिनिधि र सरोकारवालाहरूबीच भएको समन्वयात्मक कार्यक्रममा चाँगुनारायण नगर…

June 20, 2019  
सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

२०७२ सालको भूकम्पले भत्काएको घर पूर्णक्षतिमा सूचीकृत भएपनि नयाँ घर बनाउन नसकेपछि भूकम्प पीडितहरू जोखिम मोलेरै भत्किएको घरमा बस्न बाध्य भएको भूकम्प पीडितले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले असार ४ गते मध्यपुरथिमि नगरपालिका-६ पाटी बिहारमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा सहभागी भएका अधिकांशले पहिलो किस्ताको रकम लिइसकेको…

June 20, 2019  
आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकालीन बन्द, सेवाग्राही प्रभावित  

विभिन्न पेसागत मागहरू राखेर भक्तपुर अस्पतालमा कर्मचारीहरूले आकस्मिक बाहेकका सेवा अनिश्चितकालिन बन्द गराएका छन् । कर्मचारीले आफ्नो माग सम्बोधन नगरेको भन्दै आसार ३ गतेदेखि अस्पतालको आकस्मिक सेवा बाहेक सबै सेवा ठप्प पारेका छन् । अस्पतालको सबै सेवा ठप्प पार्दै हातमा कालो पट्टि बाँधेर ३५ जना कर्मचारीहरू अस्पतालको प्राङ्गणमा धर्ना दिएर…

June 20, 2019  
बालसुधार गृहमा क्षमाताभन्दा बढी बालबन्दी

सानोठिमीस्थित बालसुधार गृहमा क्षमाताभन्दा बढी बालबन्दी राख्दा समस्या परेको छ । १ सय १० जनाको क्षमता रहेको उक्त सुधार गृहमा हाल २० जना बालिका र १ सय ७० जना बालकसहित कूल १ सय ९० जना बालबन्दी राखिएको बाल सुधार गृहका बाल अधिकार संयोजक सञ्जयराजन श्रेष्ठले जानकारी दिए । विभिन्न अपराधमा…

June 15, 2019  
विप्लव नेतृत्वको नेकपाद्वारा जग्गा ‘कब्जा’

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चाँगुनारायण नगरपालिका–२ दुवाकोटको एक रोपनी एक दाम जग्गा ‘कब्जा’मा लिएको जनाएको छ । चाँगुनारायण नगरपालिका–५ की निर्मलाकुमारी पुरी र भक्तपुर–१० कमलविनायककी चन्द्रमाया सुवालको नाममा कित्ता नम्बर १७९८ रहेको उक्त जग्गा पार्टीले कब्जा गरेको भन्दै जग्गामा झण्डा गाडेर पार्टीको जनपरिषदले विज्ञप्ति प्रकाशन गरेको छ…

June 7, 2019  
आन्दोलनरत ११ जना नर्स गिरफ्तार, अस्पतालका सबै सेवा ठप्प

गत वैशाख ११ गतेदेखि भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्रमा आन्दोलनरत ११ जना नर्सलाई प्रहरीले जेठ ३ गते अस्पताल परिसरबाटै गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका ११ जना नर्सहरू शान्ति कुमाल, अनु शाही, शर्मिला लामा, मिना गर्बुजा, रविता सुवाल, सजिना मानन्धर, मुना श्रेष्ठलाई प्रहरी वृत्त जगातीको हिरासतमा र…

May 17, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोलुखुम्बु जिल्ला सोताङ्ग गाउँपालिका–४ घर भई मध्यपुर थिमी नगरपालिका–९ बस्ने ३१ वर्षीय प्रेम राईलाई वैशाख २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २८ गते महानगरी प्रहरी वृत्त थिमीमा मैखिक उजुरी दिएपछि…

May 15, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा पदमपुर घर भई भक्तपुर नगरपालिका–२ सल्लाघारीका १८ वर्षीय विजय भुजेललाई वैशाख २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध वैशाख २९ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएपछि उक्त उजुरीको आधारमा…

May 14, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया दुई जना बालिकालाई बलात्कार गरेको आरोपामा प्रहरीले भक्तपुर नगरपालिका–१० मुलढोकाका २६ वर्षीय सुनिल सिल्पकार र काभ्र्र्रे रोशी गाउँपालिका घर भई हाल भक्तपुर बस्ने १८ वर्षीय विशाल तामाङलाई वैशाख १४ गते गिरफ्तार गरेको छ । वैशाख १३ गते दिनको १ बजे जुम्ल्याह दुई छोरी हराएको भन्दै वैशाख १४ गते…

April 29, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय बाबुलाई प्रहरीले चैत २४ गते गिरफ्तार गरेको छ । कक्षा नौ मा अध्ययनरत झट्केली छोरीलाई विगत दुई वर्षदेखि डर, त्रास देखाएर आरोपितले पटकपटक बलात्कार गरेको र पछिल्लो पटक चैत १४ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले आरोपित विरूद्ध चैत २४ गते महानगरीय…

April 10, 2019