बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोरखा भीमसेन गाउँपालिका–६ घर भई विदुर नगरपालिका–५ देविघाट बस्दै आएका ४७ वर्षीय कलमउद्धिन मियाँलाई प्रहरीले चैत २८ गते गिरफ्तार गरेको छ । घरमा कोही नभएको समयमा चैत २५ गते दिउँसो पीडित बालिकालाई आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन मियाँविरुद्ध जिल्ला प्रहरी कार्यालयमा…
सामुहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१३ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चैत २ गते चार जना बालकलाई गिरफ्तार गरेको छ । बालिकालाई चैत १ गते सामुहिक बलात्कार गरेको आरोप १३, १४, १५ वर्षीय दुई जना गरी चार जना बालकविरुद्ध पीडितका आफन्तले चैत २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षले…
मानव अधिकार कार्य योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्य योजनाको कार्यन्वयन विषयक अन्तरक्रिया कार्यक्रम फागुन १४ गते विदुरमा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको कार्यक्रममा आयोगका मानव अधिकार अधिकृत खिमानन्द बस्यालले कार्य योजनाले समेटेका विषयबस्तु बारे जानकारी दिनुभएको थियो । आयोगले कार्ययोजनामा शिक्षा, स्वास्थ्य, खाद्य अधिकार, आवास, श्रम तथा…
बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला
२२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सूर्यगढी गाउँपालिका–९ का २८ वर्षीय सोमबहादुर तामाङलाई जिल्ला अदालतले ११ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुँइटेलको फागुन १० गतेको इजलासले बलात्कार घटनामा तामाङलाई दोषी ठहर गर्दै ११ वर्ष कैद सजाय, ३० हजार रुपियाँ जरिबाना र ३० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति…
मानव बेचबिखनको कसुरमा १० वर्ष कैद सजायको फैसला
२० वर्षीया युवतीलाई ललाई फकाई बेचबिखनका लागि भारततर्फ लैजानेक्रममा गिरफ्तार भएका दुप्चेश्वर गाउँपालिका–६ का २८ वर्षीय सुकमान तामाङलाई जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायधीश उमेशप्रसाद लुँईटेलको इजलासले फागुन ९ गते आरोपित तामाङलाई १० वर्ष कैद, ५० हजार रुपैया जरिवाना र ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति…
क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या
जिल्ला कारागारमा कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा बढी हुँदा दैनिक ४५ जना भन्दा बढी कैदीबन्दी कारागारको पेटी र प्यासेजमा सुत्न बाध्य छन् । यसबाट व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । पुरुष कक्षतर्फ ५० जना र महिलातर्फ २० जना क्षमता भएको कारागारमा पुरुषतर्फ १ सय ४३ जना कैदीबन्दी रहेकोले दैनिक ४५-५०…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्ष गोष्ठी सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि नुवाकोटमा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्वको समीक्षा कार्यक्रम पुस १५ गते सम्पन्न भएको छ । पूर्व समीक्षा कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले कानुनी सचेतनालेमात्र अधिकारको रक्षा गर्ने भएकोले मानव अधिकारको क्षेत्रका काम गर्ने संस्थाहरूले…
मानव अधिकारका विषयलाई नियमित रूपमा आवाज उठाउनु आवस्यक
मानव अधिकारका विषयलाई नागरिक समाज तथा सञ्चारकर्मीहरूले नियमित रूपमा आवाज उठाउन आवस्यक रहेको इन्सेक केन्द्रीय कार्यलयका मानव अधिकार प्रलेख तथा पैरबी विभाग प्रमुख श्रीराम बजगाईँले बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा जिल्लामा मानव अधिकार अवस्थाको बारेमा नागरिक समाज तथा सञ्चारकर्मीको भूमिका विषयमा मङ्सिर ९ गते विदुरमा…
प्रतिबन्धित नेकपाका तीन जना कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन जना कार्यकर्तालाई प्रहरीले मङ्सिर ७ गते गिरफ्तार गरेको छ । सूर्यगढी गाउँपालिका–२ का ४१ वर्षीय रामकुमार अधिकारीलाई विदुर नगरपालिका–४ बट्टार बजारबाट र ककनी गाउँपालिका–३ का ४३ वर्षीय शंभुप्रसाद ढुङ्गाना र ४५ वर्षीय विनोद ढुङ्गानालाई उनीहरूको घरबाट नै गिरफ्तार गरिएको…
कथित बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने फरार दोषी गिरफ्तार
म्यागङ गाउँपालिका–५ की ४९ वर्षीया महिलालाई कथित बोक्सी आरोप लगाई दुर्व्यवहार गरेको अभियोगमा अदालतबाट दोषी ठहर भई फरार रहेका म्यागङ गाउँपालिका–५ सामरीका ३० वर्षीय दिपेश सापकोटालाई प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ । गिरफ्तारपछि अदालत पेश गरिएका सापकोटालाई अदालतको फैसला अनुसार सजाय भुक्तानका लागि कात्तिक १७ गते नै जिल्ला…