यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बाबुलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाले साउन १० गते आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएकी छन् । पीडितक बालिकाको स्वास्थ्य परीक्षण साउन ११ गते धादिङ जिल्ला…
स्थानीय सरकारको सूचनाबाट नागरिक समाज तथा सञ्चारजगत वञ्चित भएको गुनासो
स्थानीय तहको सरकारले जन निर्वाचित भएर काम गरेको दुई वर्षभन्दा बढी समय पार गरिसकेको र यस अवधिमा गाउँ र टोलस्तरमा विकासका कामहरू समेत भइरहेको भएता पनि स्थानीय तहको सरकाको सूचनाको पहुँचबाट नागरिक समाज तथा सञ्चार जगत वञ्चित भएको नागरिक समाज र सञ्चारकर्मीहरूले आरोप लगाएका छन् । अनौपचारिक क्षेत्र सेवा…
वडा अध्यक्षमाथि खुर्पा प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
नीलकण्ठ नगरपालिका–१४ का वडा अध्यक्ष ४५ वर्षीय रोशन भन्ने फन्द्रा तामाङलाई अक्रमण गरी घाइते बनाएको आरोपमा प्रहरीले गोरखा जिल्लाको फालाजुङ घर भई हाल काठमाडौँको टोखा नगरपालिका–८ बस्ने २१ वर्षीय पदम गौतम र भारत मोतिहारी जिल्ला घर भई सोही ठाउँ बस्ने २० वर्षीय चुमन साहनीलाई साउन ६ गते टोखाबाट गिरफ्तार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रिपुरासुन्दरी गाउँपालिकाका २७ वर्षीय काकालाई प्रहरीले असार ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई खारोपितले असार २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध असार ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उक्त उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको डिएसपी रुपक खड्काले बताए ।…
खानेपानीको विवादका क्रममा वडा अध्यक्षमाथि कुटपिट
नीलकण्ठ नगरपालिका-१२ का वडा अध्यक्ष ४५ वर्षीय बाबुराम लम्सालमाथि असार २४ गते कुटपिट भएको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानासहित देउराली बटुवा सडकको अनुगमनको क्रममा गाउँ पुगेका बेला नीलकण्ठ नगरपालिका-१२ कुँडुलेफाँटमा खानेपानीको विषयलाई लिएर विवाद हुँदा नगरपालिका प्रमुख ढुङ्गानाको अगाडि नै लम्सालमाथि कुटपिट गरिएको हो । कुटपिट गर्नेमा साङ्कोष…
गोली प्रहारबाट वडा सदस्य घाइते
बेनीघाट रोराङ गाउँपालिका-८ का वडा सदस्य ३५ वर्षीय रामजी चेपाङलाई असार १८ गते राप्ति नगरपालिका-१३ चितवनका इन्द्रकुमार चेपाङले गोली प्रहार गरी घाइते बनाएको नेपाल चेपाङ सङ्घका जिल्ला अध्यक्ष भिमबहादुर चेपाङले बताए । गोली प्रहारबाट चेपाङको टाउकोमा गम्भीर चोट लागेको छ । चेपाङलाई काठमाडौँस्थित नर्भिक अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको र…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम धादिङबेसीमा असार १५ गते सम्पन्न भएको छ । मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूका बारेमा विगत ६ महिनामा सङ्कलन गरिएका घटनाहरूका बारेमा छलफल गरिएको थियो । कार्याक्रममा इन्सेक जिल्ला प्रतिनिधि सीताराम…
सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका-७ बढाथुममा भूकम्प पछिको पुनः निर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र गङ्गाजमुना गाउँपालिकाको आयोजनामा भएको सुशासन, पारदर्शिता र जबाफदेहिताका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम जेठ २६ गते गरिएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष एञ्जिला तामाङले सबै भूकम्प प्रभावितहरूको गुनासो…
कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका–१ उज्यालो गाउँकी २७ वर्षीया पार्वती परियारलाई ३६ वर्षीया जेठानी शान्ति परियार, जेठानीकी दुई छोरीहरू १९ वर्षीया गीता परियार र १४ वर्षीया सङ्गिता परियारले कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय धादिङमा जेठ २३ गते उजुरी दर्ता गराएकी छिन् । पीडित महिलालाई आरोपित जेठानीले जेठ २२…
नागरिकता बनाउन माग गर्दा खुर्पा प्रहार, आरोपित बाबु गिरफ्तार
१८ वर्षीया सुनिता वस्तीलाई खुर्पा प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले नीलकण्ठ नगरपालिका-१४ धुवाकोट अम्वोटेका ४० वर्षीय बाबु बाबुराम वस्तीलाई जेठ २० गते गिरफ्तार गरेको छ । नीलकण्ठ नागरपालिका-१४ धुवाकोट अम्वोटे घर भई हेटौँडामा मजदुरी गरेर बस्ने आमासँग बस्दै आएकी सुनितालाई नेपाली नागरिकता बनाउन माग गर्दा वस्तीले कुटपिट गरेका…