बलात्कार गरेको कसुरमा ७ वर्ष ६ महिना कैदको फैसला
मानसिक अपाङ्गता भएकी २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गिरफ्तारीमा परेका सिद्धलेक गाउँपालिका–२ का ७० वर्षीय हंकुर भन्ने भक्तबहादुर योगीलाई ७ वर्ष ६ महिना कैद फैसला भएको छ । साथै पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन समेत फैसलामा भनिएको छ । न्यायाधीश देवेन्द्र पौडेलको इजलासले असोज १ गते उक्त फैसला…
प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरी गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी सिद्धलेक गाउँपालिका-५ का ४० वर्षीय बुद्ध गुरुङलाई प्रहरीले भदौ ३१ गते गिरफ्तार गरेको छ । गुरुङलाई गत असार १० गते कालुपाण्डे मार्गमा विष्फोटक पदार्थ राखेको, साउन १५ गते सिद्धलेक लेखाडाँडामा रहेको एनसेलको टावरमा बम विष्फोट गराएको, साउन १६ गते थाक्रे…
उपचारको बहानामा पेट काटेका बिरामीको मृत्यु
जण्डिस निको पार्न भन्दै पेट काटेर घाइते भएपछि उपचार गराइरहेका नीलकण्ठ नगरपालिका–९ झगरेका ३९ वर्षीय राजु मगरको मृत्यु भदौ ३० गते राति भएको छ । जण्डिसको बिरामी परेर नीलकण्ठ नगरपालिका–३ का ५५ वर्षीय गजबहादुर लामाकोमा उपचारका लागि गएका मगरको पेट झाँक्री गजबहादुर लामाले चिरेर रगत चुसेपछि गम्भीर बिरामी परेका थिए…
उपचार गर्छु भन्दै पेट चिरेको आरोपमा झाँक्रीविरूद्ध प्रहरीमा उजुरी
नीलकण्ठ नगरपालिका-९ का ३९ वर्षीय राजु मगरलाई नीलकण्ठ नगरपालिका-३ धादिङबेसीका ५५ वर्षीय झाँक्री गजबहादुर लामाले भदौ १५ गते उपचाको नाममा पेटमा व्लेडले काटी घाइते बनाएको आरोपमा पीडित पक्षले भदौ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । दुई महिनादेखि जण्डिसले थलिएका पीडित मगरलाई धादिङबेसीमा झारफुकको काम गर्दै आएका आरोपित…
घरेलु हिंसापीडितद्वारा इन्सेककर्मीसँग सहयोगको याचना, आरोपित गिरफ्तार
सिद्धलेक गाउँपालिका-१ की २४ वर्षीया बिमला दराई लम्साल र १५ महिनाको छोरा जेनिस लम्साललाई आगो लगाई हत्या प्रयास गरेको आरोपमा प्रहरीले बिमलाका २५ वर्षीय पति गणेश लम्साललाई भदौ ३ गते बिहान गिरफ्तार गरेको छ । पीडित आमाछोरालाई आरोपितले भदौ २ गते राति मदिरा सेवन गरी आएर झगडा गरी घरको धन्सारमा…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेत्रावती डबजोङ गाउँपालिका–२ का २० वर्षीय सगुन गुरुङलाई सााउन ३० गते गिरफ्तार गरेको छ । बोलाइसम्बन्धी अपाङ्गता भएकी पीडित बालिकालाई आरोपितले ०७५ फागुनको दोश्रो हप्तातिर यौन दुर्व्यवहार गरेको र बालिका बोल्न नसक्ने भएको कारण घटनाबारे तत्काल जानकारी हुन नसकेको भन्दै पीडित…
प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता नीलकण्ठ नगरपालिका–७ तारूखर्कका ३८ वर्षीय प्रल्हाद सिंखडालाई घरमा बसिरहेको बेला साउन २३ गते गिरफ्तार गरि हिरासतमा लिउको हो । पूर्वजनमुक्ति सेनाका लडाकु सिंखडाको गतिविधि अस्वाभाविक देखिएको र प्रतिबन्धित पार्टीमा लागेको आरोपमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोलामान सिंह अधिकारीले जानकारी दिए…
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार
गजुरी गउँपालिका–६, आदमघाटबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्तालाई प्रहरीले साउन १८ गते गिरफ्तार गरेको छ । गल्छी गाउँपालिका–३ कल्लेरी निवासी नेकपाका गाउँ कमिटी सदस्य ३३ वर्षीय टिका खतिवडालाई गिरफ्तार गरेको नेकपा जिल्ला सेक्रेटरी बुद्धले साउन १९ गते प्रेस विज्ञप्ति प्रकाशन गरी जानाकारी गराए । खेतको काम…
कथित बोक्सी आरोपमा दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
सिद्धलेक गाउँपालिका-२ नलाङकी २५ वर्षीया पविता दुवाडीलाई कथित बोक्सीको आरोपमा दुर्व्यवहार गरेको आरोपमा छिमेकी २५ वर्षीया अनिता मगरविरूद्ध पीडितले जिल्ला प्रहरी कार्यालय धादिङमा साउन १४ गते उजुरी दर्ता गारएकी छिन् । पीडित महिलालाई आरोपितले एक महिनादेखि कथित बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको र पछिल्लो पटक साउन १३ गते पीडित महिलाको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बाबुलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाले साउन १० गते आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएकी छन् । पीडितक बालिकाको स्वास्थ्य परीक्षण साउन ११ गते धादिङ जिल्ला…