ससुराको कुटपिटबाट बुहारी घाइते, आरोपित गिरफ्तार

कालिञ्चोक गाउँपालिका-५ तिनधारेकी २८ वर्षीया शान्ति खड्कालाई ५७ वर्षीय कान्छा ससुरा खिलबहादुर खड्काले चैत ५ गते बेलुकी पीडितकै घरमा मुड्की र दाउराले कुटपिट गरी घाइते बनाएका छन् । घरायसी विवादमा पिडित महिलालाज्ञ आरोपित खिलबहादुरले दाउराले कुटेको स्थानीय चित्रबहादुर खड्काले बताए । घटनापछि इलाका प्रहरी कार्यालय सिङ्गटीबाट गएको प्रहरीले आरोपित खिलबहादुरलाई…

March 21, 2018  
भूकम्पपीडितको गुनासो-'निर्माण सामग्रीको गुणस्तर कसले हेर्ने ?'

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन १८ गते भीमेश्वर नपा-४ जिलुमा आयोजना गरेको भूकम्पप्रभावितको राहत तथा पुनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले निर्माण सामग्रीको गुणस्तर कसले हेर्ने भनी गुनासो छन् । सार्वजनिक सुनुवाइमा नगर कार्यपालिका सदस्य जमुना श्रेष्ठले भूकम्पप्रभावित आवास निर्माणमा प्रयोग गरिने बालुवामा ३० प्रतिशतसम्म माटो र गिटीमा…

March 2, 2018  
रासनमा अनियमितता भएको भन्दै आन्दोलन, आठ म्यादी प्रहरी घाइते

म्यादी प्रहरीको खाइपाई आउने रासन भत्तामा अनियमितता गरेको भन्दै दोलखामा कार्यरत म्यादी प्रहरी आन्दोलित भएका समाचार राससले जनाएको छ । सरकारले खानामा म्यादीलाई पनि सिपाईसरह सेवा सुविधा दिने भने पनि जिल्ला प्रहरी कार्यालय दोलखाले सुरक्षामा खटिने म्यादीलाई प्रहरीको सिपाईसरह खानाको रकम नलिएर अत्यधिक महँगो गरेको र ज्यामीको कामसमेत लगाएको भन्दै…

December 18, 2017  
सुकुमवासी भूकम्पपीडित भन्छन्-'सरकारले घडेरी दिएन'

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर २८ गते भीमेश्वर नगरपालिका वडा नं. २ मा आयोजित भूकम्पपीडितको राहत तथा पुनर्स्थापना विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका अधिकांश भूकम्पपीडितहरूले पुस्तौँदेखि अर्काको जमीनमा कमाई गरी खाएको र आफ्नो जग्गा नहुँदा घर बनाउन नपाएको गुनासो गरेका छन् । भीमेश्वर नगरपालिका-२ का करिब ५० घरधुरी…

December 15, 2017  
लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबाट मतदातालाई आवरोध, पाँच जना गिरफ्तार

तामाकोशी गाउँपालिका- ३ स्थित हेल्थपोष्ट भवन मतदान केन्द्रमा आउँदै गर्दा सोही ठाउँका ७७ वर्षीय रुद्रप्रसाद पोखरेल गुलेलीले हानेको ढुङ्गाले लागेर घइते भएका छन् । घाइते पोखरेलको पिडुँलामा चोट लागेको छ । लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताहरूले मतदान केन्द्रमा आउने मतदाताहरूलाई ढुङ्गा र वीयरको बोतलले हानी अबोरोध गरेपछि सो ठाउँमा थप सुरक्षाकर्मी परिचालन…

November 26, 2017  
काङ्ग्रेस कार्यकर्ताको आक्रमणबाट वाम गठबन्धनका चार जना कार्यकर्ता घाइते

तामाकोशी गाउँपालिका-३ लाँकुरीडाँडामा नेपाली काङ्ग्रेसका कार्यकर्ताले मङ्सिर ९ गते बिहान ढुङ्गा प्रहार गर्दा वाम गठबन्धनका चार जना कार्यकर्ता घाइते भएको पीडित पक्षले आरोप लगाएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा गइरहेको बेला एक्कासी काङ्ग्रेस समर्थकले आक्रमण गर्दा बाम गठबन्धनका चार जना कार्यकर्ता घाइते भएको जनाइएको छ । घाइते हुनेमा तामाकोशी गाउँपालिका-३…

November 25, 2017  
निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य मेलुङ गाउँपालिका-३ का नेत्रबहादुर बस्नेतलाई मङ्सिर ५ गते प्रहरीले घरैबाट गिरफ्तार गरेको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन बिथोल्ने आशङ्कामा बस्नेतलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्स्पेक्टर रमेश प्रधानले…

November 22, 2017  
दाउरा प्रहार गरी आमाको हत्या, आरोपित गिरफ्तार

भीमेश्वर नगरपालिका-८ मेहर टोलकी ७१ वर्षीया खड्गमाया बस्नेतलाई ३५ वर्षीय छोरा कुमार बस्नेतले असोज २२ गते दाउराले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । छोरा कुमारले बारीमा घाँस काट्न गएकी आमालाई दाउराले प्रहार गर्दा घटनास्थलमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी रामेश्वर कार्कीले बताए । हत्या…

October 9, 2017  
हिरासतमा नै बालकको मृत्यु भएको भन्दै आफन्तद्वारा प्रशासनमा उजुरी

भोजपुर घर भई भीमेश्वर नपा-५ मावली घरमा बस्दै आएका १४ वर्षीय रवी केसीको प्रहरी हिरासत नै मृत्यु भएको भन्दै आफन्तले भदौ २३ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । बालक केसीलाई भदौ १८ गते चोरीको आरापमा प्रहरीले गिरफ्तार गरेको आफन्तले बताए भने प्रहरी कार्यालयले भदौ १९ गते गिरफ्तार गरेको…

September 8, 2017  
बालविवाह घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकासँग बालविवाह गरेको आरोपमा सैलुङ गाउँपालिका-४ फस्कुका २३ वर्षीय विष्णु भुजेल र ललाइफकाई बालविवाह गराउन संलग्न रहेको आरोपमा प्रहरीले मेलुङ गाउँपालिका-२ का २३ वर्षीया निर्मला भुजेललाई भदौ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई १७ वर्षीया एक बालिका र २३ वर्षीया निर्मला भुजेलले बालिकालाई ललाइफकाई विष्णु भुजेलसँग…

August 31, 2017