मार्बु र खारेका स्थानीय जीर्ण तुइन चढ्न बाध्य
मार्बु र खारेका स्थानीय जीर्ण तुइन चढेर आफ्नो दैनिकी समाल्न बाध्य छन् । गौरीशङ्कर गाउँपालिकाको केही वडाका स्थानीयबासी तुइन चढेर आवतजावत गर्न बाध्य छन् । गौरीशंकर गाउँपालिका वडा नम्बर ७ र ८ मा रहेको टोपटार स्थित खानीखोलामा काठे पुलसमेत नहुँदा यहाँका स्थानीय जीर्ण तुइन प्रयोग गर्न बाध्य भएका हुन् ।…
दोलखामा अझै १ हजार ३२ जना भूकम्पपिडितहरूले सरकारी अनुदान पाएनन्
भूकम्प गएको पाँच वर्ष पाँच महिना बितिसक्दा पनि दोलखा नौ स्थानीय तहका १ हजार ३२ जना भूकम्प पीडितको नाममा सम्बोधन हुन नसक्दा अझै सरकारी अनुदान पाउन सकेका छैनन् । कालिन्चोक गाउँपालिका–६ का दिपक भण्डारीले लाभग्राहि सूचीमा नाम समावेश गर्न पटकपटक गुनासो फारम भरेपनि हालसम्म लाभग्राहिमा नाम नआउँदा घर निर्माण गर्न…
बलात्कार घटनाका आरोपित गिरफ्तार
८१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शैलुङ गाउँपालिका–१ दुधपोखरीका ३२ वर्षीय दिलबहादुर तामाङलाई असोज १ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध असोज २ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको उक्त कार्यालयका जवान रबिन कपरले बताए । पीडित…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया पत्नी मैया श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले शैलुङ गाउँपालिका-४ मागाका ३८ वर्षीय कृष्णबहादुर श्रेष्ठलाई भदौ २९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा साउन २७ गते घरमै झैझगडा हुँदा हातले जथाभावी हिर्काएर घाइते पारिएकी मैया श्रेष्ठलाई उपचारका लागि सैनिक अस्पताल छाउनी भर्ना गरिएको थियो ।…
भूकम्पले ध्वस्त भवनमा नै अध्ययन गर्दै बालबालिका
२०६६ सालमा जिरी नगरपालिका-६, जिरीमा नेपाल सरकारको पूर्ण अनुदानमा सञ्चालित सहिद स्मृति आवासीय माध्यमिक विद्यालय २०७२ को विनाशकारी भूकम्पले ध्वस्त विद्यालय अझै बन्न नसक्दा द्वन्द्व पीडित तथा अन्य आश्रति बालबालिका जीर्ण विद्यालयमा अध्ययन गर्न बाध्य छन् । भूकम्पले क्षतिग्रस्त सहिद स्मृति विद्यालयमा २ सय ६४ बालबालिकालाई १६ जना शिक्षक शिक्षिकाले…
डिएसपीद्वारा कार्यकक्षमै वडा अध्यक्षमाथि दुर्व्यवहार
भीमेश्वर नगरापलिका–४ का वडा अध्यक्ष हरिबंश चौलागाईलाई दोलखा जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले भदौ १२ गते आफ्नै कार्यकक्षमा दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ । सदरमुकाम चरिकोटको पानारोमा रिसोर्टको परिसरमा हत्या गरिएका १८ वर्षीय पवन बस्नेतको हत्यारा पत्ता लगाउन प्रहरीले धैरै आलटाल गरेपछि जानकारी लिनका लागि मृतकका आमा…
बन्दुक प्रहार घटनका आरोपित गिरफ्तार
बिगु गाउँपालिका-२ ओराङकी ३५ वर्षीया चमेली तमाङलाई भरूवा बन्दुक प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले सोही ठाउँका ४० वर्षीय सोमबहादुर तमाङलाई साउन २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन २५ गते साँझ बन्दुक प्रहार गरी घाइते बनाएको भन्दै पीडित पक्षले आरोपित विरूद्ध साउन २६ गते जिल्ला प्रहरी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा जिल्लाको शहीदभूमि गाउँपालिका–४ घर भई हाल भीमेश्वर नगरपालिका–७ मा बस्ने २६ वर्षीय सविन राईलाई साउन २२ गते गिरफ्तार गरेको छ । पीडित बाललिकालाई आरोपितले साउन १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध साउन २२ गते जिल्ला प्रहरी कार्यालय दोलखामा उजुरी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा जिल्ला गौरादह गाउँपालिका–१ घर भई हाल मेलुङ गाउँपालिका–४ बस्दै आएका ४२ बर्षीय मदन चौधरीलाई साउन ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध मेलुङ प्रहरी चौकीमा सोही दिन मौखिक उजुरी दिएको…
इन्सेकद्वारा पीडितलाई आर्थिक सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले १४ बर्षीया बलात्कार पीडित बालिकालाई न्यायको पहलका लागि आर्थिक सहायोग प्रदान गरेको छ । पीडित बालिकालाई जिरी नगरपालिका–५ का सन्तमान जिरेलले पटकपटक बलात्कार गर्दै आएको र पछिल्लो पटक जेठ २० गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी गरेपछि न्यायको थप पहल गर्न आर्थिक सहयोग गरिएको…