बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भीमेश्वर नगरपालिका–९ का १७ वर्षीय बालकलाई प्रहरीले ०७६ चैत ११ गते गिरफ्तार गरेको छ । पीडितका परिवारले आरोपित बिरुद्ध चैत १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय, दोलखाका सुुचना अधिकारी इन्स्पेक्टर रेशम बोहराले बताउनु भयो । पीडितलाई ०७६ कातिक १५…
बलात्कार घटनाका आरोपित गिरफ्तार
तामाकोशी गाउँपालिका–२ कि ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही स्थानका ६३ वर्षीय बलबहादुर तामाङलाई ०७६ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । घर नजिकै बाख्रा गोठमा खेल्न गएकी बालिकालाई बलात्कार गरेको र पीडित चिच्याएपछि आरोपित भाग्दै गर्दा तामाकोशी गाउँपालिका–२ को जङ्गलबाट चैत ७ गते प्रहरीले गिरफ्तार गरेको जिल्ला…
बलात्कार घटनाको आराेपित विरूद्ध प्रहरीमा उजुरी दर्ता
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखामा उजुरी दर्ता भएको छ । सर्लाही जिल्ला कविलाश गाउँपालिका–८ का २१ वर्षीय दिनेश राय यादवले बालात्कार गरेको आरोपमा फागुन २६ गते उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । सिन्धुली जिल्ला मरिण गाउँपालिका–३ कि १३ वर्षीया बालिकालाई आरोपितले ०७६ माघ ८…
कारागारमा ज्येष्ठ नागरिकलाई बिशेष व्यवस्था माग
कारागारमा कैदीबन्दी जीवन यापन गरिरहेका ज्येष्ठ नागरिकलाई विशेष व्यवस्थाको माग गरिएको छ । बिगु गाउँपालिका–४ का ८४ वर्षीय बोलवहादुर खड्काले आफूहरूलाई कारागारमा विशेष व्यवस्था हुनुपर्ने माग गर्नुभएको हो । १८ वर्ष मुनिका बालबालिकालाई सुधार गृहमा पठाउने कानुनी व्यवस्था भएपनि ज्येष्ठ नागरिकका हकमा कानुनमा स्पष्ट व्यवस्था नहुँदा अन्य उमेर समूहका कैदीबन्दी…
विभिन्न बहानामा सामुदायिक विद्यालयहरूले शुल्क असुल्दै
जिल्लाका सामुदायिक विद्यालयहरूले विभिन्न बहानामा शुल्क उठाएको विद्यार्थीहरूले गुनासो गरेका छन् । जिल्लाका अधिकांश विद्यालयले विभिन्न बहानामा शुल्क उठाउने गरेकोे विद्यार्थीहरूले गुनासो गरेका हुन् । भीमेश्वर नगरपालिका–७ मा रहेको कुटीडाँडा माध्यमिक विद्यालयले शिक्षकको तलवका लागि भन्दै परिक्षा शुल्कका नाममा १ सय रुपैयाँ, मासिक शुल्क ४ सय रुपैयाँ र कम्प्यूटर शुल्क…
ज्येष्ठ नागरिकले पाएनन् यातायात सुविधा र आरक्षण सिट
ज्येष्ठ नागरिक परिचय पत्र भएका नेपाली नागरिकहरूलाई नेपाल सरकाले प्रदान गरेको सहुलियत यातायात व्यवसायीहरूले नदिएको दोलखाका ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । जिल्ला भित्र र जिल्ला बाहिर चल्ने सार्वजनिक यातायातका साधनहरूले यात्रा गर्दा भाडामा सहुलियत नदिएको उनीहरूको गुनासो छ । ६० वर्ष उमेर पार गरी ज्येष्ठ नागरिक परिचयपत्र लिएका…
इन्सेकको गतिविधि मानव अधिकारमुखि छन् : उपप्रमुख पाठक
कालिञ्चोक गाँउपालिकाकी उपप्रमुख कालिका पाठकले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का हरेक गतिविधि अधिकारमुखि अवधारणाबाट आएको बताउनुभएको छ । नागरिकलाई आफ्नो अधिकार दावि गर्न प्रेरित गर्ने इन्सेकको गतिनिधिमा आफ्नो सधैं सहयोग रहेने उहाँले बताउनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), बागमती प्रदेश कार्यालयको आयोजनामा माघ २५ गते दोलखाको कालिञ्चोक गाउँपालिकामा…
बलात्कार घटनाका आरोपित पूर्पक्षका लागि थुनामा
बिगु गाउँपालिका–४ का ७४ वर्षीय बोलबहादुर खड्का बलात्कारको आरोपमा पूर्पक्षका लागि थुनामा परेका छन् । जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेको इजलाशमा ०७६ माघ १३ गते भएको थुनछेक बहसपछि खड्कालाई पूर्पक्षका लागि थुनामा राख्ने निर्णय भएको थियो । २२ वर्षीया युवतीलाई गोठमा गाईवस्तुलाई घाँस हाल्न जाने क्रममा खड्काले ०७६ पुस २० गते…
विकासका लागि नागरिक समाज र सञ्चार जगतको भूमिका महत्वपूर्ण
विकासका लागि नागरिक समाज र सञ्चार जगतको भूमिका विषयक अन्तरक्रियामा माघ ६ जिल्ला सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ, पूर्व केन्द्रीय सदस्य चिरञ्जिवी मास्केले कार्यपत्र प्रस्तुत गर्दै विकासका लागि नागरिक समाज र सञ्चार जगतको भूमिका महत्वपूर्ण रहेको औँल्याउनु भयो । कार्यपत्रमा तीन तहको सरकार बने तापनि…
बलात्कार घटनाका आरोपमा गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिरी नगरपालिका–३ का २५ वर्षीय रामबहादुर सुनुवारलाई प्रहरीले गिरफ्तार गरेको छ । बालिकालाई आरोपितले आफ्नै घरमा बोलाई ललाईफकाई ०७६ पुस २५ गते बलात्कार गरेको भनि पीडित परिवारले माघ ५ गते मौखिक तथा माघ ६ गते लिखित उजुरी दिएका थिए । पीडित परिवारले मौखिक उजुरी…