नगरपालिका स्तरीय मानव अधिकार समूह गठन सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), बागमती प्रदेश कार्यालयको आयोजनामा पुस २९ गते चरिकोटमा भीमेश्वर नगरपालिका स्तरीय मानव अधिकार समूह गठन भएकाे छ । शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको क्षेत्रमा स्थानीय जनतालाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही  बनाउने  परियाेजना अन्तर्गत मानव  अधिकार समूह गठन भएकाे हाे । जिल्ला समन्वय समिति,…

January 15, 2020  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भिमेश्वर नपा–८ बोचकका १९ वर्षीय रविन्द्र भुजेललाई पुस १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बलात्कार गर्ने मनसायले यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा प्रहरीले अनुसन्धानका लागि गिरफ्तार…

December 30, 2019  
गुणस्तरहीन खाना खुवाएको भन्दै जिल्ला कारागार भित्र नाराबाजी र तालाबन्दी

कारागार भित्र रहेको क्याण्टिनमा गुणस्तरहीन खाना खुवाएको भन्दै जिल्ला कारागार, चरिकोटका कैदीबन्दीले पुस १३ गते कारागार भित्रै नाराबाजी गर्दै ताला समेत लगाएका छन् । नाइके कैदीले अरु कैदीबन्दीलाई कुटपिट गर्ने, गुणस्तरहीन खाना खुवाउने र पैसा समेत ठग्न थालेपछि नाइकेविरुद्ध तालाबन्दी गर्दै नाराबाजी गरिएको अरु कैदीबन्दीले बताएका छन् । चरिकोट कारागारमा…

December 30, 2019  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ५१ वर्षीय नातेदारलाई मङ्सिर २९ गते आफ्नै घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर २६ गते बलात्कार प्रयास गरेको भनी पीडित महिलाले सोही दिन जिल्ला प्रहरी कार्यालय, चरिकोटमा उजुरी दिनुभएको थियो । पीडित महिला एक्लै आफ्नै गोठमा काम गरिरहेको समयमा…

December 17, 2019  
१७ जना क्षमताको महिला बन्दी गृहमा ६ गुणा बढी पुरुष कैदीबन्दी

१७ जना क्षमताको महिला बन्दी गृहमा ६ गुणाभन्दा बढी कैदीबन्दी राखिएको छ । १७ जना महिला कैदी बन्दीको लागि बनाईएको बन्दी गृहमा हाल १ सय ८ जना पुरुष कैदीबन्दी राखिएको दोलखा कारागारका निमित्त प्रमुख शेषराज गोलेले बताउनुभयो । यस जिल्लाका महिला कैदीबन्दीलाई सिन्धुपाल्चोक, रामेछाप वा अन्य जिल्लाका बन्दी गृहमा पठाइने…

December 17, 2019  
कथित बोक्सीको आरोपमा दुर्व्यवहार, आरोपित गिरफ्तार

बिगु गाउँपालिका–५ की ५६ वर्षीया कृष्णमाया श्रेष्ठलाई मङ्सिर १ गते कथित बोक्सीको आरोपमा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४५ वर्षीय रत्ननारायण श्रेष्ठलाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले स्थानीय उपभोक्ता समूहका सदस्यहरूसहित १ सय १३ जनालाई समूहको भवनमा भेला गराएर कथित बोक्सीको आरोप लगाएको पीडित…

November 25, 2019  
दोलखाका दुई स्वास्थ्य चौकीमा एकजना पनि स्वास्थ्यकर्मी छैनन्, सेवाग्राही मर्कामा

दोलखाको शैलुङ गाउँपालिकाको दुई ओटा स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । कर्मचारी समायोजन भएर गएपछि गाँउपालिकामा रहेका ६ ओटा स्वास्थ्यचौकीमध्ये वडा नम्वर ८ मा रहेको भैँसे स्वास्थ्यचौकी र काटाकुटी स्वास्थ्यौकीमा एक जना पनि स्वास्थ्यका कर्मचारी नभएको शैलुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु कार्कीले जानकारी दिए । गाउँपालिका…

November 14, 2019  
कर्मचारी अभावका कारण बर्थिङ सेन्टर बन्द हुँदा सुत्केरी महिला मर्कामा

शैलुङ गाउँपालिका–४ को मागापौवा स्वास्थ्य चौकीमा सञ्चालित बर्थिङ सेन्टर कर्मचारी अभावका कारण बन्द भएको छ । गत भदौ महिनाबाट सञ्चालनमा रहेको बर्थिङ सेन्टरमा कर्मचारीको अभाव भएपछि उक्त सेन्टर एक महिना नपुग्दै असोजबाट नै बन्द भएको वडा नम्बर ४ का अध्यक्ष भरतप्रसाद ढुङ्गेलले बताए । बर्थिङ सेन्टरको अति नै आवश्यकता रहेकाले…

November 5, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई बैत्यश्वर गाउँपालिका–४ किसोहीका २८ वर्षीय गणेश शिवाकोटीलगायत नौ जनाले स्थानीय सडक किनारमा कात्तिक ११ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले दिएको उजुरी प्रहरीले कात्तिक १४ गते दर्ता गरेको छ । सोही ठाउँका २९ वर्षीय शालिकराम शिवाकोटी, २८ वर्षीय हरिराम रिमाल, ३० वर्षीय कृष्ण खड्का, २९ वर्षीय…

November 2, 2019  
मार्बु र खारेका स्थानीय जीर्ण तुइन चढ्न बाध्य

मार्बु र खारेका स्थानीय जीर्ण तुइन चढेर आफ्नो दैनिकी समाल्न बाध्य छन् । गौरीशङ्कर गाउँपालिकाको केही वडाका स्थानीयबासी तुइन चढेर आवतजावत गर्न बाध्य छन् । गौरीशंकर गाउँपालिका वडा नम्बर ७ र ८ मा रहेको टोपटार स्थित खानीखोलामा काठे पुलसमेत नहुँदा यहाँका स्थानीय जीर्ण तुइन प्रयोग गर्न बाध्य भएका हुन् ।…

October 16, 2019