कथित बोक्सीको आरोपमा दुर्व्यवहार, आरोपित गिरफ्तार

बिगु गाउँपालिका–५ की ५६ वर्षीया कृष्णमाया श्रेष्ठलाई मङ्सिर १ गते कथित बोक्सीको आरोपमा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४५ वर्षीय रत्ननारायण श्रेष्ठलाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले स्थानीय उपभोक्ता समूहका सदस्यहरूसहित १ सय १३ जनालाई समूहको भवनमा भेला गराएर कथित बोक्सीको आरोप लगाएको पीडित…

November 25, 2019  
दोलखाका दुई स्वास्थ्य चौकीमा एकजना पनि स्वास्थ्यकर्मी छैनन्, सेवाग्राही मर्कामा

दोलखाको शैलुङ गाउँपालिकाको दुई ओटा स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । कर्मचारी समायोजन भएर गएपछि गाँउपालिकामा रहेका ६ ओटा स्वास्थ्यचौकीमध्ये वडा नम्वर ८ मा रहेको भैँसे स्वास्थ्यचौकी र काटाकुटी स्वास्थ्यौकीमा एक जना पनि स्वास्थ्यका कर्मचारी नभएको शैलुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु कार्कीले जानकारी दिए । गाउँपालिका…

November 14, 2019  
कर्मचारी अभावका कारण बर्थिङ सेन्टर बन्द हुँदा सुत्केरी महिला मर्कामा

शैलुङ गाउँपालिका–४ को मागापौवा स्वास्थ्य चौकीमा सञ्चालित बर्थिङ सेन्टर कर्मचारी अभावका कारण बन्द भएको छ । गत भदौ महिनाबाट सञ्चालनमा रहेको बर्थिङ सेन्टरमा कर्मचारीको अभाव भएपछि उक्त सेन्टर एक महिना नपुग्दै असोजबाट नै बन्द भएको वडा नम्बर ४ का अध्यक्ष भरतप्रसाद ढुङ्गेलले बताए । बर्थिङ सेन्टरको अति नै आवश्यकता रहेकाले…

November 5, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई बैत्यश्वर गाउँपालिका–४ किसोहीका २८ वर्षीय गणेश शिवाकोटीलगायत नौ जनाले स्थानीय सडक किनारमा कात्तिक ११ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले दिएको उजुरी प्रहरीले कात्तिक १४ गते दर्ता गरेको छ । सोही ठाउँका २९ वर्षीय शालिकराम शिवाकोटी, २८ वर्षीय हरिराम रिमाल, ३० वर्षीय कृष्ण खड्का, २९ वर्षीय…

November 2, 2019  
मार्बु र खारेका स्थानीय जीर्ण तुइन चढ्न बाध्य

मार्बु र खारेका स्थानीय जीर्ण तुइन चढेर आफ्नो दैनिकी समाल्न बाध्य छन् । गौरीशङ्कर गाउँपालिकाको केही वडाका स्थानीयबासी तुइन चढेर आवतजावत गर्न बाध्य छन् । गौरीशंकर गाउँपालिका वडा नम्बर ७ र ८ मा रहेको टोपटार स्थित खानीखोलामा काठे पुलसमेत नहुँदा यहाँका स्थानीय जीर्ण तुइन प्रयोग गर्न बाध्य भएका हुन् ।…

October 16, 2019  
दोलखामा अझै १ हजार ३२ जना भूकम्पपिडितहरूले सरकारी अनुदान पाएनन्

भूकम्प गएको पाँच वर्ष पाँच महिना बितिसक्दा पनि दोलखा नौ स्थानीय तहका १ हजार ३२ जना भूकम्प पीडितको नाममा सम्बोधन हुन नसक्दा अझै सरकारी अनुदान पाउन सकेका छैनन् । कालिन्चोक गाउँपालिका–६ का दिपक भण्डारीले लाभग्राहि सूचीमा नाम समावेश गर्न पटकपटक गुनासो फारम भरेपनि हालसम्म लाभग्राहिमा नाम नआउँदा घर निर्माण गर्न…

October 16, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

८१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शैलुङ गाउँपालिका–१ दुधपोखरीका ३२ वर्षीय दिलबहादुर तामाङलाई असोज १ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध असोज २ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको उक्त कार्यालयका जवान रबिन कपरले बताए । पीडित…

September 19, 2019  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया पत्नी मैया श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले शैलुङ गाउँपालिका-४ मागाका ३८ वर्षीय कृष्णबहादुर श्रेष्ठलाई भदौ २९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा साउन २७ गते घरमै झैझगडा हुँदा हातले जथाभावी हिर्काएर घाइते पारिएकी मैया श्रेष्ठलाई उपचारका लागि सैनिक अस्पताल छाउनी भर्ना गरिएको थियो ।…

September 16, 2019  
भूकम्पले ध्वस्त भवनमा नै अध्ययन गर्दै बालबालिका

२०६६ सालमा जिरी नगरपालिका-६, जिरीमा नेपाल सरकारको पूर्ण अनुदानमा सञ्चालित सहिद स्मृति आवासीय माध्यमिक विद्यालय २०७२ को विनाशकारी भूकम्पले ध्वस्त विद्यालय अझै बन्न नसक्दा द्वन्द्व पीडित तथा अन्य आश्रति बालबालिका जीर्ण विद्यालयमा अध्ययन गर्न बाध्य छन् । भूकम्पले क्षतिग्रस्त सहिद स्मृति विद्यालयमा २ सय ६४ बालबालिकालाई १६ जना शिक्षक शिक्षिकाले…

September 16, 2019  
डिएसपीद्वारा कार्यकक्षमै वडा अध्यक्षमाथि दुर्व्यवहार

भीमेश्वर नगरापलिका–४ का वडा अध्यक्ष हरिबंश चौलागाईलाई दोलखा जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले भदौ १२ गते आफ्नै कार्यकक्षमा दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ । सदरमुकाम चरिकोटको पानारोमा रिसोर्टको परिसरमा हत्या गरिएका १८ वर्षीय पवन बस्नेतको हत्यारा पत्ता लगाउन प्रहरीले धैरै आलटाल गरेपछि जानकारी लिनका लागि मृतकका आमा…

August 31, 2019