फुजेल हत्या प्रकरणः पेशी जेठ २१ गतेलाई सर्‍यो

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा १३ औँ पटक पेशी सरेर पुनः अर्को मिति तोकिएको छ । चितवन जिल्ला अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार चैत २८ गते सोमबारका लागि तोकिएको पेशी ०७४ जेठ २१ गतेका लागि सारिएको हो । मुद्दा हेर्ने न्यायाधीश कविप्रसाद न्यौपाने निर्वाचन प्रयोजनले राजधानीमा रहेकाले यस…

April 11, 2017  
नाम छुटेको भन्दै १ हजार ५ सय भूकम्प पीडितको निवेदन दर्ता

भूकम्प पीडितहरूको लगत सङ्कलनका क्रममा नाम छुटेको भन्दै १ हजार ५ सय जनाले जिल्ला समन्वय समिति चितवनमा निवेदन दर्ता गरेका छन् । जिल्ला विपद व्यवस्थापन समिति चितवनका सदस्य एवम् समन्वय समिति चितवनका सूचना अधिकारी बलराम लुईँटेलले अझै निवेदन आउने क्रम जारी रहेको बताए । जिल्ला लगत सङ्कलन तथा व्यवस्थापन कार्यालय…

April 1, 2017  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता 

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भरतपुर मनपा-२४ का २२ वर्षीय अशोक थापाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा चैत १६ गते उजुरी दर्ता गरिएको छ । पीडित बालिकालाई आरोपित थापाले फागुन १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत १६ गते मात्र प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका एसपी दिपक थापाले…

March 30, 2017  
वनमा आगो लगाएको आरोपमा प्रहरीद्वारा बालबालिकालाई यातना

वनमा आगो लगाएको आरोपमा सीमा सुरक्षा वल आँपटारीका सशस्त्र प्रहरीले भरतपुर मनपा-११ का  १४ वर्षीय पुस्कर तामाङ, १७ वर्षीय अमित थापामगर, १७ वर्षीया दानु हमाल र १७ वर्षीय विमल बिकलाई चैत ४ गते नियन्त्रणमा लिई कुटपिट गरेको पीडित पक्षको आरोप छ । भरतपुर मनपा-११ गणेशस्थान क्षेत्रमा रहेको वनमा आगजनी गरेको…

March 20, 2017  
स्वास्थ्य केन्द्रमा निःशुल्क औषधिको अभाव

चितवनका स्वास्थ्य केन्द्र (हेल्थ पोष्ट) मा निःशुल्क पाइने औषधिको अभाव भएको छ । त्यस्तै यहाँ रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा पनि पर्याप्त मात्रामा औषधि पुगेको छैन । चितवनमा ३५ वटा हेल्थ पोष्टहरू छन् । तर, हेल्थ पोष्टमा निःशुल्क भनिएका औषधिहरू पुग्न सकेका छैनन् । जसले गर्दा स्थानीय नागरिक निःशुल्क औषधि पाउनबाट…

March 11, 2017  
अधिकारी हत्यासम्बन्धी मुद्दाको पेशी चैत २४ गतेलाई सर्‍यो

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा १२ औँ पटक पेशी सारेर १३ औँ पेशीको  मिति चैत २४ गतेलाई तोकिएको छ । न्यायाधीशको कार्य व्यस्तताले फागुन २३ गतेको पेशी हेर्न नभ्याइएको चितवन अदालतका सूचना अधिकारी कृष्ण बरालले जानकारी दिए । ०७२ फागुन २७ गतेबाट पेशी सर्दै आएकोमा ०७३ फागुन २३ गतेसम्म…

March 6, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई फागुन १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नवलपरासी गैँडाकोट-२ का २३ वर्षीय नरेन्द्र खनाललाई सोही दिन गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित खनालले यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय चितवनमा फागुन १८ गते नै उजुरी दिएकी थिइन् । आरोपित खनालविरुद्ध उजुरी परेकाले…

March 2, 2017  
बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहरमा राप्ती नपा-३ का २० वर्षीय प्रतिज्ञा मगरलाई जिल्ला अदालत चितवनले फागुन २ गते ६ वर्ष कैद सजायका साथै पीडित बालिकाका लागि महिला तथा बालबालिका कार्यालयबाट १ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।   न्यायाधीश नारायण सुवेदीको इजलासले यस्तो फैसला गरेको हो ।…

February 13, 2017  
फुजेल हत्यासम्बन्धी मुद्दाको सुनुवाइ १२ औँ पटक सर्‍यो

माघ १९ गतेका लागि तोकिएको गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा १२ औँ पटक अर्को पेशी तोकिएको छ । जिल्ला अदालत चितवनका सूचना अधिकारी कृष्ण बरालका अनुसार फागुन २३ गतेका लागि पेशी तोकिएको हो । अदालतको प्रशासनिक कार्यले गर्दा पेशी सार्नुपरेको सूचना अधिकारी बरालले जानकारी दिए । छोरा कृष्णप्रसादको हत्यारालाई…

February 1, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय भण्डाराले माघ ६ गते १६ वर्षीय बलाकलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई माघ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला…

January 19, 2017