मतगणना तत्काल सुरु गर्न माग गर्दै एमाले नेताहरू धर्नामा

चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना तत्काल सुरु गर्न माग गर्दै नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, मेयर पदका उम्मेदवार देवी ज्ञवाली, उपमेयर पदका उम्मेदवार दिव्या शर्माको नेतृत्वमा नेता तथा कार्यकर्ता जेठ १६ गतेबाट मतगणना स्थल भरतपुरको कभर्ड हल अगाडि धर्नामा बसेका छन् । रोकिएको मतगणना तत्काल सुरु गर्न माग गर्दै…

May 30, 2017  
अपहरणमा परेका भनिएका उम्मेदवार परिवारको सम्पर्कमा

अपहरणमा परेका भनिएका राप्ती नगरपालिका-९ मा नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाल वैशाख ३१ गते राति परिवारको सम्पर्कमा आएका छन् । वैशाख ३१ गते बिहानैदेखि रिमाल सम्पर्क विहीन भएका थिए । ल्लिा प्रहरी कार्यालय चितवनका एसपी दीपक थापाले दिएको जानकारी अनुसार राति नै उनी परिवारको सम्पर्कमा आएका हुन्…

May 15, 2017  
माओवादी केन्द्रका उम्मेदवारको अपहरण

माओवादी केन्द्रका राप्ती नगरपालिका-९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई वैशाख ३० गते राति अज्ञात समूहले अपहरण गरेको राससले जनाएको छ । केन्द्रले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको आरोप लगाएको छ । माओवादी केन्द्रका जिल्ला इञ्चार्ज ईश्वरी भट्टराईले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीले अपहरण गरेको बताएका हुन्…

May 14, 2017  
चितवनमा चट्याङ लागेर एक उम्मेद्वारको मृत्यु

कालिका नगरपालिका-११ निवासी ३९ वर्षीय सिफल पर्जाको वैशाख २६ गते बिहान ३ बजे चट्याङ लागेर मृत्यु भएको छ । स्थानीय तहको निर्वाचनमा उनी माओवादी केन्द्रको तर्फबाट सोही वडाको वडा सदस्य पदका उम्मेद्वार थिए । चट्याङ लागेर घाइते भएका उनलाई उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी…

May 9, 2017  
काङ्ग्रेस उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार

खैरहनी नगरपालिकाका नेपाली काङ्ग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले गएराति पेट्रोल बम प्रहार गरेको राससले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय, चितवनका डिएसपी प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार खैरहनी नगरपालिका-९ बछौलीस्थित चौधरीको घरमा बा ८ च १५६२ नंको स्कारपियो गाडीमा…

May 7, 2017  
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा तीन जना गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले वैशाख २० गते राति तीन जनालाई गिरफ्तार गरेको छ । मनोनयन दर्ताको काम सकेर प्रचार प्रसारमा लागेका विभिन्न दलका उम्मेदवारलाई जबरजस्ती मनोनयन फिर्ता लिन लगाउने, घरमा कालो झण्डा गाड्नेलगायतका काम गरेको भन्दै प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका इलाका…

May 5, 2017  
मेयरको घरमा कालो झण्डा

स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवारहरूको घरमा वैशाख २० गते नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालो झण्डा राखेका छन् । सो महानगरपालिकाका उम्मेदवारहरू रेणु दाहाल, देवी ज्ञवाली र दिनेश कोइरालाको घरमा कालो झण्डा गाडिएको सो पार्टीले जनाएको छ । राप्ती नगरपालिकामा काँग्रेसका मेयर उम्मेदवार किरण ओली,…

May 3, 2017  
प्रहरीले चलाएको गोली लागेर मालेका उम्मेदवार घाइते

आगामी स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिका-११ मा नेकपा मालेका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार ५२ वर्षीय कृष्णबहादुर कुमाल प्रहरी तालिम केन्द्रका प्रहरीले वैशाख १७ गते दिउँसो २ बजे चलाएको गोली लागेर घाइते भएका छन् । गोली लागेर घाइते भएका पीडित कुमालको उपचार नारायणी सामुदायिक अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय…

April 30, 2017  
दुई विद्यार्थी सङ्गठनबिचको झडपमा दुई जना घाइते

कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरमा वैशाख १२ गते दुई विद्यार्थी समूहबिच झडप हुँदा दुई जना गम्भीर घाइते भएका छन् । अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुबिच छात्राबासको भोजनालयमा खाना खाने क्रममा झडप भएको थियो । झडपमा परेर अनेरास्ववियुका चिरञ्जीवी पन्त र सरोज शर्मा घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको…

April 25, 2017  
विरोध सभामा प्रहरीको हस्तक्षेप

स्थानीय निकायको निर्वाचनको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको विरोध सभामा प्रहरीले हस्तेक्षप गरेको छ । वैशाख ७ गते भरतपुरको चौबिसकोठीमा आयोजित कार्यक्रममा निर्वाचन विरोधी भाषण चलिरहँदा प्रहरीले हस्तेक्षप गर्दा झडपसमेत भएको हो । कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोलाले चुनाव बिथोल्ने सम्बोधन गर्दैगर्दा प्रहरीले…

April 20, 2017