फूजेल हत्या प्रकरणः १८ औँ पटक पेशी सर्‍यो

गोरखा फुजेलका कृष्ण अधिकारीको हत्यासम्बन्धी मुद्दामा कात्तिक १२ गते आइतबारका लागि पेशी तोकिएकोमा पुनः अर्को पेशी मिति तोकिएको छ । चितवन अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार मङ्सीर २५ गते सोमबारका लागि १८ औं पटक पेशी चढेको हो । ०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या…

October 29, 2017  
नेकपाका कार्यकर्ताद्वारा इञ्जिनियरलाई दुर्व्यवहार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रत्ननगर नगरपालिकाका इञ्जिनियर प्रकाशचन्द्र ढुङ्गानालाई मोविल दलेर दुर्व्यवहार गरेका छन् । असोज १ गते नगरपालिका परिसरभित्रै पसेर कार्यकक्षमा उनलाई माओवादी कार्यकर्ताले मोविल खन्याएका हुन् । ढुङ्गानाले भ्रष्टाचार गरेकाले कारबाही गरिएको कार्यालय परिसरमा छाडिएको पर्चामा उल्लेख गरिएको छ । उनीमाथि परियोजना र संस्थागत बजेट…

September 17, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माडी नगरपालिका-८ का ५६ वर्षीय चोकनारायण श्रेष्ठलाई प्रहरीले भदौ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७३ माघ ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । घटनापछि फरार रहेका आरोपित श्रेष्ठलाई भदौ २७…

September 14, 2017  
शिशु र सुत्केरीका लागि शैयाको व्यवस्था

भरतपुर अस्पतालमा अस्थायी रुपमा शैयाको व्यवस्थापन गरिएको छ । सुत्केरी वार्डमा भएको शैया अपुग भई सुत्केरी र शिशु भुइँमा सुत्न बाध्य भएकोमा अस्पतालले केही समयको लागि अस्पतालको प्यासेजमा शैयाको व्यवस्था गरेको हो । केही दिनअघि अनौपचारिक क्षेत्र सेाव केन्द्र (इन्सेक) अनलाइनमा शिशु र सुत्केरीको भुइँमै उपचार गराइरहेको समाचार प्रकाशन भएपछि…

September 9, 2017  
ठाउँ अभावमा नवजात शिशु र सुत्केरीको भूइँमै उपचार

मेडिकल सिटीको रूपमा चर्चा पाएको भरतपुर र जिल्लाकै सुविधा सम्पन्न मानिएको भरतपुर अस्पतालको सुत्केरी वार्डमा आवश्यक पूर्वाधार नहुँदा सुत्केरी र नवजात शिशुहरू भूइँमै राखेर उपचार गराइएको छ । विश्व स्वास्थ्य सङ्गठनले बच्चा जन्मदेखि २४ घण्टासम्मको अवधि निकै चुनौतिपूर्ण हुने उल्लेख गरेको छ । त्यस्तै २४ घण्टा अघि अस्पतालबाट डिस्चार्ज समेत…

September 5, 2017  
बेपत्ता पारिएका व्यक्तिको सङ्ख्या नै पत्तो छैन !

चितवनमा द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिको सङ्ख्या कति होला ? यसको सहि तथ्याङ्क न राज्य सँग छ न गैरराज्य पक्षसँग नै छ । सरकारले ३७, गैरसरकारी निकाय रेडक्रसले ३१ जना बेपत्ता रहेको तथ्याङ्क सार्वजनिक गरिरहँदा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा भने ५५ जनाको निवेदन परेको छ । राज्यको आधिकारिक निकाय…

August 31, 2017  
छोराको कुटाइबाट आमाको निधन

भरतपुर महानगरपालिका-१५ मङ्गलपुरकी ४० वर्षीया सविना दराईलाई कुटपिट गरी १९ वर्षीय छोरा आशिष दराईले हत्या गरेको प्रहरीले जनाएको छ । पीडित महिलालाई आरोपितले भदौ १४ गते बिहान कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छोरा आशिषले बाँधेर कुटपिट गर्दा आमा सविनाको मृत्यु भएको हो । आमाको हत्या…

August 30, 2017  
भरतपुरमा आचार्य र काफ्लेको पक्षमा फैसला

उच्च अदालत पाटन अन्तर्गत हेटौँडा इजलासका न्यायाधीश नागेन्द्रलाभ कर्णको इजलासले भरतपुर महानगरपालिका वडा नम्बर ४ र ७ का वडा अध्यक्षका विषयमा परेको निवेदन खारेज गरेको छ । उपेन्द्रराज सापकोटा र श्यामप्रसाद लामिछानेले उच्च अदालतमा पुनः मतगणनाको माग राख्दै वडा अध्यक्षमा विजयी वडा नं ४ का हरि आचार्य र वडा नं…

August 25, 2017  
बलात्कार घटनका आरोपितविरूद्ध प्रहरीमा उजुरी

पाँच वर्षीया बालिकालाई साउन ३० गते बलात्कार गरेको आरोपमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका-६ का २४ वर्षीय शम्भुराम शर्माविरूद्ध पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय चितवनमा साउन ३१ गते उजुरी दिएकी छन् । मौखिक उजुरीका आरोपमा आरोपितलाई साउन ३१ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पीडित बालिकाको…

August 16, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रौतहट लक्ष्मीनिया-६ का ५८ वर्षीय नसरूल्लाम मियाँलाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ३१ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकी आमाले साउन ३१ गते नै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी थिइन् । पीडित बालिकाको स्वास्थ्य…

August 16, 2017