प्रहरीले चलाएको गोली लागेर मालेका उम्मेदवार घाइते

आगामी स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिका-११ मा नेकपा मालेका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार ५२ वर्षीय कृष्णबहादुर कुमाल प्रहरी तालिम केन्द्रका प्रहरीले वैशाख १७ गते दिउँसो २ बजे चलाएको गोली लागेर घाइते भएका छन् । गोली लागेर घाइते भएका पीडित कुमालको उपचार नारायणी सामुदायिक अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय…

April 30, 2017  
दुई विद्यार्थी सङ्गठनबिचको झडपमा दुई जना घाइते

कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरमा वैशाख १२ गते दुई विद्यार्थी समूहबिच झडप हुँदा दुई जना गम्भीर घाइते भएका छन् । अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुबिच छात्राबासको भोजनालयमा खाना खाने क्रममा झडप भएको थियो । झडपमा परेर अनेरास्ववियुका चिरञ्जीवी पन्त र सरोज शर्मा घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको…

April 25, 2017  
विरोध सभामा प्रहरीको हस्तक्षेप

स्थानीय निकायको निर्वाचनको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको विरोध सभामा प्रहरीले हस्तेक्षप गरेको छ । वैशाख ७ गते भरतपुरको चौबिसकोठीमा आयोजित कार्यक्रममा निर्वाचन विरोधी भाषण चलिरहँदा प्रहरीले हस्तेक्षप गर्दा झडपसमेत भएको हो । कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोलाले चुनाव बिथोल्ने सम्बोधन गर्दैगर्दा प्रहरीले…

April 20, 2017  
फुजेल हत्या प्रकरणः पेशी जेठ २१ गतेलाई सर्‍यो

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा १३ औँ पटक पेशी सरेर पुनः अर्को मिति तोकिएको छ । चितवन जिल्ला अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार चैत २८ गते सोमबारका लागि तोकिएको पेशी ०७४ जेठ २१ गतेका लागि सारिएको हो । मुद्दा हेर्ने न्यायाधीश कविप्रसाद न्यौपाने निर्वाचन प्रयोजनले राजधानीमा रहेकाले यस…

April 11, 2017  
नाम छुटेको भन्दै १ हजार ५ सय भूकम्प पीडितको निवेदन दर्ता

भूकम्प पीडितहरूको लगत सङ्कलनका क्रममा नाम छुटेको भन्दै १ हजार ५ सय जनाले जिल्ला समन्वय समिति चितवनमा निवेदन दर्ता गरेका छन् । जिल्ला विपद व्यवस्थापन समिति चितवनका सदस्य एवम् समन्वय समिति चितवनका सूचना अधिकारी बलराम लुईँटेलले अझै निवेदन आउने क्रम जारी रहेको बताए । जिल्ला लगत सङ्कलन तथा व्यवस्थापन कार्यालय…

April 1, 2017  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता 

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भरतपुर मनपा-२४ का २२ वर्षीय अशोक थापाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा चैत १६ गते उजुरी दर्ता गरिएको छ । पीडित बालिकालाई आरोपित थापाले फागुन १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत १६ गते मात्र प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका एसपी दिपक थापाले…

March 30, 2017  
वनमा आगो लगाएको आरोपमा प्रहरीद्वारा बालबालिकालाई यातना

वनमा आगो लगाएको आरोपमा सीमा सुरक्षा वल आँपटारीका सशस्त्र प्रहरीले भरतपुर मनपा-११ का  १४ वर्षीय पुस्कर तामाङ, १७ वर्षीय अमित थापामगर, १७ वर्षीया दानु हमाल र १७ वर्षीय विमल बिकलाई चैत ४ गते नियन्त्रणमा लिई कुटपिट गरेको पीडित पक्षको आरोप छ । भरतपुर मनपा-११ गणेशस्थान क्षेत्रमा रहेको वनमा आगजनी गरेको…

March 20, 2017  
स्वास्थ्य केन्द्रमा निःशुल्क औषधिको अभाव

चितवनका स्वास्थ्य केन्द्र (हेल्थ पोष्ट) मा निःशुल्क पाइने औषधिको अभाव भएको छ । त्यस्तै यहाँ रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा पनि पर्याप्त मात्रामा औषधि पुगेको छैन । चितवनमा ३५ वटा हेल्थ पोष्टहरू छन् । तर, हेल्थ पोष्टमा निःशुल्क भनिएका औषधिहरू पुग्न सकेका छैनन् । जसले गर्दा स्थानीय नागरिक निःशुल्क औषधि पाउनबाट…

March 11, 2017  
अधिकारी हत्यासम्बन्धी मुद्दाको पेशी चैत २४ गतेलाई सर्‍यो

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा १२ औँ पटक पेशी सारेर १३ औँ पेशीको  मिति चैत २४ गतेलाई तोकिएको छ । न्यायाधीशको कार्य व्यस्तताले फागुन २३ गतेको पेशी हेर्न नभ्याइएको चितवन अदालतका सूचना अधिकारी कृष्ण बरालले जानकारी दिए । ०७२ फागुन २७ गतेबाट पेशी सर्दै आएकोमा ०७३ फागुन २३ गतेसम्म…

March 6, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई फागुन १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नवलपरासी गैँडाकोट-२ का २३ वर्षीय नरेन्द्र खनाललाई सोही दिन गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित खनालले यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय चितवनमा फागुन १८ गते नै उजुरी दिएकी थिइन् । आरोपित खनालविरुद्ध उजुरी परेकाले…

March 2, 2017