बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजाय फैसला
१६ वर्षीया बालिका बलात्कार कसुरमा जिल्ला अदालतका न्यायाधीश गायत्री शर्माको इजलासले माडी नपा–९ गोविन्दवस्ती घर भएका २३ वर्षीय सन्दिप भुजेललाई पुस २० गते १० वर्ष कैद सजाय हुने फैसला सुनाएको छ । पीडित बालिकालाई असार १६ गते बलात्कार गरेको भन्दै भुजुलविरुद्ध पीडितको बाबुले असार २२ गते जिल्ला प्रहरी कार्यालय चितवनमा…
यौन दुर्व्यवहारको कसुरमा तीन महिना कैद सजाय फैसला
आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा माडी नगरपालिका–२ का ५३ वर्षीय देवीलाल पौडेललाई पुस १६ गते जिल्ला अदालतले तीन महिना कैद सजाय फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको इजलासले उक्त फैसला गरेको हो । पीडित बालिकालाई ०७६ मङ्सिर १९ गते स्थानीय चितेखोला नजिकैको झाडीमा लगि यौन दुर्व्यवहार गरेको…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पुस १५ गते भरतपुर महानगरपालिका–१८ का २१ वर्षीय सुकबहादुर तामाङलाई सात वर्ष कैद सजाय हुने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश गायत्री रेग्मीको इजलासले पुस १५ गते सो फैसला गरेको हो । पीडित बालिकालाई ०७७ असार २६ गते बलात्कार गरेको भन्दै…
प्रहरीको लाठीचार्जबाट नेकपाका कार्यकर्ता घाइते
भरतपुर महानगरपालिका–११ निवासी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ता ४५ वर्षीय इश्वर सापकोटा प्रहरीको लाठीचार्जबाट घाइते भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेकपाका प्रचण्ड/माधव पक्षका कार्यकर्ताले पुस ९ गते साँझ निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरेको थियो । सापकोटा नेकपा भरतपुर महानगर कमिटीका…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ६ गते भरतपुरमा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख मुनाकुमारी श्रेष्ठले बालिका बलात्कारका घटना बढ्दो क्रममा रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । कानुन बलियो बनेको अवस्थामा समेत बालिकाहरू सुरक्षित नहुनु कानुन…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर महानगरपालिका–१० ढुङ्गानाचोकका ४३ वर्षीय हिमाल आचार्यललाई प्रहरीले पुस ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाका अभिभावले आरोपित ढुङ्गानाले पुस १ गते यौन दुर्व्यवहार गरेको भन्दै पुस ३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सूर्य थापाले बताउनु…
कोभिड–१९ को पीसीआर परीक्षणमा बढी शुल्क लिने दुई अस्पताललाई कारबाही
कोभिड–१९ को पीसीआर परीक्षणमा सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र चितवन मेडिकल कलेजलाई मङ्सिर ३० गते जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । कोभिड–१९ को पीसीआर परीक्षणका लागि सरकारले २ हजार रुपैयाँ शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी शुल्क लिएको…
बलात्कार प्रयास गरेको कसुरमा चार वर्ष कैद सजायको फैसला
२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा भरतपुर महानगरपालिका–४ का ४८ वर्षीय लिलाप्रसाद पौडेललाई जिल्ला अदालतले मङसिर ३० गते चार वर्ष कैद सजाय हुने फैसला गरेको छ । न्यायाधीश केशव अधिकारीको इजलासले बौद्धिक अपाङ्गता भएकी महिलालाई ०७७ जेठ २४ गते बलात्कार प्रयास गरेको कसुरमा उक्त फैसला गरेको हो । पीडितका…
यौन दुर्व्यवहार गरेको कसुरमा १३ दिन कैदको फैसला
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १६ वर्षीय बालकलाई जिल्ला अदालतले मङ्सिर २८ गते १३ दिन कैद सजाय हुने फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको इजलासले बलात्कारको अभियोगमा मुद्दा दायर भएका बालकलाई आंशिक अभियोग दाबी पुग्ने भनी बाल यौन दुर्व्यवहारको कसुर अन्तर्गत उक्त फैसला गरेको हो । पीडित…
पत्नी हत्याको कसुरमा १० वर्ष कैद फैसला
पत्नीको कसुरमा चितवन जिल्ला अदालतले मङ्सिर १९ गते रत्ननगर नगरपालिका–१५ का पूर्णप्रसाद ढकाललाई १० वर्ष कैद सजाय हुने फैसला गरेको छ । न्यायधीश अवनी मैनाली भट्टराईको इजलासले हत्या आरोप लागेका पूर्णप्रसाद ढकाललाई १० वर्ष कैद, १ लाख जरिवाना र ८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा हुने भनि सजायको फैसला…