एक महिनादेखि क्याम्पसमा ताला, पठनपाठन ठप्प

बनेपा नगरपालिका–६ मा रहेको काभ्रे बहुमुखी क्याम्पसको प्रशासन र लेखा शाखामा ०७६ माघ २६ गतेदेखि तालाबन्दी भएपछि पठनपाठन ठप्प भएको छ । अनेरास्ववियुले गरेको तालान्दीका कारण कक्षा ११ र १२ को पठनपाठन ठप्प भएको हो । ताला नखुल्दा ११ र १२ कक्षा ५५ जना विद्यार्थीले पढ्न पाएका छैनन् । क्याम्पसको…

March 9, 2020  
संयुक्त राष्ट्र संघले व्यवस्था गरेको मानव अधिकारलाई नजिकबाट बुझ्नुपर्छ: इन्सेक अध्यक्ष श्रेष्ठ

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष इन्दीरा श्रेष्ठले नेपालका नागरिक समाजले संयुक्त राष्ट्र संघले व्यवस्था गरेका मानव अधिकारलाई नजिकबाट बुझ्नु पर्ने बताउनुभएको छ ।  इन्सेकद्वारा धुलिखेलमा आयोजित “मानव अधिकारको मापदण्ड, नीति र संयन्त्र” विषयक कार्यशालाको २०७६ माघ १४ गते शुभारम्भ गर्दै अध्यक्ष श्रेष्ठले मानव अधिकारको क्षेत्रमा संयुक्त राष्ट्र संघको…

January 28, 2020  
संस्थाको गरिमा उचो राख्नुपर्छः इन्सेक अध्यक्ष डा. श्रेष्ठ

  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अध्यक्ष डा. इन्दिरा श्रेष्ठले इन्सेकको संस्थागत गरिमा उचो राख्नको लागि सधैंलागि पर्नुपर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालयको आयोजनामा काभ्रेको धुलिखेलमा माघ ३ र ४ गते भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा अध्यक्ष डा. श्रेष्ठले सो धारणा राख्नुभएको हो । “इन्सेकको काम…

January 18, 2020  
याैन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई सार्वजनिक यातायातमा याैन दुर्व्यवहार गरेको आरोपमा  ताप्लेजुङ जिल्ला सिदिङ्वा गाउँपालिका–४ का लक्ष्मण लिम्बूलाई पुस २९ गते प्रहरीले गिरफ्तार  गरेको छ । दमकबाट काठमाडौँ आउदै गरेको बा ३ च ३३१४ नम्बरको टाटासुमोमा युवतीलाई सम्वेदनशील अङ्गमा छुदै पटक–पटक याैन दुर्व्यवहार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय काभ्रेमा पुस २९…

January 15, 2020  
दम्पति हत्यामा संलग्न गिरफ्तार

काभ्रेको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियाका ५५ वर्षीय श्यामकृष्ण श्रेष्ठ र उनकै पत्नी ५० वर्षीया रुकुमाया श्रेष्ठको हत्यामा संलग्न दुई जनालाई  पुस १६ गते गिरफ्तार गरी सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दीपक गिरी र प्रहरी प्रधान कार्यालय केन्द्रीय  प्रहरी अनुसन्धान ब्यूरोका विज्ञ डिएसपी हरीबहादुर बस्नेतको टोलीले उदयपुर…

January 2, 2020  
तीन तहकै सरकार नागरिकमैत्री हुनुपर्छः इन्सेक अध्यक्ष डा. श्रेष्ठ

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले पुस १४ गते धुलिखेलमा आयोजित एक कार्यक्रममा तीन तहकै सरकार नागरिकमैत्री हुनुपर्ने बताउनुभएको छ । (इन्सेक) ले सार्वजनिक नीति निर्माणमा नागरिक समाज र संघसंस्थाको सहभागितासम्बन्धी आयोजना गरेको दुईदिने कार्यशालामा बोल्दै अध्यक्ष श्रेष्ठले नागरिकको स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा, मानव अधिकार जस्ता…

December 31, 2019  
नागरिक समाज र सञ्चार जगतबिच अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस १३ गते धुलिखेलमा विकासका लागि नागरिक समाज र सञ्चार जगतबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अन्तक्रिया कार्यक्रममा इन्सेक प्रदेश तीनका कार्यक्रम संयोजक गणेश भण्डारीले कार्यक्रममा सहभागिलाई स्वागत गर्दै विकास निर्माणमा नागरिक समाज र सञ्चारजगतको एकै ठाउँमा उभिएर सहकार्य गर्न आवश्यक रहेको…

December 30, 2019  
गाउँपालिका सचिव नहुँदा स्थानीय सरकारको काम प्रभावित

काभ्रेको दुर्गम मानिने तेमाल र महाभारत गाउँपालिकाका सबै वडामा सचिव नहुँदा स्थानीय सरकारको काम प्रभावित भएको छ । यी गाउँपालिकामा नयाँ संरचना सुरू भएदेखि सचिवको अभाव भएको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । थोरै भएका सचिवहरू पनि कर्मचारी समायोजनसँगै बढुवासहित अन्यत्रै गएपछि गाउँपमलिकाको सबै वडा कार्यालय सचिवविहीन भएका छन् ।…

December 14, 2019  
हत्या गरिएको अवस्थामा दम्पतीको शव फेला

नमोबुद्ध नगरपालिका–८ तल्लो हटियाका ५५ वर्षीय श्यामकृष्ण श्रेष्ठ र ५० वर्षीया पत्नी रुकुमाया श्रेष्ठको शव उनीहरूकै घरमा हत्या गरिएको अवस्थामा कात्तिक १९ गते फेला परेको छ । धारिलो हतियार प्रहार गरी पतिपत्नी दुवैको हत्या गरी क्षतविक्षत भएको शवलाई सिरकले छोपेको अवस्थामा श्यामपाटी प्रहरी चौकीका इञ्चार्ज केशव दर्जीको टोलीले फेला पारेको…

November 7, 2019  
प्रतिबन्धित नेकपाकी जिल्ला सक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीकी काभ्रे जिल्ला सेक्रेटरी ३२ वर्षीया सुन्तली थोकरलाई प्रहरीले कात्तिक ७ गते गिरफ्तार गरेको छ । थोकरलाई पनौती नपा–९ शङ्खुमा रहेको उनकै घरबाट रातको करिब १२ बजे जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले गिरफ्तार गरेको उक्त कार्यालयका डिएसपी दिपक गिरीले बताए । थोकरले ०७५…

October 25, 2019