याैन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई सार्वजनिक यातायातमा याैन दुर्व्यवहार गरेको आरोपमा  ताप्लेजुङ जिल्ला सिदिङ्वा गाउँपालिका–४ का लक्ष्मण लिम्बूलाई पुस २९ गते प्रहरीले गिरफ्तार  गरेको छ । दमकबाट काठमाडौँ आउदै गरेको बा ३ च ३३१४ नम्बरको टाटासुमोमा युवतीलाई सम्वेदनशील अङ्गमा छुदै पटक–पटक याैन दुर्व्यवहार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय काभ्रेमा पुस २९…

January 15, 2020  
दम्पति हत्यामा संलग्न गिरफ्तार

काभ्रेको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियाका ५५ वर्षीय श्यामकृष्ण श्रेष्ठ र उनकै पत्नी ५० वर्षीया रुकुमाया श्रेष्ठको हत्यामा संलग्न दुई जनालाई  पुस १६ गते गिरफ्तार गरी सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दीपक गिरी र प्रहरी प्रधान कार्यालय केन्द्रीय  प्रहरी अनुसन्धान ब्यूरोका विज्ञ डिएसपी हरीबहादुर बस्नेतको टोलीले उदयपुर…

January 2, 2020  
तीन तहकै सरकार नागरिकमैत्री हुनुपर्छः इन्सेक अध्यक्ष डा. श्रेष्ठ

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले पुस १४ गते धुलिखेलमा आयोजित एक कार्यक्रममा तीन तहकै सरकार नागरिकमैत्री हुनुपर्ने बताउनुभएको छ । (इन्सेक) ले सार्वजनिक नीति निर्माणमा नागरिक समाज र संघसंस्थाको सहभागितासम्बन्धी आयोजना गरेको दुईदिने कार्यशालामा बोल्दै अध्यक्ष श्रेष्ठले नागरिकको स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा, मानव अधिकार जस्ता…

December 31, 2019  
नागरिक समाज र सञ्चार जगतबिच अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस १३ गते धुलिखेलमा विकासका लागि नागरिक समाज र सञ्चार जगतबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अन्तक्रिया कार्यक्रममा इन्सेक प्रदेश तीनका कार्यक्रम संयोजक गणेश भण्डारीले कार्यक्रममा सहभागिलाई स्वागत गर्दै विकास निर्माणमा नागरिक समाज र सञ्चारजगतको एकै ठाउँमा उभिएर सहकार्य गर्न आवश्यक रहेको…

December 30, 2019  
गाउँपालिका सचिव नहुँदा स्थानीय सरकारको काम प्रभावित

काभ्रेको दुर्गम मानिने तेमाल र महाभारत गाउँपालिकाका सबै वडामा सचिव नहुँदा स्थानीय सरकारको काम प्रभावित भएको छ । यी गाउँपालिकामा नयाँ संरचना सुरू भएदेखि सचिवको अभाव भएको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । थोरै भएका सचिवहरू पनि कर्मचारी समायोजनसँगै बढुवासहित अन्यत्रै गएपछि गाउँपमलिकाको सबै वडा कार्यालय सचिवविहीन भएका छन् ।…

December 14, 2019  
हत्या गरिएको अवस्थामा दम्पतीको शव फेला

नमोबुद्ध नगरपालिका–८ तल्लो हटियाका ५५ वर्षीय श्यामकृष्ण श्रेष्ठ र ५० वर्षीया पत्नी रुकुमाया श्रेष्ठको शव उनीहरूकै घरमा हत्या गरिएको अवस्थामा कात्तिक १९ गते फेला परेको छ । धारिलो हतियार प्रहार गरी पतिपत्नी दुवैको हत्या गरी क्षतविक्षत भएको शवलाई सिरकले छोपेको अवस्थामा श्यामपाटी प्रहरी चौकीका इञ्चार्ज केशव दर्जीको टोलीले फेला पारेको…

November 7, 2019  
प्रतिबन्धित नेकपाकी जिल्ला सक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीकी काभ्रे जिल्ला सेक्रेटरी ३२ वर्षीया सुन्तली थोकरलाई प्रहरीले कात्तिक ७ गते गिरफ्तार गरेको छ । थोकरलाई पनौती नपा–९ शङ्खुमा रहेको उनकै घरबाट रातको करिब १२ बजे जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले गिरफ्तार गरेको उक्त कार्यालयका डिएसपी दिपक गिरीले बताए । थोकरले ०७५…

October 25, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचखाल नगरपालिका-१ अनेकोटका ५७ वर्षीय इमानसिं तामाङलाई साउन २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको उक्त कार्यालयका डिएसपी दीपक गिरीले बताए । घटनापछि…

August 14, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मण्डन देउपुर नगरपालिका-१० घर भई पाँचखाल नगरपालिका-४ शिखरपुर डेरा गरी बस्ने ३१ वर्षीय सुनबहादुर लामालाई साउन २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले धम्की दिएर गत जेठ २३ गते बाट पटकपटक बलात्कार गरेको र पछिल्लो पटक साउन २६ गते बलात्कार गरेको…

August 14, 2019  
हत्या घटनाका आरोपित गिरफ्तार

धुलिखेल नगरपालिका-१ देवीटरकी ६३ वर्षीया माइलीमाया तामाङलाई घरको भित्तामा ठोकाएर हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय छोरा धावा तामाङ र २४ वर्षीया बुहारी सुन्तली तामाङलाई असार ३१ गते गिरफ्तार गरेको छ । असार ३१ गते राति करिब ११ बजे घरयासी विवाद चर्किदैँ जाँदा बुहारीले कुटपिट गर्दै भित्तामा ठोक्काइदिँदा टाउकोमा चोट…

July 17, 2019