दुई आयोगलाई स्रोतसाधन उपलब्ध गराउन सभापति श्रेष्ठको आग्रह

व्यवस्थापिका-संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले द्वन्द्वकालीन न्याय निरुपण गर्न गठित आयोगलाई आवश्यक कानुन निर्माण गर्न, समयमै साधन स्रोत र जनशक्ति उपलब्ध गराउन सरकारलाई आग्रह गरेको राससले जनाएको छ । समितिका सभापति श्रेष्ठद्वारा जेठ २४ गते जारी प्रेस विज्ञप्तिमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका…

June 7, 2017  
स्थानीय तह निर्वाचन (पहिलो संशोधन), विधेयक प्रस्तुत

व्यवस्थापिका-संसद्को जेठ २३ गते बसेको बैठकमा स्थानीय तह निर्वाचन (पहिलो संशोधन), विधेयक, २०७४ प्रस्तुत भएको राससले जनाएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सो विधेयक प्रस्तुत गर्दै अहिले सबै राजनीतिक दलले संविधानको कार्यान्वयनलाई प्राथमिता दिन आवश्यक रहेकामा जोड दिए । उनले निर्वाचन प्रक्रियालाई अझ स्वतन्त्र, भयरहित र शान्तिपूर्ण बनाउन…

June 6, 2017  
पुनः मतदान गराउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको राससले जनाएको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले जेठ २२ गते भरतपुर महानगरपालिकाको वडा नं १९ मा यही जेठ २८ गतेसम्मका लागि निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न…

June 5, 2017  
पुनःमतदान गराउने निर्णय बदर गर्न अदालतमा निवेदन

सर्वोच्च अदालतमा चितवनको भरतपुर महानगरपालिका-१९ मा निर्वाचन आयोगको पुनःमतदान गराउने निर्णय बदर गर्न माग गर्दै जेठ २१ गते रिट निवेदन दिइएको राससले जनाएको छ । आयोग, भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृतलगायतलाई विपक्षी बनाई सो महानगरपालिका १९ नं वडा खुला सदस्यका उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुल्सीराम…

June 4, 2017  
छुवाछूतको व्यवहारिक रूपमै अन्त्य गर्न अपिल

दलित नागरिक समाजले नेपालमा विद्यमान जातीय भेदभाव तथा छुवाछूतको व्यवहारिक अवस्था अन्त्य गर्न अपिल गरेको राससले जनाएको छ । “छुवाछूतको व्यवहारिक अवस्था अन्त्य गर्दै नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसमक्ष गरेको प्रतिबद्धता, संविधान र कानुनअनुसार दलित समुदायको मानवअधिकार, समानुपातिक सहभागिता, समावेशीकरण, आत्मसम्मान र सामाजिक न्यायको सुनिश्चितताका लागि नेपाल सरकारलाई जवाफदेही र उत्तरदायी…

June 4, 2017  
भरतपुर महानगर वडा नं- १९ मा पुनः मतदानः आयोग

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं- १९ मा पुनः मतदान गराउने निर्णय गरेको राससले जनाएको छ । जेठ २० गते बसेको आयोगको बैठकले सो वडाको सम्पूर्ण मत अवैध घोषित गरी पुनः मतदान गराउने निर्णय गरेको हो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले नयाँ निर्वाचनको मिति तोकेर मतदान गर्ने व्यवस्था गराउन मुख्य…

June 3, 2017  
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सर्लाहीमा नागरिक अभियान समिति गठन

दोश्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने अभियानमा सहयोग पुर्‍याउने गरी अनुगमन र पर्यवेक्षण गर्ने उद्देश्यले इन्सेक सर्लाहीका प्रतिनिधि सन्तोषकुमार सिंहको संयोजकतत्वमा १० सदस्यीय नागरिक अभियान समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा नेपाल मानव अधिकार सङ्गठन सर्लाहीका सभापति रजनिकान्त झा, नेपाल राष्ट्रिय दलित उत्थान…

June 3, 2017  
मतगणना अबिलम्ब सुचारु गर्न नागरिक समाजका अगुवाको अपील

गत जेठ १४ गते भरतपुर महानगरपालिकाको मतगणनाकै क्रममा मतगणना प्रतिनिधिले नै मतपत्र च्यातेपछि स्थगित मतगणनालाई अबिलम्ब सुचारु गर्न जबाफदेहीता निगरानी समितिका सदस्यहरूले आग्रह गरेका छन् । 'दोस्रो चरणको निर्वाचनको प्रक्रिया सुरु भइसकेको परिस्थितिमा भरतपुर महानगरपालिकाको घटनाले पार्न सक्ने गलत प्रभावलाई मध्यनजर गर्दै क्षति पुर्‍याइएका मतपत्र एकीन गरी मतगणना जारी राख्नु…

June 1, 2017  
ललितपुर महानगरपालिकाका एमालेका उम्मेदवारद्वारा मुद्दा दायर

पाटन उच्च अदालतमा स्थानीय तहको निर्वाचनमा आफूलाई बद्नियतपूर्वक हराइएको उल्लेख गर्दै ललितपुर महानगरपालिकामा एमालेबाट प्रमुखको उम्मेदवार बनेका हरिकृष्ण ब्यञ्जनकारद्वारा मुद्दा दर्ता गराइएको राससले जनाएको छ । दायर मुद्दामा मतगणनाकै समयमा दिइएको पटकपटक निवेदनको सुनुवाइ नभएको, गणनाकार्यमा संलग्न कर्मचारीले धाँधली गरी कम्प्युटर इन्ट्रीको समयमा मत हेरफेर गरेका विषयमा रुजुसम्म गर्न नदिएको…

June 1, 2017  
विभिन्न जिल्लामा स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन

दोस्रो चरणमा हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउने अभियान अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा पश्चिमाञ्चलका विभिन्न जिल्लाहरूमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन गरिएको इन्सेक क्षेत्रीय कार्यालय पोखराले जनाएको छ । गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार गुल्मीमा सुशासन अभियानका जिल्ला अध्यक्ष श्यामकुमार पाण्डेयको संयोजकत्वमा…

June 1, 2017