संवैधानिक कार्यादेशलाई सम्मान गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सप्तरीको राजविराजमा जेठ २८ गते निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको सहभागितामा हुन लागेको कार्यक्रम बिथोल्ने गरी भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । 'आफ्ना विचारहरू राख्ने शान्तिपूर्ण बाटो हुँदाहुँदै एक स्वतन्त्र संवैधानिक निकायका प्रमुखलाई कालो झण्डा देखाउने तथा निर्धारित कार्यक्रम बिथोल्ने जस्ता कार्यबाट पारस्परिक…

June 12, 2017  
विश्व बालश्रम दिवसको अवसरमा प्रभातफेरि

१६ औँ विश्व बालश्रम दिवसको अवसरमा जेठ २९ गते काठमाडौँमा प्रभातफेरिको आयोजना गरिएको राससले जनाएको छ । श्रम विभागको नेतृत्वमा आयोजित सो प्रभातफेरि तीनकुनेबाट सुरू भएर नयाँ बानेश्वार, थापागाउँ हुँदै माइतीघर मण्डलामा पुगी कोणसभामा परिणत भएको थियो । ‘द्वन्द्व र विपद्मा बालबालिकालाई बालश्रमबाट मुक्त गरौँ’ भन्ने मूल नाराका साथ विश्वभरि…

June 12, 2017  
विभिन्न जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

विभिन्न जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएका खबर इन्सेक जिल्ला प्रतिनिधिहरूले पठाएका छन् । सङ्खुवासभा जिल्ला प्रतिनिधि बाबुराम बास्तोलाका अनुसार जेठ २९ गते खाँदबारीमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले इन्सेकले प्रकाशित गर्दै आएको नेपाल मानव अधिकार…

June 12, 2017  
राजपा नेतृत्वको सङ्घीय गठबन्धद्वारा आमहड्तालसहित आन्दोलनको कार्यक्रम सार्वजनिक

राष्ट्रिय जनता पार्टी नेपाल नेतृत्वको सङ्घीय गठबन्धनले आमहड्ताल सहितको तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सङ्घीय गठबन्धनले जेठ २८ गते काठमाडौँमा पत्रकार सम्मेलनमार्फत जारी गरेको विज्ञप्तिमा स्थानीय तह दोस्रो चरणको निर्वाचन बिथोल्ने गरी अनिश्चितकालीन आमहड्तालसहित मसाल जुलुस, लाठी जुलुस लगायतका आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो । घोषित कार्यक्रम…

June 11, 2017  
आचारसंहिता विपरीत कुनै क्रियाकलाप नगर्न आयोगको निर्देशन

दोस्रो चरणको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता विपरीत हुने कुनैपनि क्रियाकलाप नगर्न निर्देशन दिएको छ । निर्वाचन आयुक्त सुधीरकुमार शाहको अध्यक्षतामा जेठ २७ गते बसेको निर्वाचन आचारसंहिता समितिको बैठकले निर्वाचन चिन्ह अङ्कित टिसर्ट, टोपी, झोलालगायतका जिन्सी समान मतदातालाई वितरण नगर्नरनगराउन निर्देशन दिने निर्णय…

June 10, 2017  
इएलपी कार्यक्रमको वार्षिक समीक्षा बैठक सम्पन्न 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय काठमाडौँ अन्तर्गतका ६ जिल्लामा सञ्चालित स्थानीय समुदयालाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल (इएलपी) कार्यक्रमको वार्षिक समीक्षा बैठक जेठ २६ गते काठमाडौँमा सम्पन्न भएको छ । बैठकमा इन्सेक केन्द्रीय कार्यालयका अर्थ तथा व्यवस्थापन प्रमुख प्रेम पराजुलीले इन्सेकको नीति नियम तथा आर्थिक व्यस्थापनसम्बन्धी…

June 9, 2017  
राजपालगायतका दलहरूको माग सम्बोधनको विश्वसनीय प्रक्रियाको थालनी गर्न माग

दोस्रो चरणको स्थानीय निर्वाचन हेतु उम्मेदवारी मनोनयन सहज बनाउन संसद्द्वारा ०७४ जेठ २५ गतेको सर्वसम्मत निर्णयको स्वागत गर्दै स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले राजपा लगायतका दलको माग सम्बोधनको विश्वसनीय थालनी गर्न माग गरेको छ । 'कानुनबमोजिम अब दल दर्ता गर्ने र दलगत निर्वाचन चिन्ह प्राप्त गर्ने बाटो खुलेको छ ।…

June 9, 2017  
एक वर्षदेखि घरमै बाँधेर राखेको अवस्थामा वृद्धाको उद्धार

मानसिक सन्तुलन गुमाएपछि एक वर्षदेखि घरमै बाँधेर राखिएकी टोखा नगरपालिका वडा नं ७ की करिब ६५ वर्षीया कान्छी तामाङलाई उद्धार गरिएको राससले जनाएको छ । प्राप्त सूचनाका आधारमा महिला बालबालिका कार्यालयलगायतका सङ्घसंस्था मानव अधिकारकर्मी, सामाजिक अभियन्तासहितको टोलीले जेठ २५ गते उद्धार गरी मानव सेवा आश्रमलाई जिम्मा लगाएको हो । “मानसिक…

June 8, 2017  
स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक पारित

व्यवस्थापिका-संसद्को जेठ २५ गतेको बैठकले “स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, २०७४” बहुमतले पारित गरेको राससले जनाएको छ । बैठकमा गृहमन्त्री जनार्दन शर्माले “स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, २०७४ माथि दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले स्थानीय…

June 8, 2017  
पानी पनि नखाइ आमरण अनसन बस्ने द्वन्द्वपीडित गङ्गामायाको अडान

छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनसनरत गोरखा फुजेलकी गङ्गामाया अधिकारीले न्यायका लागि जेठ २४ गतेदेखि पानीसमेत नखाइ आमरण बस्ने अडान दोहोर्‍याएकी छन् । उनका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको १३ औँ स्मृति दिवसका सन्दर्भमा जेठ २४ गते वीर अस्पताल अगाडि आयोजित कार्यक्रममा उनले यस्तो अडान दाहोर्‍याएकी हुन् । यस अघि…

June 7, 2017