कञ्चनपुर घटनाको विरोधमा भारतीय नम्बर प्लेटका गाडीमा आगजनी, ठाउँठाउँमा विरोध

पुर्नवास नपा-८ आनन्दबजार नजिकै रहेको नेपाल भारत सिमा क्षेत्रमा फागुन २६ गते भारतीय सिमा सुरक्षा वलका सुरक्षाकर्मीहरूले चलाएको गोली लागेर पुर्नवास नपा-५ का २५ वर्षीय गोविन्द गौतमको मृत्यु भएको घटनाको विरोधमा फागुन २७ गते देशका विभिन्न भागमा विरोध प्रदर्शन गरिएको छ । इन्सेक कैलाली जिल्ला प्रतिनिधि रविना चौधरीका अनुसार कञ्चनपुर…

March 10, 2017  
मधेसी मोर्चाद्वारा संसद बैठक बहिष्कार

मधेसी मोर्चामा आवद्ध सांसदहरूले व्यवस्थापिका संसदको फागुन २७ गतेको बैठक बहिष्कार गरेका छन् । संसद बैठक सुरू हुनासाथ सङ्घीय समाजवादी फोरम नेपालका सांसद अशोक राईले सप्तरी घटनामा सरकारले अनावश्यक बल प्रयोग गरी नागरिकको हत्या गरेको भन्दै दोषीलाई कारबाहीको माग गरे । सांसद राईले आफ्नो कुरा राखे लगत्तै मोर्चामा आवद्ध सांसदहरूले…

March 10, 2017  
गाविस र नगरपालिकाको संरचना विघटन, स्थानीय तहको सङ्ख्या ७ सय ४४ कायम

सरकारले विद्यमान गाँउ विकास समिति र नगरपालिकाको संरचना फागुन २७ गतेबाट लागु हुने गरी विघटन भएको जनाउँदै स्थानीय तहको सङ्ख्या निर्धारण गरेको छ । स्थानीय विकास मन्त्रालयमा फागुन २७ गते आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले २०४७ सालको संविधानपछि अस्तिवमा रहेका सबै गाविस र नगरपालिकाको संरचना…

March 10, 2017  
आयोगको स्वतन्त्र अनुगमन कार्यमा अवरोध नपुर्‍याउन आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले तराई मधेसमा आन्दोलनकारीले अवरोध पुर्‍याएकोमा आपत्ति प्रकट गर्दै आन्दोलनकारीबाट भएको अवरोधको भत्सर्ना गरेको छ । तराई मधेसमा भएका आन्दोलनको अनुगमनका क्रममा २०७२ मङ्सिर १७ गते सर्लाहीमा बा.७ च. ७४७६ को गाडीमा आगजनी गरिएको, २०७३ फागुन २४ र २६ गते आयोगको अनुगमन टोलीले प्रयोग गरिरहेका क्रमशः बा.७…

March 9, 2017  
सप्तरी घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई १० लाख रुपियाँ दिने मन्त्रिपरिषद्को निर्णय

सरकारले सप्तरी घटनाका ज्यान गुमाएका व्यक्तिका परिवारलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को फागुन २५ गते बसेको बैठकले सप्तरी घटनामा ज्यान गुमाएका परिवारजनप्रति समवेदना प्रकट गर्दै क्षतिपूर्ति स्वरुप उक्त रकम दिने निर्णय गरेको हो । बैठकले घटनामा घाइते भएकाहरूलाई निशुल्क उपचारको व्यवस्था गर्ने निर्णय समेत गरेको…

March 8, 2017  
विवाह गरेको दुई साता नबित्दै कथित बोक्सीको आरोपमा घर निकाला

गोकर्णेश्वर नगरपालिका-१६ आरुबारीकी उपमा भण्डारीलाई विवाहको दुई साता नबित्दै कथित बेक्सीको अरोपमा घरबाट निकालिदिएपछि प्रहरीको शरणमा पुगेको राससले जनाएको छ । फागुन १२ गते वैवाहिक बन्धनमा बाँधिएकी भण्डारीलाई परिवारले बोक्सीको आरोपमा परिवारले दाइजो कम ल्याएको निहुँमा कथित बोक्सीको आरोप लगाई घर निकाला गरेको आरोप छ । भण्डारी सोही नगरपालिकाको वडा…

March 8, 2017  
मधेसी मोर्चाको बन्दले जनजीवन प्रभावित

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दको दोस्रो दिन फागुन २५ गते मध्यपश्चिमाञ्चल क्षेत्रका बाँके, बर्दिया र दाङ जिल्लाको जनजीवन प्रभावित भएको इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयले जनाएको छ । इन्सेक बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीका अनुसार बन्दका कारण गुलरिया बजार पूर्ण रूपमा बन्द रह्यो । जिल्लाबाट सञ्चालन हुने लामो…

March 8, 2017  
विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै

१ सय ७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपालमा यो वर्ष "महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार" भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घका विभिन्न महासन्धिहरूको पक्षराष्ट्र भएको नेपालमा महिलाहरूको अवस्था भने सन्तोषजनक मान्न सकिने अवस्था नरहेको इन्सेकले जनाएको छ । इन्सेकले फागुन…

March 8, 2017  
सप्तरी घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण

राष्ट्रिय मानव अधिकार आयोगले नेकपा (एमाले)द्वारा राजविराजमा सोमबार आयोजित कार्यक्रममा अवरोध गर्न पुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीचको झडपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगकी सदस्य एवम् प्रवक्ता मोहना अन्सारीद्वारा फागुन २४ गते हस्ताक्षरित विज्ञप्तिमा झडपमा प्रहरीको गोली लागेर चार जनाको ज्यान गएको र दर्जनौँ व्यक्ति घाइते…

March 7, 2017  
मोर्चाका कार्यकर्ताद्वारा बन्द, प्रदर्शन र तोडफोड, एमाले समर्थकहरूलाई सामाजिक बहिष्कारको आह्वान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीको फागुन २४ गते बसेको बैठकले नेकपा (एमाले) का समर्थकहरूलाई सप्तरी जिल्लामा सामाजिक बहिष्कार गर्न आह्वान गरेको छ । इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार जिल्लाका सम्पूर्ण पक्षलाई सङ्घर्षमा सहयोग गर्न आह्वान गर्दै मोर्चाले अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको छ । मोर्चाका संयोजक दिनेशकुमार यादवको…

March 7, 2017