महिला आयोग पदाधिकारीविहीन, मुद्दा ओझेलमा

महिलाको हकहित र समान प्रतिनिधित्व सुनिश्चित गर्ने काम गर्दै आएको राष्ट्रिय महिला आयोग एकवर्षदेखि पदाधिकारीविहीन बनेको छ । नेपालको संविधान (२०७२) जारी भएसँगै संवैधानिक निकायको हैसियत पाएको यो आयोग एक वर्षअघिदेखि पदाधिकारीविहीन छ । कानुनअनुसार महिला आयोगमा अध्यक्षसहित पाँचजना पदाधिकारी रहने व्यवस्था छ । गत वर्षको असोज २८ गतेसम्म भगवती…

October 11, 2018  
वास्तविक दोषी पत्ता लगाएर कारवाही गरः आयोग   

राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक दोषी पत्ता लगाई कानूनबमोजिम कारवाही गरी पीडितलाई न्याय दिन सरकारलाई आठ बुँदे निर्देशनपत्र पठाएको आयोगले जनाएको छ । आयोगले असोज २१ गते जारी गरेको प्रेस विज्ञप्तिमा गत साउन १० गते कञ्चनपुर जिल्लाको उल्टाखाममा १३ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्यामा संलग्न वास्तविक…

October 8, 2018  
निर्मला पन्त हत्याकाण्डसम्बन्धी प्रतिवेदन सार्वजनिक

सरकारले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्बन्धमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छ । गृह मन्त्रालयले असोज २१ गते साँझ सो प्रतिवेदन सार्वजनिक गरेको हो । गृहमन्त्री रामबहादुर थापाले मन्त्रिस्तरीय निर्णय गरी गत भदौ ७ गते पाँच सदस्यीय छानबिन समिति गठन गरेका थिए ।…

October 7, 2018  
बलात्कार मुद्दामा चिकित्सकको राय बाझियो

 १२ वर्षीया बालिका बलात्कार घटनामा चिकित्सकको प्रतिवेदन नै दुईथरी आउँदा मुद्दा नै प्रभावित भएको अन्नपूर्ण पोष्टले जनाएको छ । बालिकाको शारीरिक जाँच गर्दा एउटा चिकित्सकले बलात्कार भएको तर अर्काले नभएको प्रतिवेदन दिएका छन् पीडितको शारीरिक अवस्थासँगै उचाईमासमेत चिकित्सकले फरक फरक राय दिएपछि अनुसन्धानसमेत प्रभावित भएको छ । धनुषाकी एक बालिकामाथि…

October 3, 2018  
'मृत्युदण्डको प्रावधान राख्न पहल गर्ने' गृहमन्त्रीको भनाइप्रति निगरानी समितिको आपत्ति

सङ्घिय सरकारका गृहमन्त्री रामबहादुर थापाले महिला नेतृहरुसंगको असोज १२ गतेको भेटमा कानुन संशोधन गरेर भएपनि नेपालमा मृत्युदण्डको प्रवधान राख्न पहल गर्ने प्रतिबद्धता जाहेर गरेको भनाईको समाचारप्रति जबाफदेहीता निगरानी समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 'मृत्युदण्डको वकालत गर्नु भनेको हिंसामा विश्वास राख्नु हो । कुनैपनि वहानामा हिंसाको वकालतलाई मानव अधिकारका…

September 30, 2018  
एसिड प्रहारका कारण घाइते भएकी सम्झनाको उपचारका क्रममा मृत्यु

कीर्तिपुर अस्पतालको आइसीयू कक्षको बेड नम्बर पाँचमा उपचाररत एसिड पीडित १७ वर्षीया सम्झना दासको मृत्यु भएको छ । भदौ २६ गते राति सुतिरहेको अवस्थामा एसिड आक्रमणमा घाइते भई उपचाररत दासको असोज ७ गते राति ११ बजेर ४० मिनेटमा निधन भएको अस्पताल प्रशासनले जनाएको छ । रौतहटकी किशोरी सम्झना दासको मृत्यु…

September 24, 2018  
नन्दप्रसादको चौथो स्मृति दिवसमा अभियन्ताद्वारा न्यायको माग

सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले छोरा कृष्णप्रसाद अधिकारीको गोली हानी हत्या गरेको घटनाका दोषीलाई कारबाहीको माग गर्दै न्यायको लडाइँ लडिरहेकी गोरखा फुजेलकी गङ्गामाया अधिकारीलाई न्याय दिन अभियन्ताले सरकार र न्यायालयसँग माग गरेका छन् । छोराको हत्या घटनाका दोषीलाई कारबाहीको माग गर्दै आमरण अनसनरत अवस्थामा ०७१ असोज ६ गते…

September 22, 2018  
मौलिक हक कार्यान्वयन गर्न १६ ओटा कानुन लागू

सङ्घीय संसदको भदौ ३१ गतेको बैठकबाट पारित भएका मौलिक हकसम्बन्धी १६ ओटा कानुन राष्ट्रपति विद्यादेवी भण्डारीले असोज २ गते प्रमाणीकरण गरेकी छन् । संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएका कानुन लागु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रमाणित कानुनमा सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५, सुरक्षित मातृत्व…

September 20, 2018  
नागरिक सङ्गठन र सुशासनका सवालमा अन्तरक्रिया 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित ‘नागरिक सङ्गठन र सुशासनका सवाल’ विषयक अन्तरक्रिया कार्यक्रम असोज २ गते काठमाडौँमा सम्पन्न गरिएको छ ।   कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले आफ्नो स्थापनाकालदेखि नै संस्था भित्र सुशासनका सवालहरू उठाउँदै आएको छ र अहिले पनि मानव अधिकारमैत्री कानुन निर्माणको लागि सबै…

September 19, 2018  
राज्यको क्षमता अनुसारका कानुन बनाउनुपर्नेमा जोड

मौलिक हकको कार्यान्वयनका नाममा राज्यको क्षमताभन्दा माथिका कुरा गरे सो कुरा लागु नहुनेमा काठमाडौँमा आयोजित एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सर्वोच्च अदालत बार एशोसिएशनको संयुक्त आयोजनामा भदौ २९ गते काठमाडौँमा आयोजित नेपालको संविधानद्वारा प्रदत्त मौलिक हक कार्यान्वयन अनुरूप निर्माण गर्नुपर्ने कानुनहरूको अवस्था…

September 14, 2018