देशभरका १० स्थानबाट कोरोना भाइरसको नमूना परीक्षण सुरु (स्थानसहित)

सरकारकाले देशभरका विभिन्न १० स्थानबाट कोरोना भाइरस (कोभिड—१९) को नमूना परीक्षण सुरु गरेको छ । अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ६ सय ९७ जनाको नमूना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा १२ सहित १ सय ७ जना…

April 6, 2020  
लकडाउनको अवधि आगामी वैशाख ३ गतेसम्म थप

सरकारले लकडाउनको अवधि आठ दिन थप गरेर ०७७ वैशाख ३ गतेसम्मलाई पुर्‍याएको छ । चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड-१९)को दोस्रो सङ्क्रमित भेटिएपछि सरकारले चैत ११ गतेबाट चैत १८ गतेसम्मका लागि पहिलो पटक लकडाउन घोषणा गरेको थियो ।…

April 6, 2020  
बालबालिकालाई मनोरोग लाग्नबाट कसरी बचाउने ?

“बालबालिकाको मनस्थितिमा हुनसक्ने कोरोना भाइरसको त्रास र घरमै लामो समय बिताउँदाको हैरानीमा कसरी सम्झाउन सकिन्छ ?” किशोर किशोरीलाई कुन उत्तम उपायबाट समयको उपयोग गराउन सकिन्छ ?” कोरोना भाइरसको सम्भावित जोखिमका कारण जारी लकडाउनका बेला घरमा बसेर बालबालिकालाई कसरी सकारात्मक र रचनात्मकरुपमा व्यस्त बनाउने भन्ने आम चासोको विषय बनेको छ ।…

April 5, 2020  
आवागमनमा थप कडाइ गर्ने सरकारको निर्णय

सरकारले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको छ । चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्ने सन्दर्भमा यो नै उत्तम उपाय हुन्छ भन्ने निर्णय भएको सरकारका प्रवक्ता…

April 5, 2020  
नेपाल–भारत सीमामा अलपत्र नेपालीको उचित व्यवस्थापन गर्न इन्सेकद्वारा माग

नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण आफ्नो मातृभूमि फर्कन चाहने तर नेपाल–भारत सीमामा अलपत्र परेका नेपाली नागरिकहरूको उचित व्यवस्थापन गर्न इन्सेकले सरकारसँग माग गरेको छ । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा चैत २२ गते जारी विज्ञप्तिमा यसरी अलपत्र परेका नागरिकको शीघ्र तथा उचित व्यवस्थापन गर्न माग गरिएको हो । दार्चुला…

April 4, 2020  
कोरोना भाइरस (कोभिड-१९)विरुद्धको लडाइँमा सरकारलाई साथ दिन राष्ट्रपतिको अपिल

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको लडाइँमा सरकारलाई साथ दिन सबैलाई अपिल गर्नु भएको छ । चैत २१ गते भिडियो सन्देशमार्फत उहाँले कोरोना भाइरसका कारण सिङ्गो धर्ती युद्ध मैदान जस्तै भएको भन्दै यो लडाइँमा मानवजाति विजयी हुने विश्वास पनि व्यक्त गर्नु भयो । राष्ट्रपति भण्डारीले भन्नुभयो-‘कुनै भावनामा नबगी कोरोना भाइरसको…

April 3, 2020  
आप्रवासी र जोखिममा परेकाकाे संरक्षण गर्न एमनेष्टीको माग

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमबाट बच्न लगाइएको लकडाउनका बेला विदेशी सिमानाका बन्दका कारण आप्रवासी र समस्यामा परेकोको संरक्षण गर्न एमनेष्टी इन्टरनेशनल नेपालले सरकारसँग माग गरेको छ । एम्नेष्टीले चैत २१ गते जारी गरेको प्रेस विज्ञप्तिमा आप्रवासी श्रमिकहरू आफूले काम गरिरहेको मुलुकमा अपलत्र परिरहेका र नेपालमा गरिबीको अवस्थामा रहेका जनताले…

April 3, 2020  
कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० लाख प्रदान गर्ने निर्णय

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १० लाख ४ हजार ६ सय ५४ रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ । ‘विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित…

April 2, 2020  
निजी अस्पताललाई कोरोना सङ्क्रमितको उपचार गर्ने व्यवस्था मिलाउन सर्वोच्च अदालतको आदेश

कोभिड–१९ का बिरामीलगायतलाई निजी अस्पतालले उपचार गर्न नमान्ने गरेपछि परेको रिट उपर सुनुवाई गर्दै सर्वोच्च अदालतले निजी अस्पताललाई कोरोना सङ्क्रमितको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डाक्टर मनोजकुमार शर्माको एकल इजलासले चैत १८ गते निजी अस्पताललाई कोरोना सङ्क्रमणको उपचार गर्ने व्यवस्था मिलाउन सरकारको नाममा अन्तरिम…

April 1, 2020  
अतिविपन्नलाई खाद्य व्यवस्था गर्न सर्वोच्चको आदेश 

अतिविपन्न दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने नागरिकको पहिचान गरी राज्यको संयन्त्रबाटै राहत उपलब्ध गराउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले चैत १७ गते विश्वभर नै कोभिड–१९ को प्रकोप फैलिएर नेपालमा पनि सरकारले लकडाउन गरेको विषम परिस्थितिमा त्यस्ता नागरिकहरूलाई राहत उपलब्ध…

March 31, 2020