१६ दिनमा यौनजन्य हिंसाबाट ४३ जनासहित ५८ जना लैङ्गिक हिंसामाः इन्सेक

लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सञ्चालित भइरहेका बेला यौनजन्य हिंसाबाट ४३ जनासहित ५८ जना लैङ्गिक हिंसामा परेका छन् । इन्सेकले मङ्सिर ९ गतेदेखि २४ गतेसम्म इन्सेक अनलाइनमा प्रकाशित समाचारका आधारमा तयार पारेको तथ्याङ्कसहितको अध्ययन प्रतिवेदनमा यस्तो तथ्याङ्क समावेश गरेको हो । जिल्ला प्रतिनिधिहरूबाट प्रेषित भइ आएका समाचारका आधारमा लैङ्गिक हिंसाविरूद्धको…

December 11, 2019  
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

२४ वर्षीया दृष्टिविहीन युवतीलाई बलात्कार गरेको आरोपमा गिरफ्तार भएका किस्पाङ गाउँपालिका–३ साल्मेका ३७ वर्षीय हरिबहादुर तामाङलाई जिल्ला अदालतले दोषी ठहर गर्दै १० वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासले तामाङको कसुर कायम गरी मङ्सिर २५ गते १० वर्ष कैद सजाय र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला…

December 11, 2019  
बेचबिखन प्रयास गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

२३ वर्षीया युवतीलाई ललाइफकाई विक्रीको लागि भारतमा लैजाँदै गरेको अवस्थामा गिरफ्तार भएका चार जनालाई जिल्ला अदालतले दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको छ । न्यायाधीश उमेशप्रसाद लुईटेलको इजलासले मङ्सिर २४ गते दुप्चेश्वर गाउँपालिका–१ का १८ वर्षीय कुमार तामाङ, २८ वर्षीय राजु तामाङ, १८ वर्षीय अर्जुन तामाङ र झापा गौरीगञ्ज…

December 11, 2019  
अधिकारकर्मी हतियारले नभइ विचारले लड्ने साहास राख्छन्ः अध्यक्ष शर्मा

अधिकारकर्मी हतियारले नभइ विचारले लड्ने साहास राख्ने भएकाले अधिकारकर्मीको बल निकै ठूलो हुने राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले बताउनुभएको छ । ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०१९ तथा ११ औँ मानव अधिकार राष्ट्रिय महाभेला अन्तर्गतको तेस्रो दिन मङसिर २४ गते प्रभातफेरीपछि आयोजित सभामा उहाँले सो कुरा बताउनुभएको…

December 11, 2019  
मानव अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: गृहमन्त्री थापा

मानव अधिकारको संरक्षण, सम्बर्द्धन र नागरिकको स्वतन्त्रताको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाले बताउनु भएको छ । ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मङ्सिर २४ गते राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री थापाले देशमा शान्तिसुरक्षा र अमनचयन कायम गर्नका लागि प्रतिबद्धता व्यक्त गर्दै…

December 11, 2019  
फोटो खिच्ने क्रममा प्रहरीले कुटपिट गरेको पीडित पत्रकारको आरोप

बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका १२ अमलाचौर स्थायी घर भइ काठमाडौँमा नागरिक दैनिकमा कार्यरत २९ वर्षीय पत्रकार सुमन चापागाईलाई प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप छ । मङसिर २४ गते दशरथ रङ्गशालामा पत्रकार सुमन चापागाईमाथि कुटपिट भएको पीडित पक्षको आरोप छ । प्रहरीको कुटाइबाट पीडितको कान र घाँटीमा चोट लागेको छ…

December 11, 2019  
सङ्घीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेलाई आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि आह्वान गर्नुभएको छ । मङसिर २४ गते राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी सङ्घीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस ४ गते दिउँसो ४ बजेका लागि आह्वान गरिएको जानकारी दिएको हो । संविधानको धारा ९३ बमोजिम उक्त दिनका लागि…

December 11, 2019  
विविध कार्यक्रमको आयोजना गरी प्रदेश ५ का जिल्लाहरूमा मानव अधिकार दिवस मनाइयो

प्रदेश ५ का विभिन्न जिल्लामा विविध कार्यक्रम गर्दै मङ्सिर २४ गते ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको जिल्ला प्रतिनिधिहरूले जनाउनुभएको छ । बाँके जिल्ला प्रतिनिधि स्मृति देवकोटाका अनुसार नागरिकले मानव अधिकारको अनुभुति गर्न सक्नु पर्नेमा जोड दिइएको छ । मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग र मानव…

December 11, 2019  
यौन दुर्व्यवहार गरेको आरोपमा ३ वर्ष ६ महिना कैदको फैसला

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका–९ का ८० वर्षीय ज्येष्ठ नागरिकलाई जिल्ला अदालतले दोषी ठहर गरेको छ । नाताले नातीनी पर्ने बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको आरोपमा मङ्सिर ५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दर्ता भएको थियो । आरोपितलाई ३ वर्ष ६ महिना कैद सजाय तोकिएको जिल्ला…

December 11, 2019  
बलात्कार गरेको र जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई काममा लगाइदिने भन्दै बलात्कार गरेको र जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा खैरहनी नपा–९ बैरेनीमा शर्मिला होटल सञ्चालक ३९ वर्षीया शर्मिला पाठक र ४३ वर्षीया राजु पाठकविरूद्ध प्रहरीमा मङ्सिर २४ गते उजुरी परेको छ । पीडित बालिकालाई आरोपितद्वयको होटलमा मङ्सिर १९ गतेदेखि काम सुरू गरेकी बालिकालाई मङ्सिर २०…

December 11, 2019