कालो वर्ण भएको भन्दै विवाह स्थगित

छिन्नमस्ता गाउँपालिका–५ लोखरमकी मालतीकुमारी सदासँग बोदे बर्साइन नपा–५ सिलहटका श्रवण सदाबीच फागुन २९ गते भइरहेको विवाह बेहुली कालो वर्ण भएको भन्दै स्थगित भएको छ । स्वयम्बर भएपछि श्रवणले एक्कासी केटी मन नपरेकोले विवाह नगर्ने भन्दै मण्डपबाट भागेपछि विवाह स्थगित भएको स्थानीय जयप्रकाश ठकुरले बताउनु भयो । दुबै पक्षका अभिभावकले एक…

March 17, 2020  
आरोपितमाथि कारवाही नभएको गुनासो

तिलाठी कोइलाडी गाउँपालिका–८ की ३४ वर्षीया प्रमीलादेबी मण्डललाई उनका देवर ३२ वर्षीय रामकुमार मण्डल र निजकी पत्नी ३० वर्षीया सोनीतादेबी मण्डलले निर्घात कुटपिट गरेको भन्दै दिएको उजुरीमाथि प्रहरीले कारवाही नगरेको पीडित पक्षले आरोप लगाएका छन् । घटनाको १५ दिन बिते पनि जिल्ला प्रहरी कार्यालयले उजुरी लिन अस्विकार गरेको र कुनै…

March 16, 2020  
जेष्ठ नागरिकको हत्या प्रयासका आरोपित गिरफ्तार

राजविराज नपा–८ का ६७ वर्षीय सत्यनारायण साहलाई घाँटी काटेर हत्या प्रयास गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २० वर्षीय मुकेश मण्डललाई चैत १ गते गिरफ्तार गरेको छ । घरमा सुतिरहेका बेला साउन २९ गते राति ११ः३० बजे घरभित्र प्रवेश गरेका आरोपितले भुईमा लडाई धारिलो हतियारले घाँटी काटेको पीडितले बताउनु भयो…

March 16, 2020  
उम्मेदवारहरूले खर्च विवरण बुझाएनन्

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनका उम्मेदवारले साढे तीन महिना बिते पनि खर्च विवरण बुझाएका छैनन् । निर्वाचन आयोग नियमावली २०७३ को दफा १४ बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र अनुसूची ५ को ढाँचामा खर्चको विवरण पेश गर्नु पर्ने हुन्छ । जिल्ला निर्वाचन कार्यालय…

March 16, 2020  
प्रदेश २ को सदनबाट प्रदेश जनलोकपाल ऐन २०७६ पारित

प्रदेश नं. २ को प्रदेश सभाले प्रदेशमा सुशासन कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको प्रदेश जनलोकपाल विधेयक २०७६ सर्वसम्मतिले चैत १ गते पारित गरेको छ । प्रदेशमा भ्रष्टाचार, ढिलासुस्ती जस्ता अनियमिततालाई रोक्न प्रदेश सरकारले ल्याएको प्रदेश जनलोकपाल विधेयक २०७६ लाई प्रदेश सभाले सर्वसम्मत रुपमा पारित गरेको प्रदेश सभा सचिवालका सचिव…

March 16, 2020  
वडा अध्यक्षलाई कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

जनकनन्दिनी गाउँपालिका–१ का वडा अध्यक्ष ३८ वर्षीय धर्मेन्द्र गोइतलाई कुटपिट गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय अरविन्द यादवलाई ईलाका प्रहरी कार्यालय खजुरीले चैत १ गते गिरफ्तार गरेको छ । फागुन १६ गते वडा कार्यालयमा नागरिकता सिफारिस गराउन गएका वेल वडा अध्यक्ष गोइतले समयमै काम नगरेको भन्दै अपशब्द प्रयोग गर्दा दुबै…

March 16, 2020  
अज्ञात पक्षद्वारा मोटरसाइकलमा आगजनी

जनकपुरधाम उमनपा–७ स्थित कुम्हारकुटीमा चैत १ गते राति अज्ञात पक्षले नेपाली कांग्रेसका कार्यकता रहेका पेठिया बजारमा किराना पसल गरि बस्ने पप्पु साहको मोटरसाइकलमा आगजनि गरेको छ । घर अगाडि रोकि राखेको प्रदेश ०२–०२–००१ प ५२४२ नम्बरको एफजेड मोडेलको मोटरसाइकलमा आगजनी गरिएको घरधनी पप्पु साहले जानकारी दिनु भएको छ । राती १…

March 16, 2020  
औषधी व्यवसायीमाथि आक्रमण, अवस्था गम्भिर

क्षिरेश्वरनाथ नपा–६ नयाँ सखुवाबजारमा औषधी व्यवसायी २२ वर्षीय शशिलाल कर्णलाई अज्ञात समूहले चैत १ गते राती हेलमेटले कुटपिट गरी घाइते बनाएको छ । आफनै औषधी पसलमा बसि रहेको बेला रातो रङ्गको अपाचे मोटरसाइकलमा आएका दुई जना युवाले पसलभित्र प्रवेश गरी हेल्मेटले टाउकोमा आक्रमण गरेको हो । घाइते व्यावसायी कर्णको जनकपुरस्थित…

March 16, 2020  
डोजर लगाएर घर भत्काइएको वस्तीमा मानवअधिकारकर्मीद्वारा अनुगमन

२० वर्षदेखि जनकपुरधाम उमनपा–४ विश्वकर्मा चौक बस्ने चन्द्रा देवीको घरमा चैत १ गते दिउँसो डोजर लगाएर घर भत्काइएको घटनाको मानवअधिकारकर्मीहरूको संयुक्त टोलीले अनुगमन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का मानव अधिकार अधिकृत मनमाया थापा मगर, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) प्रदेश २ का संयोजक राजु…

March 16, 2020  
बलात्कार घटना उजुरी दर्ता नगरेको पीडितको आरोप

२० वर्षीया अविवाहित चार महिनाकी गर्भवती युवतीले आफुलाई न्याय दिलाउन स्थानीय प्रशासनले चासो नलिएको गुनासो गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा फागुन ५ गते दिएको उजुरी चैत ३ गतेसम्म पनि दर्ता नगरेको पीडितको आरोप छ । चार महिनाको गर्भ लिएर माघ महिनादेखि नै जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला…

March 16, 2020