कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

हरिपुर्वा नपा–९ का ३८ वर्षीय व्यापारी रमेश रायलाई फागुन २९ गते साँझ सोही नपा–८ का जनता समाजवादी पार्टीका ३५ वर्षीय कार्यकर्ता राजकुमार यादवले कुटपिट गरेको भन्दै पीडितकी पत्नी रासकलीया देवी रायले चैत २ गते इलाका प्रहरी कार्यालय हरिपुर्वामा उजुरी दिनु भएको छ । विगत पाँच वर्षदेखि व्यापार/व्यवसाय गर्दै आउनु भएका…

March 17, 2021  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई पुस ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कञ्चनरूप नपा–१२ का ३२ वर्षीय दिनेश विश्वकर्मालाई चैत ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा पुस १२ गते उजुरी दिएकी थिइन् । पीडितकी आमाले दिएको उजुरी…

March 17, 2021  
बम विस्फोट घटनाप्रति इन्सेकलगायत सङ्घसंस्थाको ध्यानाकर्षण

सिरहाको लहान नपा–१ स्थित मालपोत कार्यालयमा चैत १ गते गराइएको बम विस्फोट घटनाप्रति इन्सेकलगायत मानवअधिकारका क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरूले चैत ३ गते प्रेस विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बम विस्फोट घटनामा परेर एक कर्मचारी र सात जना सेवाग्राही घाइते भएका थिए । इन्सेक प्रदेश २ का संयोजक राजु पासवान,…

March 17, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनिस्थिति भएकी १८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय महेशपुर पतारले चैत २ गते ५० वर्षीय ससुरालाई गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ २७ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले चैत १ गते इलाका प्रहरी कार्यालय महेशपुर पतारमा उजुरी गरेकी थिइन् । पीडितले घटनाबारे घरमा…

March 16, 2021  
बलात्कार प्रयास घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटनाका आरोपित गोलबजार नपा–२ का २६ वर्षीय बिन्देश्वर सदा विरुद्धको मुद्दा जिल्ला अदालत सिरहाले चैत १ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । न्यायाधीश रोमनाथ अधिकारीको इजलासले सो फैसला गरेको हो । आरोपित घटनापछि हालसम्म फरार रहेकाले मुद्दा मुल्तबीमा राखिएको जनाएको छ । पीडित…

March 16, 2021  
मालपोत कार्यालयमा भएको बम विष्फोटमा परी आठ जना घाइते

लहान नपा–८ स्थित मालपोत कार्यालयमा चैत १ गते दिउँसो प्रेसर कुकर बम विस्फोट हुँदा कार्यालयमा आएका सेवाग्राही र कर्मचारी गरी आठ जना घाइते भएका छन् । घाइते हुनेहरूमा बिष्णुपुर गाउँपालिका–३ का ३८ वर्षीय सोही कार्यालयका कर्मचारी नायव सुब्बा शिवकुमार यादव, सेवाग्राहीहरू भगवानपुर गाउँपालिका–३ का ५४ वर्षीय बद्रीनारायण यादव, धनगढीमाई नपा–४…

March 14, 2021  
हत्या घटनाका आरोपितविरूद्ध उजुरी दर्ता नगरेको पीडित पक्षको आरोप

सुवर्ण गाउँपालिका–७ चौरहिया टोलका ४५ वर्षीय नन्हक महतो नुनियालाई फागुन २४ गते तीन जना मिलेर हत्या गरेको आरोपमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा फागुन २५ गते दिएको उजुरी दर्ता नगरेको पीडित पक्षको आरोप छ । सुवर्ण गाउँपालिका–७ चौरहियाका ३५ वर्षीय सुधिर सिंह, सोही ठाउँका ४५ वर्षीय जगत पासवान र जगत…

March 13, 2021  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लहान नपा–१४ का ३२ वर्षीय राम भनिने रामउदगार महतोविरूद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा फागुन २७ गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले फागुन १७ गते बलात्कार गरेको र गाउँमै घटना ‘मिलापत्र’ गर्न खोज्दा उजुरीको लागि ढिला भएको पीडित पक्षले जनाएको छ…

March 13, 2021  
अपहरण घटनाका आरोपित गिरफ्तार

छिन्नमस्ता गाउँपालिका–१ बरही विरपुरका १७ वर्षीय सञ्जिवकुमार साहलाई अपहरण गरेको आरोपमा सोही ठाउँका ४५ वर्षीय भोलेन्द्रप्रसाद यादवलाई सप्तरी प्रहरीले फागुन २८ गते गिरफ्तार गरेको छ । साहको अपहरणको आरोपमा यादवलाई घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वरप्रसाद साहले बताउनु भयो । छठ पर्व मनाइरहेकै बेला ०६७ कात्तिक २६…

March 13, 2021  
डाक्टरलाई दुर्व्यवहार गरेको घटनाका आरोपितविरुद्ध उजुरी

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत ३६ वर्षीय डाक्टर अजय चौधरीलाई दुर्व्यवहार गरेको आरोपमा निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजीतकुमार झाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा फागुन २७ गते पीडित पक्षले अभद्र व्यवहारको उजुरी दिएको छ । अस्पताल परिसरमा रहेको आवासगृहमा फागुन २६ गते राति ११ बजे अनधिकृत रूपमा प्रवेश गरी आरोपित डाक्टर झा…

March 12, 2021