नेकपाका कार्यकर्ताबिचको विवादका कारण एक घरमा आगजनी
मलङ्गवा नपा–३ विश्वकर्मा चोक निवासी नेकपा (केपी ओली पक्ष)का कार्यकर्ता ४२ वर्षीय रामबचन साहको घरमा नेकपा (प्रचण्ड र माधव पक्ष)का कार्यकर्ता मलङ्गवा नपा–१० का ३४ वर्षीय रामेश्वर राय यादव लगायतले आगजनी गरेको आरोपमा पुस १९ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पीडितले उजुरी दिएको प्रहरीले जनाएको छ । पुस १५ गते…
बालक हत्या घटनाका आरोपित गिरफ्तार
विदेह नपा–२ दुहवी बस्ने जिवन राय अमातका पाँच वर्षीय छोरा अभिनन्दन राय अमातलाई सोही ठाउँकी २६ वर्षीया फुपू प्रमिलादेवी अमातले पुस १५ गते राति घाँटी थिचेर हत्या गरेको आरोपमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पुस १७ गते पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । पुस १५ गते घरबाटै…
शिक्षा, स्वास्थ्य, खाद्य र अधिकारको सवालमा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा प्रदेशस्तरीय सरोकारवालाहरूबिच पुस १६ गते जनकपुरधाममा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का प्रमुख वीरबहादुर बुढा मगरले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सवालमा भएका महासन्धिको…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुखिपुर नपा–३ का २२ वर्षीय ससी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा पुस १५ गते उजुरी दिएको छ । पीडितलाई आरोपितले कात्तिक २९ गते बलात्कार गरेको भन्दै न्यायका लागि उजुरी दिएको पीडितको बुवाले बताउनु भयो । पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा…
बलात्कार गरेको कसुरमा सात वर्ष कैदको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका २० वर्षीय मुन्ना मण्डल भनिने बेदप्रकाश मण्डललाई पुस १५ गते सात वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश इश्वरमणी ओझाको इजलासले मण्डललाई दोषी ठहर गर्दै यस्तो फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनु भयो ।…
पत्रकार दुर्व्यवहार घटनाका आरोपित प्रहरीलाई कारवाहीको माग
नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद एवम् गोरखापत्र दैनिकका सम्वाददाता तथा कल्याण पोष्ट दैनिकका सम्पादक खडक नपा–८ की ३५ वर्षीया माला कर्ण र कल्याण पोष्ट दैनिकका सह–सम्पादक छिन्नमस्ता गाउँपालिका–३ सखडाका ३० वर्षीय ध्रुवकुमार मण्डललाई पुस १४ गते दिउँसो समाचार सङ्कलनका क्रममा प्रहरी हवल्दार ३० वर्षीय रामनारायण साहले दुर्व्यवहार गरेको भन्दै सोही…
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
१६ वर्षीया बालिकालाई पुस ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा कञ्चनरुप नपा–१२ का ३२ वर्षीय दिनेश विश्वकर्माविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपले पुस १४ गते उजुरी दर्ता गरेको छ । पीडित बालिकाकी आमाले पुस १२ गते दिएको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी नरेशकुमार सिंहले बताउनु भयो । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चन्द्रपुर नपा–७ का २२ वर्षीय दिनेश दास तत्माले पुस १३ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाको आमाले पुस १५ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा उजुरी दिएकी छन् । पीडित बालिकाको उपचार चन्द्रनिगाहापुर अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डिएसपी हेमबहादुर शाहीले बताउनुभयो । पीडितकी…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ वार्षिक सम्पादन भेला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि वार्षिक सम्पादन भेला पुस १५ गते सम्पन्न गरिएको छ । प्रदेश २ का आठ ओटै जिल्ला प्रतिनिधिहरूको उपस्थितिमा पुस १३ गते सुरू गरिएको वार्षिक सम्पादन भेला पुस १५ गते सम्पन्न गरिएको हो…
कोभिड–१९ को अवस्थामा शैक्षणिक गतिविधिसम्बन्धी सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न
क्षिरेश्वरनाथ नगरपालिकामा कोभिड–१९ को अवस्थामा शैक्षणिक गतिविधि सम्बन्धी सिकाइ आदानप्रदान कार्यक्रम पुस १२ गते सम्पन्न गरिएको छ । चैत ११ गतेदेखि क्षिरेश्वरनाथ नगरपालिकामा ठप्प भएको औपचारिक शिक्षण सिकाई असोज २५ गते सुरु गरिएको शिक्षा शाखा प्रमुख युवराज काफ्लेले बताउनु भयो । उहाँले कोभिड–१९ को महामारी फैलि रहेको बेलामा विद्यालयमा क्वारेण्टाइन…