सामूहिक बलात्कार घटनाका फरार तीन जना आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई जेठ २८ गते सामूहिक बलात्कार घटनाका फारार आरोपित औरही गाउँपालिका-२ का २० वर्षीय अनिकेत यादव, २१ वर्षीय रमेश पञ्जियार र २० वर्षीय सुरेश यादवलाई प्रहरीले असार ८ गते गिरफ्तार गरेको छ । एसपी राजकुमार लम्सालले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय गौशालामा पीडितले जेठ २८ गते दिएको…

June 23, 2017  
प्रधानाध्यापकलाई दुर्व्यवहार गरेको आरोपमा तीनजना गिरफ्तार

महदेवा गापा-१ पकरीस्थित नरबहादुर थापा मा. वि. सोनराका प्रधानाध्यापक प्रदिपकुमार चौधरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५२ वर्षीय हरिनारायण यादव, ३७ वर्षीया राखी यादव र ३० वर्षीया निशा यादवलाई असार ८ गते गिरफ्तार गरेको छ । प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै मोसो दल्ने र जुत्ताको माला लगाउने प्रयास गरेको…

June 23, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महदेवा गापा-१ पकरीका ३८ वर्षीया रामनारायण यादवलाई असार ७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ २२ गते बलात्कार गरेको आरोप लगाउँदै पीडितले जिल्ला प्रहरी कार्यालयमा जेठ ३१ गते उजुरी दिएकी थिइन् । पीडित महिलाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल…

June 23, 2017  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरको आरोपमा पीडित पक्षले धनगढीमाई नपा-७ का २५ वर्षीय सत्यन मण्डल र सोही ठाउँका २७ वर्षीय विलक्षण मण्डलविरूद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा असार ३ गते उजुरी दिएको छ । पीडित पक्षका अनुसार आरोपितले असार ३ गते सत्यनले बलात्कार गरेको र विलक्षणले बलात्कार गर्न सहयोग पुर्‍याएका थिए…

June 18, 2017  
निर्वाचनको विरोधमा रहेका राजापाका कार्यकर्ता जनकपुरबाट गिरफ्तार

निर्वाचन बहिष्कारका लागि आन्दोलन गरिरहेका राजापा नेता तथा कार्यकर्ताहरूलाई जनकपुरको जनक चोकबाट गिरफ्तार गरेको छ । प्रदेश नं १, ५ र ७ का स्थानीय तहमा निर्वाचनको लागि मनोनयन दर्ता भइरहँदा राजापाले निर्वाचन बहिष्कार गरी आन्दोलन गरिरहेको छ । बहिष्कार आन्दोलनमा सहभागी भएको आरोपमा प्रहरीले जनक चोकबाट ४१ जनालाई गिरफ्तार गरेको…

June 18, 2017  
राजपाले महोत्तरीमा सरकारी मोटरसाइकल र निर्वाचन कार्यालयको बोर्डमा आगजनी

नवलपरासी घटनाको विरोधमा असार ४ गते मधेस थरुहट बन्दका क्रममा महोत्तरीको पिपरा गाँउपालिकामा बा १ ब ३८२ नम्बरको सरकारी मोटरसाइकलमा आगजनी गरिएको छ भने सोही ठाउँ स्थित निर्वाचन कार्यालयको बोर्ड झिकेर राजपा कार्यकर्ताहरूले जलाएका छन् । जलेश्वरस्थित सहयोगी विकास बैङ्कको गेट बाहिर रहेको सुझाव पेटिका र सूचना पार्टी तोडफोड गरिएको…

June 18, 2017  
आन्दोलनकारीद्वारा सरकारी मोटरसाइकलमा आगजनी

स्थानीय तह निर्वाचनको विरोधमा मधेस बन्दको आह्वान गरेको राजपा नेपालका कार्यकर्ताहरूले राजविराज नपा-७ मा असार ४ गते स.१व ५२९ नम्बरको सरकारी मोटरसाइकलमा आगजनी गरेका छन् । राजपाका कार्यकर्ताहरूले गजेन्द्र चौकस्थित राष्ट्रिय वाणिज्य बैङ्कमा पार्किङ्ग गरेर राखेको डाकनेश्वरी नगरपालिकाको मोटरसाइकल आगजनी गरेर क्षति पुर्‍याएका हुन् । आगजनीबाट उक्त मोटरसाइकल पूर्ण रूपमा…

June 18, 2017  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरको आरोपमा पीडित पक्षले अर्नमा गाउँपालिका-१ का २२ वर्षीय विजयकुमार ठाकुरविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा असार २ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले वैशाख २७ गते बलात्कार गरी फरार भएको र बालिकाले आत्महत्याको प्रयास स्वरूप विष सेवन गरी उपचारमा रहेकोले उजुरीमा ढिलाई भएको पीडित…

June 17, 2017  
राजपाका कार्यकर्ताद्वारा प्रहरी चढेको बसमा तोडफोड

राजपाका कार्यकर्ताहरूले बन्दको अवज्ञा गरेको भन्दै नेपाल प्रहरीले प्रयोग गरेको ना ५ ख १४४० नम्बरको बस असार २ गते बिहान गोलबजार ६ मा ढुङ्गा हानी तोडफोड गरेका छन् । प्रहरी एकेडमीबाट प्रहरी बोकेर सुनसरीको लागि हिडेको बसमा राजपाका कार्यकर्ताहरूले ढुङ्गा प्रहार गरेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजेन्द्रकुमार उपाध्यायले बताए…

June 16, 2017  
लोकतन्त्रमा निर्वाचनको विकल्प हुँदैनः अध्यक्ष प्याकुरेल

सिरहाको लहानमा सम्पन्न एक कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले लोकतन्त्रमा निर्वाचनको विकल्प नहुने बताएका छन् । सिरहाको लहानमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले असार १ गते आयोजना गरेको मानव अधिकार र निर्वाचन अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । राष्ट्रिय जनता पार्टी पनि चुनावमा जान लालायित रहेकोले स्थानीय तहको…

June 16, 2017