एमाले उम्मेदवारको घरमा बम विष्फोट

पर्सा निर्वाचन क्षेत्र नम्बर २ (क) को प्रदेश सभा सदस्यका एमालेका उम्मेदवार बीरगञ्ज महानगरपालिका-१० रानीघाट निवासी रामचन्द्र साहको घरमा मङ्सिर ५ गते बम विष्फोट भएको छ । घरको प्यासेजमा बम विष्फोट भएको एमालेका उम्मेदवार साहले बताएका छन् । बम विष्फोटमा कुनै मानवीय क्षति नभएको उनले जानकारी दिएका छन् । घटनाका…

November 21, 2017  
आचारसंहिता विपरीत स्मारकमा चुनावी व्यानर

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि फोरम-राजपा गठबन्धनका उम्मेदवारहरूले रुपनी गाउँपालिका-१ स्थित रुपनी चोकमा रहेको स्मारकमा चुनावी व्यानर र झण्डा टाँगेर आचारसंहिता उल्लङ्घन गरेका छन् । प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार बनेका राजपाका चन्द्रकान्त चौधरी र दिनेश यादवको तस्विर र चुनाव चिन्ह अङ्कित व्यानर स्मारकमा रहेको…

November 21, 2017  
अज्ञात महिलाको शव फेला

हनुमाननगर कङ्कालिनी नपा-५ मा कर्तव्य गरी हत्या गरेको अवस्थामा मङ्सिर ५ गते अन्दाजी २५ वर्षीया 'अपरिचित' महिलाको शव फेला परेको छ । कोशी बाँधको पक्की बाटोमा रहेको कोशी बाँधको नोज नं. ४३० को पूर्व भित्तामा टाउको, हातगोडा काटी फालेको अवस्थामा अज्ञात महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ…

November 21, 2017  
धारिलो हतियार प्रयोग गरी पत्नीको हत्या

कल्यानपुर नपा-६ की ३० वर्षीया समिला खातुनलाई खुकुरी प्रहार गरी ३५ वर्षीय पति मोहमद अली राइनले धारिलो हतियार प्रयोग गरी मङ्सिर ५ गते बिहान ३ बजेतिर पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादमा आरोपितले खुकुरी प्रयोग गरी घाँटी रेटेर हत्या गरेको खबर स्थानीयबाट जानकारी पाएर प्रहरी घटनास्थलमा पुगेको…

November 21, 2017  
अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइयो

जिल्ला बाल क्लब सञ्जाल, सप्तरीले राजविराजमा मङ्सिर ४ गते अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाएको छ । स्थानीय हरिनन्देश्वर महादेव मन्दिरको प्राङ्गणबाट निक्लिएको बालबालिका र सरोकारवालाहरूको जुलुशले नगरपरिक्रमा गर्दै प्रभातफेरी गरेको छ । निर्वाचनमा बालबालिकाको प्रयोग नगरौँ, बालबालिकालाई विद्यालय पठाऔँ, बालश्रम र बालविवाह अन्त्य गरौँ जस्ता नारासहित नगरपरिक्रमा गरेपश्चात हरिनन्देश्वर महादेव…

November 20, 2017  
उम्मेदवारको प्रचार गाडीमा विष्फोट

निर्वाचन क्षेत्र नम्बर-४ 'क' मा नेपाली काङ्ग्रेसका तर्फबाट प्रदेश सभाका उम्मेदवार ओम कार्कीको प्रचार गाडीमा मङ्सिर ४ गते अज्ञात समूहले बम विष्फोट गराएको छ । बिहान साढे ५ बजे भएको बम विष्फोटबाट गाडीको भित्री भाग क्षतिग्रत भएको जनाइएको छ । जितपुरसिमरा-१ स्थित चालकको घर अगाडि पार्किङ गरिराखेको बा १४ च…

November 20, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले हनुमाननगर कङ्कालिनी नपा-३ का २५ वर्षीय मो. जहुरलाई मङ्सिर २ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले कात्तिक २७ गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा कात्तिक २९ गते उजुरी दिएकी थिइन् । पीडित युवतीको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा…

November 19, 2017  
ट्राफिक प्रहरीद्वारा एक युवकलाई यातना

लहान नपा-८ का ३० वर्षीय धनन्जय यादवलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका सई लोकबहादुर दियालीले मङ्सिर ३ गते निर्घात कुटपिट गरेका छन् । लहान नपा-१ स्थित जिल्ला ट्राफिक कार्यालयका आरोपित सईको कमाण्डमा रहेको ट्राफिक प्रहरीहरूले पीडितलाई कार्यालय कोठामा लगेर कुटपिट गरेका हुन् । प्र्रहरीको कुटपिटबाट यादवको दाहिने आँखा मुनि काटिएको…

November 19, 2017  
आचारसंहिता विपरीत मत माग्दै कर्मचारी

राजविराज नगरपालिका कार्यालयका लेखापाल शत्रुघ्न दासले प्रदेश सभाका लागि राजपा-फोरम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका राजपाका महासचिव मनिष सुमनको मत मागेर आचार संहिता उल्लङ्घन गरेका छन् । लेखापाल दासले सप्तरीको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ (२) बाट उम्मेदवार रहेका सुमनको तस्विर र चुनाव चिन्हसहित भोट फोर सुमन लेखिएको प्रोफाइल पिक्चर…

November 18, 2017  
बाम गठबन्धनको भेलामा बम विष्फोट, आठ घाइते

चन्द्रपुर नगरपालिका-५ स्थित राधाकृष्ण मन्दिरमा मङ्सिर २ गते दिउँसो संयुक्त बाम गठबन्धनको कार्यक्रमलाई लक्षित गरी गराइएको बम विष्फोटमा परी आठ जना घाइते भएका छन् । घाइते मध्ये एक बालकसहित तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । आगामी मङ्सिर २१ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको क्रममा…

November 18, 2017