बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोलबजार नपा-५ का ५५ वर्षीय महेन्द्रसिंह कोइरीलाई जेठ २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले जेठ २६ गते इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…

June 10, 2017  
राजनीतिक दलद्वारा बालबालिकालाई निर्वाचनमा सहभागी नगराउने प्रतिबद्धता

सप्तरीका जिल्लास्तरीय नेता तथा सरोकारवालाहरूले बालबालिकालाई निर्वाचनको कुनै पनि काममा सहभागी नगराउने सात बुँदे प्रतिबद्धता पत्रमा जेठ २६ गते हस्ताक्षर गरेका छन् । बाल अधिकारको संरक्षण र प्रवर्धनका लागि जिल्ला बाल कल्याण समितिद्वारा आयोजित अन्तरसम्वाद तथा प्रतिबद्धता कार्यक्रममा नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, सङ्घीय समाजवादी फोरम नेपाल, नेमकिपा, नेकपा संयुक्त,…

June 9, 2017  
बाराका १४ मतदान केन्द्र संवेदनशील

बाराका ४५१ मतदान केन्द्रमध्ये सात केन्द्रलाई अतिसंवेदनशील र सात केन्द्रलाई संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा तुल्याएको राससले जनाएको छ । उत्तरी क्षेत्रभन्दा दक्षिणी क्षेत्रको मतदानस्थल संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए । अतिसंवेदनशील र संवेदनशील मानिएका मतदान केन्द्रमा मतदाताले शान्तिपूर्ण रुपमा मतदान गर्न सक्ने गरी कडा सुरक्षा व्यवस्था…

June 8, 2017  
निर्वाचनको विरोध गर्दै सडक अवरुद्ध

स्थानीय तहको दोस्रो चरणको निर्वाचनविरुद्ध राष्ट्रिय जनता पार्टी नेपालले जेठ २५ गते पूर्व-पश्चिम राजमार्गसहित सप्तरीको विभिन्न सडक खण्ड दुई घण्टा अवरुद्ध गरेको छ । संविधान संशोधन बिना गर्न लागिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने भन्दै राजपाका कार्यकर्ताहरूले दिउँसो एकदेखि तीन बजेसम्म राजविराज, रुपनी, महुली, भारदह, हनुमाननगर, कल्याणपुर, कदमाहा,…

June 8, 2017  
एमालेको कार्यक्रम र निर्वाचन बिथोल्ने कार्यक्रम सार्वजनिक

राष्ट्रिय जनता पार्टी नेपाल राजविराज नगरपालिका जनआन्दोलन कमिटिले जेठ २३ गते नेकपा (एमाले) को कार्यक्रमको विरोध गर्नेसहितको स्थानीय तहको निर्वाचन बिथोल्ने कार्यक्रम सार्वजनिक गरेको छ । राजविराजस्थित पबि माविको मैदानमा बसेको जनआन्दोलन कमिटीको बैठकले नेकपा (एमाले) ले जिल्लामा गर्ने हरेक कार्यक्रमको विरोध गर्नेदेखि विरोध सभा, चक्काजामसहितको कार्यक्रम गर्ने निर्णय गरेको…

June 6, 2017  
पत्रकार तिवारीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष एवम् नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष अनुप तिवारीलाई जेठ २२ गते बेलुका खाजा खाँदै गरेको अवस्थामा तीन/चार जनाको समूहमा आएका युवाहरूले एक्कासी मोविल खन्याएर आक्रमण गरेको भन्दै महासङ्घ पर्साका अध्यक्ष श्याम बञ्जाराको नेतृत्वमा गएको टोलीले जेठ २३ गते जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्द साहलाई…

June 6, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लहान नपा-१८ का ५५ वर्षीय बैजनाथ चौधरीलाई जेठ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ २२ गते प्रहरीमा उजुरी दिएको थियो । बलात्कारपछि बेहोस भएकी बालिका रातभर घर नजिकैको जङ्गलमा रहेको र…

June 6, 2017  
निर्वाचन विथोल्न पत्रकारसहितको समिति गठन

राजपा नेपालले दोश्रो चरणको स्थानीय निर्वाचन विथोल्नका लागि जेठ २२ गते पत्रकारहरूसहितको जन-आन्दोलन परिचालन समिति गठन गरेको छ । राजविराज नगरपालिकासहित सप्तरीको विभिन्न नगरपालिका तथा गाउँपालिकामा स्थानीय तह निर्वाचन बहिष्कारको लागि राजपाका वरिष्ठ नेता मृगेन्द्रकुमारसिंह यादव तथा सह-महामन्त्री जयप्रकाश ठाकुरसहितको उप-समितिमा ६ सदस्यीय संयोजक मण्डलसहित १ सय ५१ सदस्यीय जनआन्दोलन…

June 5, 2017  
त्रास हटाए मात्र निर्वाचन सफलः पूर्व अध्यक्ष उपाध्याय

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष एवम् पूर्व प्रधानन्यायाधीश केदारनाथ उपाध्यायले दोश्रो चरणको स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन राजनितिक दल र नागरिक समाजको योगदान महत्वपूर्ण हुने बताएका छन् । लोकतान्त्रिक स्वतन्त्रता तथा मानव अधिकार संस्था र शान्तिको लागि साझा अभियानद्वारा जेठ २२ गते राजविराजमा आयोजित 'स्वतन्त्र,…

June 5, 2017  
स्वच्छ निर्वाचनका लागि नागरिक अभियान समिति गठन

मानव अधिकारको क्षेत्रमा जिल्लामा क्रियाशील विभिन्न सङ्गठनहरूको सहभागितामा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको जिल्ला समन्वय समिति गठन गरिएको छ ।   अगामी असार १४ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरोकारवालालाई दबाव दिने उद्धेश्यले इन्सेकका बारा प्रतिनिधि लक्ष्मी साहको संयोजकत्वमा जेठ २२ गते…

June 5, 2017