मधेसी मोर्चाका कार्यकर्ताद्वारा मानव अधिकार रक्षकमाथि दुर्व्यवहार

नेपाल पत्रकार महासङ्घका पुर्व कोषाध्यक्ष एवम् रेडियो जनकपुरका सञ्चालक समितिका अध्यक्षसमेत रहेका जनकपुर उमनपा-८ का ५२ वर्षीय शितल साह र इन्सेकद्वारा गठित जिल्लास्तरीय मानव अधिकार निगरानी समूहका अध्यक्ष सुरेश यादवलाई फागुन ११ गते मधेसी मोर्चाका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन फागुन १० गते जनकपुर आइपुगेका एमालेका…

February 22, 2017  
इन्सेकसहितको टोलीद्वारा कारागारको अनुगमन

जिल्ला प्रहरी कार्यालयका डिएसपी दानबहादुर कार्की, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक कोइराला, इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलसहित सञ्चारकर्मीहरूको टोलीले फागुन १० गते जिल्ला कारागार सप्तरीको अनुगमन गरेको छ । कारागार सुरक्षार्थ खटिएको प्रहरीले फागुन १० गते बिहान चेकजाँच गर्न खोज्दा महिला बन्दीहरूले जिल्लाको टोली माग गरेपछि अधिकारकर्मी र सञ्चारकर्मीसहितको अनुगमन…

February 21, 2017  
राजश्व अनुसन्धानका कर्मचारीद्वारा पत्रकारलाई दुर्व्यहार गरेको आरोप

अन्नपूर्ण पोष्ट दैनिकका सम्बाददाता विजलपुरा गाविस-९ का २४ वर्षीय राजकरण महतोलाई फागुन ९ गते वर्दिवास स्थित राजस्व अनुसन्धानका कर्मचारी पहल केसीले क्यामरा खोसेर दुर्व्यवहार गरेका छन् । 'नसोधिकन कार्यालयको सवारीको फोटो किन खिचेको?' भन्दै राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया चेक पोष्ट बर्दिबासका नायब सुब्बा केसीले आफ्नो क्यामरा खोसेर दुर्व्यवहार…

February 21, 2017  
शहीद पार्क संरक्षण तथा सम्भारका लागि इन्सेकद्वारा १ लाख रुपियाँ हस्तान्तरण

यदुकुहास्थित शहीद पार्क संरक्षण सम्भारका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रदान गरेको १ लाख रुपियाँको चेक जिल्ला इन्सेक धनुषा जिल्ला प्रतिनिधि विनोदकुमार रविदासले  यदुकुहा गाविस सचिव सन्तोषकुमार सुवेदीलाई फागुन ९ गते हस्तान्तरण गरेका छन् । प्रजातान्त्रिक आन्दोलनको क्रममा सहादत प्राप्त यदुकुहाको महिला शहीद स्मारक (पार्क) को सम्भार तथा…

February 20, 2017  
आन्दोलनका कारण बालबालिकाले पोलियो खानबाट वञ्चित 

संयुक्त ट्रेड युनियन सङ्घर्ष समितिले काम नै अवरुद्ध गरी धर्नामा बसेपछि बालबालिकाले फागुन ७ र ८ गते पोलियो थोपा खानबाट वञ्चित भए । कर्मचारीहरूको आन्दोलनका कारण फागुन ७ र ८ गते देशभर खुवाइने भनिएको पोलियो खोप अभियान नै स्थगित गरिएको थियो । सरकारले स्वास्थ्य सेवा ऐनको दफा ९ (ख) कार्यान्वयन…

February 19, 2017  
मानव अधिकार निगरानी समूहका अध्यक्षको पहलमा अनसन तोडियो

मानव अधिकार निगरानी समूह धनुषाका अध्यक्ष सुरेश यादवको पहलमा जनकपुरमा विगत १६ दिनदेखि जारी अनसन फागुन ६ गते तोडिएको छ । माघ २० गतेदेखि वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मासहित नयाँ शक्ति पार्टीका कलामुद्धीन राइन र मिथिलेश्वर दासले जनकपुरको जनक चोकमा गरेको आमरण अनसन अध्यक्ष यादवको पहलमा तोडिएको…

February 18, 2017  
कर्मचारीको आन्दोलनले बालबालिकाको खोप कार्यक्रम प्रभावित

स्वास्थ्य सेवा ऐनको दफा ९ (ख) तथा पद व्यवस्थापन गराउन माग राखी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेपछि महोत्तरीमा हात्तीपाइलेको औषधि खुवाउने तथा राष्ट्रिय पोलियोलगायत खोप कार्यक्रम प्रभावित भएका छन् । स्वास्थ्यकर्मीहरू जिल्ला सदरमुकाम जलेश्वरस्थित जिल्ला स्वास्थ्य तथा जनस्वास्थ्य कार्यालयमा फागुन १ गतेदेखि धर्नामा बसेका कारण जिल्लामा सयौँ बालबालिका खोपबाट बञ्चित भएका हुन्…

February 18, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लहान नपा-५ का २४ वर्षीय सद्दाम मियालाई फागुन ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई फागुन ३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा फागुन ६ गते उजुरी दिएपछि उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले…

February 17, 2017  
क्षमता अभिवृद्धि तालिम सम्पन्न

इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरुका लागि आयोजित तीन दिने क्षमता अभिवृद्धि तालिम फागुन ४ गते सम्पन्न भएको छ । तालिमको समापन कार्यक्रममा इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले समाज तहबाट भइरहेको मानव अधिकारसम्बन्धी ज्यादती बाल सहभागिताले घटाउन सकिने उनको भनाइ थियो । सहभागीको तर्फाट…

February 17, 2017  
बहुविवाह गरेको कसुरमा कैदको फैसला

बहुविवाह गररेको कसुरमा गौरीपुर गाविस-५ का ३० वर्षीय गणेश मण्डल र एकराही गाविस-५ की १८ वर्षीया रिना मण्डललाई जिल्ला अदालतले फागुन २ गते जनही एक वर्ष कैद र ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले सो फैसला गरेको सरकारी वकिल मनोज आचार्यले बताए । गौरीपुर…

February 14, 2017