विकास बजेट दुरुपयोग सम्बन्धमा समाचार लेखेको भन्दै पत्रकारलाई कुटपिट

वेङ्गाडावर गाविस-२ घर भई मिथिला नपा-७ बस्ने २७ वर्षीय पत्रकार राजकमल भनिने रामकमल सिंहलाई विकास बजेट दुरुपयोग सम्बन्धमा समाचार लेखेको भन्दै गोठकोयलपुर-२ निवासी धनुषा क्षेत्र नम्बर १ का काङ्ग्रेस सभापति २५ वर्षीय नविन गोहिवारको नेतृत्वमा आएको एक समूहले भदौ २९ गते बिहान भानुचोकमा कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।…

September 14, 2016  
बुहारी हत्या घटनाका आरोपित गिरफ्तार

बोदे बर्साइन् गाविस-६ जाँजर टोलकी २७ वर्षीया हौवा भनिने फतमा खातुनको हत्या गरी फरार रहेकी निजकी सासु ५८ वर्षीया मदिना भनिने सबिरन खातुनलाई प्रहरीले तीन वर्षछि भदौ २८ गते गिरफ्तार गरेको छ । तत्कालीन जिल्ला न्यायाधीश चन्द्रबहादुर सारुको इजलासले सबिरन र उनका ६० वर्षीय पति गफुर मियाँलाई जनही तीन वर्षकैद,…

September 14, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले सप्तरी जिल्ला बसवलपुर गाविस-७ घर भई हाल गोलबजार नपा-६ बस्ने ४२ वर्षीय गङ्गा पासवानलाई भदौ २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले भदौ २६ गते इलाका प्रहरी कार्यालय गोलबजारमा दिएको उजुरीमा आरोपितले भदौ २५ गते बलात्कार गरेको आरोप…

September 13, 2016  
बलात्कार प्रयास घटनाका आरोपितहरू गिरफ्तार

१३ वर्षीया एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय कडरबोनाले मल्हनिया गाविस-६ का २० वर्षीय मिलन चौधरी र १७ एक बालकलाई गिरफ्तार गरी भदौ २६ गते मुद्दा दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितहरूले भदौ २२ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित बालिकाका अभिभावकले भदौ २४ गते इलाका…

September 11, 2016  
'तलाक' दिँदै घर निकालामा परेकी पीडितद्वारा प्रहरीमा उजुरी

बैरगिया लक्ष्मीनिया-१ की ३० वर्षीया रहमतुन निसालाई ३५ वर्षीय पति शेष जमसेदले मुस्लिम परम्परा अनुसार 'तलाक' दिँदै घरबाट निकाला गरेपछि पीडितले भदौ २४ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिएकी छन् । भदौ ९ गते गाउँका केही महिला र पुरुष घरमै बोलाएर पतिले उनीहरूको सामुन्ने…

September 9, 2016  
बलात्कार गरी हत्या गरेको कसुरमा ३५ वर्षकैदको फैसला

कलैया नपा-८ की आठ वर्षीया कञ्चन ठाकुरलाई २२ महिना अघि बलात्कार गरी हत्या गरेको ठहरमा पिप्राविर्ता गाविस-३ घर भई कलैया नपा-८ मा बस्दै आएका ३० वर्षीय गुल्लु भन्ने अरबिन्दलाल दासलाई जिल्ला अदालत बाराले ३५ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश सुर्यबहादुर थापाको इजलासले भदौ १९ गते दासलाई ३५ वर्षकैद सजाय…

September 6, 2016  
भारतबाट उद्धार गरिएका बालकहरू परिवारको जिम्मामा

दलालको फन्दामा परेर परिवारबाट बिछोडिएका सिरहाका चार जना बालकहरूलाई भारतको बिहारमा पर्ने मुझफ्फरपुरबाट उद्धार गरी भदौ २१ गते लहानमा सम्बन्धित परिवारको जिम्मा लगाइएको छ । इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत पवनकुमार गुप्ता, इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसी, इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियार र पत्रकारहरूको उपस्थितिमा सिरहाको…

September 6, 2016  
सृङ्खलावद्ध हत्या घटनाका आरोपित गिरफ्तार

बलात्कारपछि हत्या गरेको घटनाका आरोपित भारतको मधुवनी लौकाहा बगमरिया घर भई सप्तरीको सारस्वर गाविस-७ बस्दै आएका मो.मस्तकिम भन्ने मो. रइस मियाँलाई प्रहरीले भदौ १९ गते गिरफ्तार गरेको छ । लुकिछिपी वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका आरोपितलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट ०७६५६६४३ नम्बरको राहदानीसहित गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी…

September 5, 2016  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा लक्ष्मीनिया गाविस-७ का ४५ वर्षीय कपिल ठाकुर शर्मालाई प्रहरीले भदौ १९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपित शर्माले भदौ १६ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले भदौ १९ गते इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिएकी थिइन् । उजुरी आए लगत्तै अनुसन्धानका…

September 5, 2016  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

कल्याणपुर जब्दी गाविस-१ की २६ वर्षीया रीतादेवी यादवले बहुविवाह गरेको आरोपमा दिएको उजुरीका आधारमा २८ वर्षीय पति रामकुमार यादव र २५ वर्षीया राधा यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले भदौ १८ गते गिरफ्तार गरेको छ । पीडित महिलाले इलाका प्रहरी कार्यालय मिर्चैयामा भदौ १७ गते दिएको उजुरीमा रामकुमारले कर्जन्हा गाविसकी राधासँग…

September 4, 2016