बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

४२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले असार ३१ गते गोलबजार नपा–११ का २५ वर्षीय सफिक राइन मियालाई आठ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आलेले बताए । पीडित महिलालाई आरोपितले ०७४ असोज १ गते बलात्कार गरेको आरोपमा पीडित…

July 16, 2018  
बलात्कार गरेको कसुरमा ६ महिना कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भ बोकाएको कसुरमा १५ वर्षीय बालकलाई जिल्ला अदालतले असार ३१ गते ६ महिना कैदको फैसला गरेको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आलेले बताए । पीडित बालिकालाई माघदेखि पटकपटक फकाएर बलात्कार गरी गर्भ बोकाएको आरोपमा आरोपितविरूद्ध पीडित परिवारले जिल्ला…

July 16, 2018  
प्रहरीले कुटपिट गरेको आरोपमा प्रहरीमै उजुरी

गोलबजार नपा–१ का ५० वर्षीय नरबहादुर राईलाई प्रहरी चौकी मुक्सारका प्रहरी जवान मनोज चौधरीले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय गोलबजारमा असार ३१ गते उजुरी दिएका छन् । पीडित नरबहादुरका अनुसार गाउँमा असार २६ गते झगडा हुँदा आफूले बगहावाला भन्नेलाई कुटपिट गर्दा उनको हात भाँचेपछि उपचारको खर्च तिर्नु पर्ने…

July 16, 2018  
बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा लहान नपा-१८ का ५० वर्षीय दोरिक ठाकुरलाई जिल्ला अदालतले आठ वर्षकैदको फैसला गरेको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको असार २७ गते बसेको इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आलेले बताए । उनका अनुसार पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति दिने समेत फैसलामा उल्लेख छ…

July 12, 2018  
दलित समुदायको खबरदारी जुलुसमा सांसदलाई दुर्व्यवहार

प्रदेश २ को सरकारले जारी गर्न लागेको प्रदेश प्रहरी ऐन संशोधनका लागि असार २७ गते प्रदेश २ का दलितहरूले प्रदेश सभा अगाडि खबरदारी जुलुश प्रदर्शन गरेका छन् । प्रदेश सरकारले संसदमा टेबुल गरेको प्रदेश प्रहरी ऐन दलितविरोधी रहेको भन्दै दलितहरूले प्रदेश सभा भवन अगाडि जुलुश प्रदर्शन गरेका हुन् । खबरदारी…

July 12, 2018  
जातीय विभेद र छुवाछुत गरेको कसुरमा ६ महिना कैदको फैसला

छुवाछुतको नाममा दलितमाथि जातीइ विभेद गरेको कसुरमा जिल्ला अदालतले जिल्लामा नै पहिलो पटक जेल सजायको फैसला सुनाएको छ । मानव अधिकार तथा समाजिक विकास परियोजनाले असार २७ गते जनकपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै घटना घटेको ३ महिनापछि असार २४ गते महोत्तरी जिल्ला अदालतले घटनामा संलग्न कमला गिरीलाई ६ महिना कैद,…

July 12, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई असार २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २२ गते बलात्कार गरेको आरोपमा पीडितका हजुरबुवाले असार २४ गते दिएको उजुरीपछि इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपित बालकलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण…

July 10, 2018  
बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१८ वर्षीया युवतीलाई बलात्कारको प्रयास गरेको आरोपमा गोलबजार नपा-३ का २० वर्षीय सुरज साहविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा असार २५ गते उजुरी दिएको छ । पीडित युवतीलाई आरोपितले असार २४ गते बलात्कारको प्रयास गरेको पीडित पक्षको आरोप छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २५ गते जिल्ला अस्पतालामा…

July 10, 2018  
मालीमस्ती नाकाबाट एक महिलाको उद्धार

ठोरीको एउटा नाका हुँदै भारत जान लागेको अवस्थामा पर्साको ठोरी गाउँपालिका स्थानीयले असार २५ गते मकवानपुरकी ३० वर्षीया महिलालाई उद्धार गरी प्रहरीको जिम्मा लगाएका छन् । ठोरी गाउँपालिका-४ मालीबस्ती नकाबाट भारततर्फगइरहेको अवस्थामा शङ्का लागि सोधपुछ गर्दा पीडितले आफू भारत हुँदै कुवेत जान लागेको बताएपछि स्थानीयले उनलाई प्रहरीको जिम्मा लगाएको स्थानीय…

July 10, 2018  
महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशीलताका लागि इन्सेक प्रतिनिधि सम्मानित

महिला तथा बालबालिका बिरुद्ध हुने हिंसा न्यूनीकरण कार्यमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै इन्सेक सिरहाका प्रतिनिधि दुर्गा परियार असार २५ गते सम्मानित भएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाको परिसरमा नवनिर्मित महिला तथा बालबालिका सेवा केन्द्र भवनको उदघाटनको अवसरमा परियार सम्मानित भएका हुन् । भवन उदघाटन समारोहका प्रमुख अतिथि डिआइजी धिरु…

July 10, 2018