कथित बोक्सी आरोपमा कुटपिट गरी गर्भपतन गराएको घटनाका आरोपित गिरफ्तार

शम्भुनाथ नपा-२ खोक्सर प्रवाहा कनकपट्टीकी २८ वर्षीया पुनमदेवी साहलाई कथित बोक्सी भन्दै कुटपिट गरी गर्भपतन गराएको आरोपमा सोही ठाउँकी ४८ वर्षीय रफिदन खातुनलाई प्रहरीले माघ १९ गते गिरफ्तार गरेको छ । पीडितको उजुरीका आधारमा आरोपित खातुनसहित निजकी छोरी २८ वर्षीया महिरुन खातुन, छोरा २१ वर्षीय लुकमान मियाँ, ३० वर्षीय मो.…

February 2, 2017  
बालिका अपहरण घटनाका आरोपित गिरफ्तार

नौ कक्षामा अध्ययनरत १५ वर्षीया एक बालिकालाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रसबनी गाविस-७ का ५१ वर्षीय भोला भनिने बिन्देश्वर यादवलाई प्रहरीले ०७३ माघ १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गर्दै आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर नारायणप्रसाद भट्टराईले जानकारी…

February 2, 2017  
एक महिना अघि झडपमा घाइते भएका कैदीको उपचारको क्रममा मृत्यु

बीरगञ्ज कारागारभित्र ०७३ पुस १० गते दिउँसो कैदीहरूबिच भएको झडपमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका २६ वर्षीय कैदी राजनकुमार बानियाको माघ १७ गते उपचारको क्रममा काठमाडौँको वीर अस्पतालमा मृत्यु भएको  छ । उनको उपचार सुरक्षा निगरानीमा काठमाडौँमा भइरहेको थियो । बीरगञ्ज उमनपा-१३ घडीअर्वा घर भएका बानिया, शरीर बन्धक तथा अपहरण…

February 1, 2017  
उपभोक्ता अधिकारको लागि उजुरी डेक्स व्यवस्था गर्नु पर्ने माग

उपभोक्ता अधिकारको लागि उजुरी डेक्सको व्यवस्था गर्नु पर्ने माग एक कार्यक्रमका सहभागीहरूले गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय जनकपुरले माघ १८ गते जनकपुरमा आयोजना गरेको उपभोक्ता अधिकारको सवाल विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो माग गरेका हुन् । आयोगका सदस्य सुदिप पाठकले व्यवसायीलाई सेवाभावले काम गर्न र उपभोक्तालाई…

January 31, 2017  
सम्वादबाट समाधान खोज्न नागरिक समाजको जोड

सम्वादको माध्यमबाट मधेशको समस्या समाधान गर्न नागरिक समाजका अगुवाहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा माघ १८ गते राजविराजमा आयोजित 'मधेशका मागहरूको विश्लेषणः प्रान्त, सिमा र स्वायत्तताको सवाल' विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले वार्ता र सम्वादबाटै समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन् । इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले…

January 31, 2017  
मधेशको नाममा भ्रमको खेती भइरहेको छः अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले मधेशको नाममा भ्रमको खेती भइरहेको बताएका छन् । इन्सेकले ०७३ माघ १७ गते लहानमा समग्र जनउत्थान केन्द्र लहानको सहकार्यमा आयोजना गरेको 'मधेशका समस्या, प्रान्त सिमा र स्वायत्तताको सवाल' विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्याकुरेलले अहिले मधेशमा भ्रमको खेती गर्नेहरूले मधेश र पहाडबिच भ्रम…

January 31, 2017  
प्रान्त र सिमाना निर्धारण वैज्ञानिक रूपमा हुनु पर्नेमा जोड

मधेशको समस्याको पहिचान र विश्लेषण गरी प्रान्त र सिमाना निर्धारण वैज्ञानिक रूपमा हुनु पर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा माघ १७ गते जनकपुरमा आयोजित 'मधेशका मागहरूको विश्लेषणः प्रान्त, सिमा र स्वायतताको सवाल' विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले सामर्थ्य र पहिचानसहित प्रान्तको सिमाङ्कन गर्न…

January 30, 2017  
शहीद पार्कलाई व्यवस्थित गर्न इन्सेकद्वारा सहयोगको घोषणा

नेपालकै प्रथम महिला शहीदको शालिक र पार्कलाई व्यवस्थित गर्न इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले १ लाख रुपियाँ सहयोगको घोषणा गरेका छन् । धनुषाको यदुकुहामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले माघ १६ गते आयोजना गरेको श्रद्धाञ्जली सभा कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् । शहीद दिवसको सन्दर्भ पारी ०४६ सालको संयुक्त जनआन्दोलनको…

January 29, 2017  
निर्वाचन नभए सङ्घीयता संकटमा पर्ने नागरिक समाजका अगुवाहरूको भनाइ

बीरगञ्जमा आयोजित एक कार्यक्रमका सहभागी नागरिक समाजका अगुवाहरूले निर्वाचन नभए सङ्घीयता सङ्कटमा पर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७३ माघ १५ गते बीरगञ्जमा आयोजना गरेको मधेशका समस्या, प्रान्त सीमा र स्वायत्तताको सवाल विषयक अन्तरक्रिया कार्यक्रममा नागरिक समाजाका विभिन्न सरोकार समूहका वुद्धिजिविहरू एउटै थलोमा बसेर नेपालको वर्तमान…

January 28, 2017  
मालपोत अधिकृतमाथि दुर्व्यवहार

मालपोत कार्यालय बाराका अधिकृत ५१ वर्षीय सुमन चौधरीलाई माघ १२ गते मखुण्डो लगाएर आएका दुई जनाले मोसो दलेर दुर्व्यवहार गरी भागेको पीडितले बताएका छन् । अमाव गाविस-२ बेलवा गाउँका चौधरी कार्यालयमै बसिरहेका बेला मखुण्डो लगाएर आएका दुई  जनाले आफूहरू ऐलानी जग्गामा बस्दै आएकोले काम गरिदिनु भन्दै मोसो छरेर दुर्व्यवहार गरेको…

January 25, 2017