यौन दुर्व्यवहार गरेको कसुरमा चार वर्ष कैद

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा अग्नीसाइर कृष्णासबरन गाउँपालिका–३ का २५ वर्षीय श्यामसुन्दर खङ्ग खत्वेलाई जिल्ला अदालतले असोज १ गते चार वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले आरोपितलाई चार वर्ष कैद सजायको फैसला गरेको स्रेस्तेदार दिलकुमार बर्देवाले बताए । जिल्ला अदालतको आदेशमा आरोपित ०७४…

September 19, 2018  
उपप्रधानमन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा ६ जना गिरफ्तार

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष (उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री) उपेन्द्र यादवलाई कालो झण्डा देखाउन खोज्ने स्वतन्त्र मधेस गठबन्धनका जिल्ला संयोजक राजविराज नपा–७ का ४५ वर्षीय सुरेन्द्रप्रसाद शर्मासहित ६ जनालाई प्रहरीले असोज २ गते गिरफ्तार गरेको छ । राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका यादवलाई विभिन्न स्थानमा…

September 19, 2018  
बलात्कार कसुरमा तीन महिना कैदको फैसला  

दुई वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १२ वर्षीय बालकलाई जिल्ला अदालतले असोज २ गते तीन महिनाको कैद सजाय गरी कैद स्थगनको फैसला गरेको छ । न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले आरोपित बालकलाई तीन महिनाको कैद सजाय गरी कैद स्थगनको फैसला गर्नुका साथै पीडितलाई आरोपितबाट ७ हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको…

September 19, 2018  
बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले लहान नपा-१९ का १८ वर्षीय सुमन भनिने सुमन्तकुमार मण्डललाई असोज १ गते ६ वर्षकैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको एकल इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्ध आलेले बताए । आरोपितबाट पीडितलाई २५ हजार रुपियाँ क्षतीपूर्ती भराउने समेत…

September 18, 2018  
अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१८ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा महदेवा गाउँपालिका–२ का २३ वर्षीय सोहन भनिने रोशनकुमार मण्डल र नामथर नखुलेक उनका सहयोगीविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा भदौ ३१ गते उजुरी दर्ता गरेको छ । पीडितका बुवाले दिएको उजुरीका आधारमा आरोपितविरुद्ध अपहरण तथा शरीर बन्धकको उजुरी दर्ता गरी आरोपितको…

September 17, 2018  
अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा अग्नीसाइर कृष्णसवरन गाउँपालिका–१ का २५ वर्षीय मो. सतारविरूद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ ३० गते उजुरी दर्ता गरिएको छ । पीडितकी आमाले दिएको उजुरीका आधारमा आरोपितविरूद्ध अपहरण तथा शरीर बन्धकको उजुरी दर्ता गरी आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र…

September 17, 2018  
बलात्कार गरेको ठहरमा ५ वर्ष ६ महिना कैदको फैसला

बोल्न नसक्ने १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी जिल्ला अदालतले १५ वर्षीय बालकलाई भदौ ३१ गते ५ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले आरोपितको उमेर १९ वर्ष भनी अभियोजन दर्ता गरेपनि आरोपितको उमेर १६ वर्ष ननाघेको चिकित्सकको प्रतिवेदनका आधारमा आधा…

September 17, 2018  
महामारी क्षेत्र घोषणा गदै विद्यालय बन्द भएपछि १२ हजार विद्यार्थीको पढाई अवरुद्ध

स्वाइन फ्लु र हङकङ फ्लुको बिरामी फेला परेपछि सप्तरीको कञ्चनरुप नगरपालिकालाई महामारीग्रस्त क्षेत्र घोषणा गर्दै भदौ ३१ गतेदेखि असोज २ गतेसम्मका लागि विद्यालय बन्द गरिएपछि १२ हजार विद्यार्थीको पढाइ अवरुद्ध भएको छ । विद्यालय बन्दले ३० सामुदायिक र २४ नीजि तथा संस्थागत विद्यालयका १२ हजार भन्दा बढी विद्यार्थीको पढाई अवरुद्ध…

September 17, 2018  
पैसा अभावमा उपचारमा समस्या, घटनाका सम्बन्धमा अनुसन्धान जारी

अज्ञात व्यक्तिले भदौ २६ गते राति सुतिरहेको अवस्थामा फालेको तेजाव लागेर घाइते भएकी चन्द्रपुर नपा–६ की १८ वर्षीया सम्झना दास र १५ वर्षीया सुस्मिता दासको पैसा अभावका कारण उपचारमा समस्या भएको छ । पीडित बालिकाका बुवा जादोलाल दासले पैसा अभावमा छोरीहरूको उपचारमा समस्या आएको बताए । “अलिअलि पैसा थियो सकियो”–उनले…

September 17, 2018  
धाराको पानी खाएको भन्दै कुटपिट गरेको घटनाका आरोपितविरूद्ध उजुरी

परवानीपुर गाउँपालिका–३ का १२ वर्षीय राकेश रामले सोही ठाउँमा रहेको राधाकृष्ण मन्दिरको धारा (चापाकल) मा भदौ २४ गते पानी खाएको आरोपमा मन्दिरका पुजारी सोही ठाउँका ४५ वर्षीय रामदयाल यादवलगायतले कुटपिट गरेको भन्दै पीडित पक्षले भदौ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी रञ्जितसिंह…

September 16, 2018