समाचार लेखेको आरोपमा पत्रकारलाई कुटपिट गर्ने धम्की

लहान नपा-२० का ३० वर्षीय नयाँ पत्रिकाकर्मी दिलीप सिंहलाई चैत ७ गते लहानस्थित एक निजी विद्यालयका प्रिन्सिपलले कुटपिट गर्ने धम्की दिएका छन् । लहान-१ स्थित सिता नोबेल न्युज सेन्टर भित्र कम्प्युटरमा सामाचार लेखिरहेको अवस्थामा देब आइडियल इङ्लिश बोर्डिङ् स्कुलका प्रिन्सिपल ४५ वर्षीय मुरारी साहले सामाचारको विषयलाई लिएर कुटपिट गर्ने धम्की…

March 20, 2017  
जिल्ला परियोजना सल्लाहकार समितिको बैठक समपन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सिरहा जिल्लामा सञ्चालित कार्यक्रमहरूको विषयमा जानकारी आदानप्रदान गर्ने उद्धेश्यले चैत ६ गते परियोजना सल्लाहकार समितिको बैठक जिल्ला समन्वय समिति सिरहाको सभाहलमा समपन्न भएको छ । [caption id="attachment_4092" align="aligncenter" width="640"] U[/caption] स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत आयोजित बैठकमा इन्सेक…

March 20, 2017  
मोर्चाका कार्यकर्ताद्वारा स्थानीय तहमा तालाबन्दी

संविधान संशोधनसहितका माग सम्बोधन नभएसम्म स्थानीय निर्वाचन हुन नदिने भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जिल्लाको पातो नगरपालिका, बेल्ही चपेना गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा चैत ६ गते तालाबन्दी गरेका छन् । मोर्चाको आन्दोलन जारी रहेको र स्थानीय तहको पुर्नसंरचना विभेदपूर्ण भएकोले कार्यान्वयन हुन नदिने भन्दै मोर्चाले स्थानीय निकायहरूमा तालाबन्दी गरेको…

March 19, 2017  
बालकको अपहरणपछि हत्या गरेको आरोपमा सर्वस्वसहित जन्मकैदको फैसला

सुखिपुर गाउँपालिका-६ का १४ वर्षीय श्रवण भण्डारीलाई अपहरण गरी हत्या गरेको आरोपमा जिल्ला अदालतले चैत ३ गते चारजना आरोपितहरूलाई सर्वस्वसहित जन्मकैद, जनही ५० हजार रुपियाँ जरिबाना र ३ हजार ५ सय रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ । सोही घटनाका आरोपित तीनजनालाई ११ वर्षकैद, जनही ५० हजार रुपियाँ जरिबाना र ३…

March 17, 2017  
मधेसी मोर्चाद्वारा सात वटा गाउँपालिकामा बोर्ड झुण्डयाउन अवरोध

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले चैत ३ गते महोत्तरीको सात वटा गाउँपालिकामा नयाँ साइनबोर्ड झुण्ड्याउन अवरोध गर्नुको साथै मनरा गाउँपालिकाको कागज पत्र र बोर्ड समेत आगजनी गरेका छन् । संविधान संशोधनको प्रकृयाका लागि सरकार गम्भीर नरहेको भन्दै नेपाल सद्भावना पार्टी महोत्तरी क्षेत्र नम्बर-४ का क्षेत्रीय अध्यक्ष रामउदार रजकको नेतृत्वमा पुगेका…

March 16, 2017  
मोर्चाद्वारा स्थानीय तहमा मधेस प्रदेश सरकार लेख्दै तालाबन्दी

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चैत ३ गते राजविराज क्षेत्रमा रहेका स्थानीय तहका कार्यालयहरूमा मधेस प्रदेश सरकार लेख्दै तालाबन्दी गरेका छन् । [caption id="attachment_4039" align="aligncenter" width="640"] अहिले[/caption] [caption id="attachment_4040" align="aligncenter" width="640"] पहिले[/caption] मोर्चाका संयोजक दिनेशकुमार यादवको नेतृत्वमा पुगेका मोर्चा कार्यकर्ताहरूले जिल्ला समन्वय समितिको कार्यालय र राजविराज नगरपालिकाको कार्यालयका प्रमुखको र प्रशासन…

March 16, 2017  
औषधि अभावले बिरामी मर्कामा

राजविराजस्थित एक मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा एक महिनादेखि रेबिज रोगविरुद्ध लगाइने सुईको अभावले कुकुरको टोकाईबाट घाइते भएकाहरू मर्कामा परेका छन् । फागुन महिनाको अवधिमा बहुला कुकुरको टोकाईबाट घाइते भई अस्पताल आउनेको सङ्ख्या २५ नाघेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । सुई अभावको सूचना पाएका घाइतेहरूले अस्पताल नआई…

March 16, 2017  
बलात्कार गरेको कसुरमा १३ वर्षकैदको फैसला

एक सुस्त मनस्थिति भएकी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनुषा जिल्ला बल्हागोठ गाविस-२ घर भई हाल बडहरामाल-२ बस्ने २७ वर्षीय अनवारुल भन्ने मिजारुल शेखलाई जिल्ला अदालतले १३ वर्षकैद तथा २० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ । न्यायाधीश तिर्थराज केसीको इजलासले चैत २ गते सो फैसला गरेको सहायक सरकारी…

March 16, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले, लहान नपा-११ का २२ वर्षीय सरोज साह र २१ वर्षीय कमलेश साहलाई चैत १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा चैत १ गते उजुरी दिएको थियो…

March 15, 2017  
सप्तरी घटनाका पाँचै जना मृतकको शवयात्रा निकालियो

सप्तरीमा भएको झडपमा गोली लागेर मृत्यु भएका पाँच जना मृतकको शवयात्रा फागुन २८ गते राजविराजबाट निकालिएको छ । दिउँसो एक बजे राजविराजबाट मोटरसाइकल, कार, जिप, म्याजिक भ्यान, बससहित शवयात्रा निकालिएको थियो । हनुमाननगर, भारदह, कञ्चनरुप, सितापुर, रुपनी, कठौना, कदमाहा हुँदै सिरहाको लहानस्थित शहीद चोकसम्म शवयात्रा लगिने कार्यक्रम रहेको संयुक्त लोकतान्त्रिक…

March 11, 2017