कथित बोक्सीको आरोपमा एक महिलामाथि ‘पञ्चायत’मै कुटपिट तथा नगद जरिवाना

महिला हिंसा अन्त्य गर्न विभिन्न खाले सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेको बेला कथित बोक्सीको आरोपमा धनुषामा एक महिलामाथि कुटपिट भएको छ । धनुषाको धनौजी गाउँपालिका–२ की ३८ वर्षीया मन्तोरिया देवी मण्डललाई कथित पञ्चहरूले बोक्सी भन्दै कुटपिट गरेका छन् । मन्तोरियालाई जेठाजु ईन्दल मण्डल खत्वेले कथित बोक्सीको आरोप लगाएका थिए । उनलाई…

November 5, 2018  
वडा अध्यक्षलाई कुटपिट गरेको आरोपमा एक जना गिरफ्तार

रामनगर गाउँपालिका–४ बहोअर्वाका वडाध्यक्ष रामनरेश महतोलाई कुटपिट गरेको आरोपमा उपेन्द्र राय यादवलाई प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ । घरबाट वडा कार्यलय गइरहेका वडाध्यक्ष महतोलाई बिच बाटोमा कात्तिक १२ गते यादवलगायत १५÷१६ जनाले कुटपिट गरेको पीडित पक्षको आरोप छ । कुटपिटबाट घाइते भएका वडा अध्यक्ष महतोको टाउको, गोडा, डाढमा…

November 4, 2018  
सामूहिक बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

४५ वर्षीया महिलालाई हरिपुर नपा–३ फरहदवाका ३४ वर्षीय शेख मोतिबुन, ३५ वर्षीय गङ्गाधर साह तेली र एक जना परिचय नखुलेका व्यक्तिले सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितहरूले कात्तिक ८ गते राति महिलाको मुख थुनी आँखामा पट्टी बाँधेर…

November 4, 2018  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कञ्चनरूप नपा–५ पिप्रा पूर्वका ३५ वर्षीय अब्दुल मियाँविरूद्ध इलाका प्रहरी कार्यालय कञ्चनरूपले कात्तिक १६ गते उजुरी दर्ता गरेको छ । पीडित महिलालाई कञ्चनरूप नपा–५ स्थित बाटोमा नियन्त्रण लिई आरोपितले कात्तिक ७ गते अपरान्ह बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कात्तिक १२ गते…

November 3, 2018  
कथित बोक्सीको आरोपमा कुटपिट गरिएको घटनाका आरोपित विरूद्ध उजुरी

सबैला नगरपालिका–१२ की ३७ वर्षीया जुलेखा खातुनलाई कात्तिक १३ गते कथित बोक्सीको आरोपमा सोही ठाउँका ४० वर्षीया खैतून खातुन, २५ वर्षीया अजिमा खातुन र ३० वर्षीय जुमरत राइनले कुटपिट गरेको भन्दै पीडित पक्षले कात्तिक १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । कुटपिटबाट छाती, पेट, पिठ्यूँ, गुप्ताङ्गलगायत शरीरका विभिन्न…

November 3, 2018  
गोली प्रहारबाट मारिएका रामविलासको शव परिवारले बुझेन

कात्तिक १३ गते नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा गोली लागी मृत्यु भएका रामनगर गाउँपालिका–४ बहुअर्वाका ५६ वर्षीय रामविलास महतोको शव मृतकको परिवारले बुझ्न मानेको छैन । मृतकलाई सहिद घोषणा गर्नुपर्ने, हत्यारालाई छिटो भन्दा छिटो गिरफ्तार गर्नुपर्ने, मृतकको परिवारलाई उचित राहत दिनुपर्ने, घाइतेहरूको उपचारमा लाग्ने सम्पुर्ण खर्चहरू सरकारले व्येहोर्नुपर्ने मागहरू…

November 1, 2018  
प्रहरीले यातना दिई निर्दोषलाई फसाएको भन्दै विरोध प्रदर्शन

राजविराज नपा–६ स्थित जिल्ला प्रहरी कार्यालयसँगै जोडिएको घरमा एक्लै बस्दै आएकी ४५ वर्षीया आशादेवी देवको हत्या आरोपमा गिरफ्तार पश्चात यातना दिई झुठा मुद्दा चलाइएको आरोप लगाउँदै राजविराजका दलित मेहतर समुदायले कात्तिक १३ गते राजविराजमा विरोध प्रदर्शन गरेका छन् । नेपाल राउत मेहतर उत्थान समाज, मधेसी महिला वकालत मञ्च नेपाल र…

October 31, 2018  
नेकपा र कांग्रेस कार्यकर्ताबिच भएको झडपमा गोली चल्दा एकको मृत्यु

नेकपा र कांग्रेस कार्यकर्ताबिच कात्तिक १३ गते रामनगर गाउँपालिका-४ बहुवर्बामा भएको झडपमा गोली प्रहार गर्दा सोही ठाउँका ५६ वर्षीय रामविलास महतोको मृत्यु भएको छ । गोली कुन पक्षबाट चलेको हो एकिन नभएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कुन्दन देवले बताए । घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए । महतोको मुख र…

October 31, 2018  
रामनगर गाउँपालिकाका वडा अध्यक्षमाथि कुटपिट

रामनगर गाउँपालिका-४ का वडा अध्यक्ष रामनरेश महतोमाथि पहिचान नखुलेका व्यक्तिहरूले कात्तिक १२ गते कुटपिट गरी घाइते बनाएका छन् । वडा अध्यक्ष दिनहुँ वडा कार्यालय जाने तालिका अनुसार घरबाट वडा कार्यलय गइरहेको बेला वडा नं. ४ को बहोर्वामा रोकी पहिचान नखुलेका करिब १५-१६ जनाको सामूहले कुटपिट गरी घाइते बनाएको पीडितले बताए…

October 30, 2018  
परस्त्रीसँग सम्बन्ध राखेको आरोपमा दुर्व्यवहार

एकडारा गाउँपालिका-१ का ३० वर्षीय दिलीप मण्डललाई अर्काको पत्नीसँग अनैतिक सम्बन्ध राखेको आरोपमा सोही ठाउँका युवाहरूले कात्तिक १२ गते घरबाट नियन्त्रणमा लिई सडकमा ल्याएर चारपाटा मुडेर मोसो दलेर जुत्ताको माला लगाएर गाउँ घुमाएका छन् । स्थानीय युवाहरूले परस्त्रीसँग सम्बन्ध राखेको आरोपमा 'सामाजिक दण्ड' दिएको बताए । कानुनी उपचार खोज्नुको साटो…

October 30, 2018