स्वच्छ निर्वाचनका लागि नागरिक अभियान समिति गठन

मानव अधिकारको क्षेत्रमा जिल्लामा क्रियाशील विभिन्न सङ्गठनहरूको सहभागितामा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको जिल्ला समन्वय समिति गठन गरिएको छ ।   अगामी असार १४ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरोकारवालालाई दबाव दिने उद्धेश्यले इन्सेकका बारा प्रतिनिधि लक्ष्मी साहको संयोजकत्वमा जेठ २२ गते…

June 5, 2017  
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता हतियारसहित गिरफ्तार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका २ घर भई हाल निजगढ नगरपालिका २ मा बस्दै आएका ४५ वर्षीय अर्जुण सापकोटा (निसान)लाई प्रहरीले जेठ १९ गते निजगढ नपा-८ बाट हतियारसहित गिरफ्तार गरेको छ । कटुवा पेस्तोल तथा त्यसमा प्रयोग हुने एक थान गोली र स्थानीय…

June 3, 2017  
आन्दोलनका घाइतेको स्वास्थ्योपचार तथा क्षतिपूर्तिको माग

सप्तरीका कानुन व्यावसायीहरूले ०७३ फागुन २३ गते रुपनी गापा-५ साविक बसविट्टी गाविस-५ मा भएको घटनामा प्रहरीको गोली लागी घाइते भएका जिल्ला बार एशोसिएनका कोषाध्यक्ष दिगम्बर यादवको निशुल्क उपचार गराउनुका साथै उचित क्षतिपूर्ति दिन जेठ १९ गते राज्य पक्षसँग माग गरेका छन् । जिल्ला तथा उच्च अदालत बार एशोसिएसन राजविराजद्वारा संयुक्त…

June 3, 2017  
बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शम्भुनाथ नपा-५ का १८ वर्षीय दिपेन्द्र मण्डल र १७ वर्षीय बालकलाई जेठ १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितहरूले जेठ १३ गते सामूहिक बलात्कार गरेको आरोपमा उजुरी परेपछि अनुसन्धानका लागि आरोपितलाई जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी यादवराज उप्रेतीले बताए । पीडितले…

June 1, 2017  
मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको गुनासो

स्थानीय तहको दोश्रो चरणको निर्वाचनका लागि जिल्लामा सञ्चालित मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा बदर मत सङ्ख्या बढने स्थानीयबासीले गुनासो गरेका छन् । तालिम प्राप्त मतदाता शिक्षा स्वयम्सेवक नियुक्त भएपनि परिचालन हुन नसक्दा मतदाता शिक्षा कार्यक्रम अपेक्षित रूपमा प्रभावकारी बन्न नसकेको पत्रकार धु्रव मण्डलले बताए । जिल्लाभरी ४ सय ६१ मतदान…

June 1, 2017  
सर्लाहीबाट सात वर्षीय बलाक अपहरित

सर्लाहीको बरहथवा गाउँपालिका-६ निवासी चौपाया ब्यपारी पुकार यादवको सात वर्षीय छोरा राकेश यादवलाई भारतीय नम्बर प्लेटको मोटर साइकल चढेर आएका दुई जनाले अपहरण गरी बेपत्ता बनाएका छन् । जेठ १५ गते सोमबार साँझ घर अगाडि खेलिरहेका बालकलाई अपहरण गरी बेपत्ता बनाएको इलाका प्रहरी कार्यालय बरहथवाका इन्स्पेक्टर ललनप्रसाद कुर्मीले बताए ।…

May 31, 2017  
प्रहरीसँगको झडपमा राजपाका तीन जना प्रदर्शनकारी घाइते

राजविराजमा प्रहरीसँगको झडपमा राजपा नेपालका कार्यकर्ताहरू राजविराज नपा-२ का ३५ वर्षीय सतिशकुमार सिंह, राजविराज नपा-७ का ४५ वर्षीय सुरेशकुमार सिंह र राजविराज नपा-९ का ४० वर्षीय दिपेन्द्र चौधरी घाइते भएका छन् । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको विरोधमा घोषित आन्दोलनको कार्यक्रम अनुसार राजविराज नपा-७ स्थित मुख्य निर्वाचन अघिकृतको कार्यालयमा तालाबन्दी…

May 30, 2017  
सप्तरीका सबै मतदान केन्द्र सम्वेदनशील

सप्तरी जिल्लाका २ सय ६ ओटा मतदान स्थलको ३ सय २६ मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । कार्यालयका अनुसार एउटा मतदान केन्द्र भएका ९०, दुई ओटा मतदान केन्द्र भएका १ सय १२ र तीन ओटा मतदान केन्द्र भएका चार ओटा मतदान स्थल अति सम्वेदनशील…

May 30, 2017  
राजपाका कार्यकर्ताले निर्वाचन सामग्री जलाए

राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरूले सप्तरीको बलान विहुल गाउँपालिकामा जेठ १३ गते  निर्वाचन शिक्षासम्वन्धी प्रचार-सामग्री जलाएका छन् । चनही मल्हनियास्थित जनता राष्ट्रिय प्राथमिक विद्यालयमा आयोजित कार्यक्रम बिथोल्दै उनीहरूले प्रचार-प्रसार सामग्रीमा आगो लगाएर जलाएका हुन् । राजपाका दुखी यादव, रामप्रसाद यादव, विशेश्वर यादवसमेतका स्थानीय कार्यकर्ताहरूले निर्वाचनसम्बन्धी प्रचार-प्रसार सामग्री जलाएको राजपा सप्तरीका…

May 27, 2017  
राजपाद्वारा मशाल जुलुश प्रदर्शन

मधेशको माग सम्बोधन बिना नै सरकारले दोस्रो चरणको चुनाव गराउन लागेपछि राष्ट्रिय जनता पार्टीले घोषणा गरेको आन्दोलनको कार्यक्रम अनुसार जेठ १३ गते महोत्तरीमा मशाल जुलुस निकालेको छ । राजपा नेपालका नेता तथा कार्यकर्ताहरूले परिमार्जन सहितको संविधान संशोधन गर, झुठा मुद्दा फिर्ता गर लगायतका नारासहित मसाल जुलुस निकालेका हुन् । त्यसैगरी…

May 27, 2017