आचारसंहिता विपरीत राखिएका दलका प्रचार सामग्री हटाइयो

सिरहाको गोलबजारमा विभिन्न राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत राखेका निर्वाचन प्रचार सामग्री पार्टीले जेठ २७ गते आफैँ हटाएका छन् । आचारसंहिता विपरीत गोलबजार नगरपालिकाको पूर्वपश्चिम लोकमार्गमा रहेको स्मारकमा राखिएको पार्टी झण्डा र प्रचार सामग्री प्रहरीको समन्वयमा पार्टीले आफैँ हटाएका हुन् । उक्त ठाउँमा आचारसंहिता विपरीत राखिएको प्रचार सामग्रीबारे इलाका प्रहरी…

June 10, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोलबजार नपा-५ का ५५ वर्षीय महेन्द्रसिंह कोइरीलाई जेठ २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले जेठ २६ गते इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…

June 10, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लहान नपा-१८ का ५५ वर्षीय बैजनाथ चौधरीलाई जेठ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ २२ गते प्रहरीमा उजुरी दिएको थियो । बलात्कारपछि बेहोस भएकी बालिका रातभर घर नजिकैको जङ्गलमा रहेको र…

June 6, 2017  
बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

लहान नपा-१२ का ३५ वर्षीय लगना मल्लिकलाई जिल्ला अदालतले बलात्कार गरेको कसुरमा जेठ ८ गते पाँच वर्षकैद तथा १५ हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ । न्याधीश राजेन्द्र अधिकारीको एकल इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्ध आले मगरले बताए । २० वर्षीया महिलालाई आरोपितले ०७३ मङ्सिर १९ गते बलात्कार…

May 23, 2017  
जिल्लास्तरीय सम्वाद कार्यक्रम समपन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सिरहामा सञ्चालन गरेको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी कार्यक्रम अन्तर्गत जिल्लास्तरीय सम्वाद कार्यक्रम जेठ ४ गते सम्पन्न भएको छ । [caption id="attachment_5109" align="aligncenter" width="640"] U[/caption] सीतापुर प्रध र महेशपुर पतारी गाविसमा मानव अधिकार निगरानी समूहले पहिचान गरेका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी समस्या र जिल्लास्तरीय…

May 18, 2017  
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित परिवारले कल्याणपुर नपा-१३ का २४ वर्षीय सरोज मण्डलविरूद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा जेठ ४ गते उजुरी हाले । पीडित बालिकालाई वैशाख २७ गते राति घरमा केही नभएको मौका छोपी आरोपितले बालिकालाई बलात्कार गरेका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा वैशाख…

May 18, 2017  
छुवाछुतको आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

छुवाछुतको आरोपमा मिर्चैया नपा ९ की २३ वर्षीया शोभा बिकलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँकी ४२ वर्षीया लिलामाया तामाङलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले वैशाख २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई वैशाख २४ गते बिहान सार्वजनिक कलमा पानी भर्न जाँदा आरोपितले 'परै बस पानी छोइन्छ' भनेको र सो…

May 12, 2017  
यातायात कार्यालयमा कुकर बम विष्फोट

लहान नगरपालिका-८ स्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालय लहानमा वैशाख २८ गते शक्तिशाली कुकर बम विष्फोट भएको छ । मध्यान्ह १२ बजे कार्यालय सञ्चालनमा रहेको समयमा अज्ञात समूहले माथिल्लो तल्लामा कार्यालय प्रमुखको कोठासँगै रहेको शौचालयमा कुकर बम विष्फोट गराएको हो । विष्फोट किन र कसले गराएको हो खुल्न नसकेको प्रहरीले…

May 11, 2017  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लहान नपा-१३ का ५५ वर्षीय उतिमलाल सदायविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा वैशाख १७ गते उजुरी दर्ता गराएको छ । पीडित बालिकालाई आरोपितले वैशाख १६ गते बलात्कार गरेको पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद…

May 1, 2017  
बहुविवाह घटनाका आरोपितलाई एक वर्षकैदको फैसला

बहुविवाह गरेको कसुरमा गोलबजार नपा-२ का ३२ वर्षीय ध्यानी पासवानलाई जिल्ला अदालतले एक वर्षकैद तथा २ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश चन्द्रमणी ज्ञवालीको वैशाख १४ गतेको इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्ध आले मगरले बताए । मगरका अनुसार आरोपित २७ वर्षीया गौरी सदायलाई अदालतले सफाई दिने…

April 29, 2017