बलात्कार गरेको कसुरमा १३ वर्षकैदको फैसला

एक सुस्त मनस्थिति भएकी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनुषा जिल्ला बल्हागोठ गाविस-२ घर भई हाल बडहरामाल-२ बस्ने २७ वर्षीय अनवारुल भन्ने मिजारुल शेखलाई जिल्ला अदालतले १३ वर्षकैद तथा २० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ । न्यायाधीश तिर्थराज केसीको इजलासले चैत २ गते सो फैसला गरेको सहायक सरकारी…

March 16, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले, लहान नपा-११ का २२ वर्षीय सरोज साह र २१ वर्षीय कमलेश साहलाई चैत १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा चैत १ गते उजुरी दिएको थियो…

March 15, 2017  
एमालेको पत्रकार सम्मेलन गर्न नदिन होटल सञ्चालकलाई मोर्चाद्वारा धम्की

नेकपा एमाले सिरहाले फागुन २३ गते गर्न लागेको पत्रकार सम्मेलन गर्न नदिन मोर्चाले होटल सञ्चालकलाई धम्की दिएको छ । मेची महाकाली राष्ट्रिय अभियानको जानकारी दिन नेकपा एमालेले आयोजना गरेको पत्रकार सम्मेलन गोलबजार नपा-६ स्थित एलिशा फुड कोर्ट एण्ड फेमिली होटलका सञ्चालकलाई बिहान मोर्चाका कार्यकर्ताहरूले गएर कार्यक्रम गर्न नदिनु भनी धम्की…

March 6, 2017  
पत्नी हत्याका आरोपितलाई सर्वस्वसहित जन्मकैदको फैसला

पत्नी हत्याका आरोपित लहान नपा ६ का ३५ वर्षीय विशेश्वरप्रसाद साहलाई जिल्ला अदालत सिरहाले फागुन २३ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । न्यायाधीश राजेन्द्रप्रसाद अधिकारीको इजलासले सो फैसला गरेको सहायक सरकारी वकिल दिपेन्द्र दनुवारले बताए । ३२ वर्षीया बबितादेवी साहलाई ०७३ भदौ २ गते आरोपितले राति घरायसी विवादमा सिलौटाले…

March 6, 2017  
स्ववियु निर्वाचन स्थगित गरेको आरोपमा क्याम्पस तोडफोड

स्ववियु निर्वाचन स्थगित गरेको आरोपमा फागुन १७ गते विभिन्न विद्यार्थी सङ्गठनहरूले लहान नपा- १० स्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा तोडफोड गरेका छन् । क्याम्पस प्रशासनले भोलि गर्नुपर्ने निर्वाचन अघिल्लो दिन स्थगित गरेको विरोधमा अनेरास्ववियु र नेविसङ्घले तोकेको मितिमा स्ववियु निर्वाचन हुनु पर्ने भन्दै क्याम्पसमा तोडफोड गरेको क्याम्पस प्रशासनले आरोप लगाएको…

February 28, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लहान नपा-१२ का २५ वर्षीय विनोद महरालाई इलाका प्रहरी कार्यालय लहानले फागुन १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा फागुन १५ गते लिखित उजुरी दिएका थिए । पीडित…

February 27, 2017  
फोटो खिचेको भन्दै प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार

माउण्टेन टेलिभिजनका सिरहा समाचारदाता सिरहा नपा-७ का ३१ वर्षीय सुरेन्द्रकुमार कामतिलाई फागुन ११ गते प्रहरीले दुर्व्यवहार गरेको पीडितले आरोप लगाए । सिरहा नपा-११ स्थित भलुवाही चोकमा 'स्वतन्त्र मधेस गठबन्धको फ्री मधेश' लेखिएको तुल र ब्यानर प्रहरीले हटाउँदै गर्दाको फोटो खिचेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाबाट गएका प्रहरी टोलीले हातपात गरेको…

February 22, 2017  
बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

बहुविवाहका आरोपित चन्द्रअयोध्यापुर-४ का २९ वर्षीय दिपक महरा र १८ वर्षीय आशा महरालाई जिल्ला अदालतले फागुन १० गते जनही एक वर्षकैद तथा ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश राजेन्द्र प्रसाद अधिकारीको इजलासले उक्त फैसला सुनाएको अदालतले जनजाएको छ । गोलबजार नपा-४ मा डेरा गरी बस्ने २५ वर्षीया…

February 22, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लहान नपा-५ का २४ वर्षीय सद्दाम मियालाई फागुन ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई फागुन ३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा फागुन ६ गते उजुरी दिएपछि उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले…

February 17, 2017  
बहुविवाह गरेको कसुरमा कैदको फैसला

बहुविवाह गररेको कसुरमा गौरीपुर गाविस-५ का ३० वर्षीय गणेश मण्डल र एकराही गाविस-५ की १८ वर्षीया रिना मण्डललाई जिल्ला अदालतले फागुन २ गते जनही एक वर्ष कैद र ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले सो फैसला गरेको सरकारी वकिल मनोज आचार्यले बताए । गौरीपुर…

February 14, 2017