बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित परिवारले कल्याणपुर नपा-१३ का २४ वर्षीय सरोज मण्डलविरूद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा जेठ ४ गते उजुरी हाले । पीडित बालिकालाई वैशाख २७ गते राति घरमा केही नभएको मौका छोपी आरोपितले बालिकालाई बलात्कार गरेका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा वैशाख…

May 18, 2017  
छुवाछुतको आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

छुवाछुतको आरोपमा मिर्चैया नपा ९ की २३ वर्षीया शोभा बिकलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँकी ४२ वर्षीया लिलामाया तामाङलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले वैशाख २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई वैशाख २४ गते बिहान सार्वजनिक कलमा पानी भर्न जाँदा आरोपितले 'परै बस पानी छोइन्छ' भनेको र सो…

May 12, 2017  
यातायात कार्यालयमा कुकर बम विष्फोट

लहान नगरपालिका-८ स्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालय लहानमा वैशाख २८ गते शक्तिशाली कुकर बम विष्फोट भएको छ । मध्यान्ह १२ बजे कार्यालय सञ्चालनमा रहेको समयमा अज्ञात समूहले माथिल्लो तल्लामा कार्यालय प्रमुखको कोठासँगै रहेको शौचालयमा कुकर बम विष्फोट गराएको हो । विष्फोट किन र कसले गराएको हो खुल्न नसकेको प्रहरीले…

May 11, 2017  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लहान नपा-१३ का ५५ वर्षीय उतिमलाल सदायविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा वैशाख १७ गते उजुरी दर्ता गराएको छ । पीडित बालिकालाई आरोपितले वैशाख १६ गते बलात्कार गरेको पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद…

May 1, 2017  
बहुविवाह घटनाका आरोपितलाई एक वर्षकैदको फैसला

बहुविवाह गरेको कसुरमा गोलबजार नपा-२ का ३२ वर्षीय ध्यानी पासवानलाई जिल्ला अदालतले एक वर्षकैद तथा २ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश चन्द्रमणी ज्ञवालीको वैशाख १४ गतेको इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्ध आले मगरले बताए । मगरका अनुसार आरोपित २७ वर्षीया गौरी सदायलाई अदालतले सफाई दिने…

April 29, 2017  
कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

कथित बोक्सीको आरोप लगाई धनगढीमाई नपा-६ की ५५ वर्षीया कुश्मादेवी यादवलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३८ वर्षीय शिवकुमार यादवलाई वैशाख ४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले चैत ३१ गते कथित बोक्सीको आरोप लगाई धारिलो हतियार प्रयोग गरी कुटपिट गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय…

April 18, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाइ यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा-६ का १८ वर्षीय प्रमेश्वरकुमार यादवलाई वैशाख ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा सोही दिन उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार…

April 18, 2017  
दलित बस्तीमा भिषण आगलागी, बस्ती नै सखाप (फोटोफिचर)

सखुवा नन्कारकट्टी गाउँपालिका-४ सिम्राहाको दलित बस्तीमा चैत २८ गते दिउँसो भएको आगलागीले २९ घर परिवारको बस्ती जलेर सखाप भएपछि महिला र बालबालिकाहरूको बिजोग भएको छ । बस्तीका महिलाले खाना पकाएर घर नजिकैको बारीमा फालेको खरानीमा रहेको आगोको झिल्को उडेर स्थानीय जोगिन्द्र मण्डलको परालको कुन्यूमा सल्किएपछि आगलागी फैलिएको थियो । आगलागीको…

April 11, 2017  
बहुविवाह गरेको कसुरमा १ वर्षकैदको फैसला

बहुविवाह गरेको कसुरमा जिल्ला अदालतले चैत २७ गते लहान नपा-१५ का २४ वर्षीय शङ्कर ढुङ्गानालाई १ वर्षकैद र ५ हजार रुपियाँ जरिबाना र २० वर्षीया स्मिता कार्कीलाई सफाई दिने फैसला गरेको छ । न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आले मगरले बताए । लहान नपा-१५ की…

April 10, 2017  
यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

२८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुरमा गोलबजार नपा-३ का १८ वर्षीय अशोक लामालाई जिल्ला अदालतले २ वर्ष ६ महिना कैदको फैसला सुनाएको छ ।   न्यायाधीश राजेन्द्र अधिकारीको चैत १५ गतेको एकल इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्ध आले मगरले जानकारी दिए ।   पीडित महिलालाई आरोपितले गत…

March 29, 2017