आचारसंहिता विपरीत चुनाव प्रचारमा बालबालिकाको प्रयोग

आचारसंहिता विपरीत चुनाव प्रचारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले भदौ २५ गते बालबालिकाको प्रयोग गरेका छन् । लहान नपा­-७ बाट राप्रपाका वडा अध्यक्षका उम्मेदवार रामअवतार शर्माले भोट माग्ने क्रममा बालबालिकालाई झण्डा बोकाएर प्रचार प्रसारमा लगाएको आरोप छ । शर्माले माइकिङ् गर्दै बालबालिकाहरूलाई राप्रपा-जिन्दावाद, भोट-रामअवतार शर्मालाई, गाई छाप-जिन्दावाद जस्ता नारा लगाउन सिकाउँदै…

September 11, 2017  
१ सय ९ अति सम्वेदनशील र ८४ ओटा मतदान स्थल सम्वेदनशील

सिरहा जिल्लामा रहेको दुई सय २१ मतदान स्थलमध्ये १ सय ९ ओटा अति सम्वेदनशील र ८४ ओटा सम्वेदनशील रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । १ सय ९ मतदान स्थलको २ सय ३२ मतदान केन्द सम्वेदनशील र ८४ मतदान स्थलको १ सय ५८ मतदान केन्द्र सम्वेदशील रहेको जिल्ला प्रहरी…

September 9, 2017  
काङ्ग्रेस कार्यकर्ताबिच एकआपसमा झडप, १३ जना घाइते

सिरहा नपा­­-७ स्थित नेपाली काङ्ग्रेसको जिल्ला पार्टी कार्यालयमा भदौ २१ गते सिरहा नपाको वडा अध्यक्षहरूको उम्मेदवारी छनौटको विषयमा विवाद हुँदा एक आपसमा झडप भएको छ । मेयरको टिकट पाएका डा. सुभाषचन्द्र यादव र असन्तुष्ट उपेन्द्र यादव पक्षबिच जिल्ला पार्टी कार्यालयमा झडप भएको हो । दुई पक्षबिच भएको झडपमा १३ जना…

September 6, 2017  
एमाले उम्मेदवारको घर अगाडि विष्फोट

लहान नगरपालिकामा एमालेको तर्फबाट सिफारिस मेयरका उम्मेदवार मुनि साहको घर अगाडि भदौ २० गते साँझ साँढे सात बजे विष्फोटक पदार्थ विष्फोट भएको छ । प्रचारको काम सकेर घरमा आइपुगे लगत्तै विष्फोटको आवाज आएको साहले बताए । प्लाष्टिकको डिब्बामा राखेर विष्फोट गराए पनि भौतिक तथा मानवीय क्षति नभएको साहले बताए ।…

September 6, 2017  
गणतन्त्रको जग नै हो निर्वाचनः सदस्य शाह

निर्वाचन आयोगका सदस्य सुधिरकुमार शाहले सिरहामा भदौ १९ गते आयोजित एक कार्यक्रममा गणतन्त्रको जग निर्वाचन भएको बताए । उच्चस्तरीय निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहेका शाहले प्रदेश नम्बर २ अन्तर्गत सिरहा र सप्तरीमा आचारसंहिताको अनुगमन तथा राजनीतिक दलका युवाहरूलाई प्रशिक्षण कार्यक्रममा सो कुरा बताएका हुन । उनले स्थानीय तहको निर्वाचन…

September 4, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा-१० का २७ वर्षीय तपसि यादवलाई भदौ १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १३ गते बलात्कार गरेको आरोपमा सोही दिन पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…

August 30, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लहान नपा-२२ का १९ वर्षीय इन्द्रजित रामलाई भदौ ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा भदौ ११ गते उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई…

August 28, 2017  
सामूहिक बलात्कार गरेको आरोपमा उजुरी

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा लहान नपा-१३ का १९ वर्षीय सरोज कुमार मुखिया, १९ वर्षीय अरुण साह र २१ वर्षीय लालु पासवानविरुद्ध भदौ १ गते इलाका प्रहरी कार्यालय लहानमा पीडित पक्षले उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितत्रयले साउन ३२ गते सामूहिक बलात्कार गरेको आरोपमा सो उजुरी दिइएको…

August 18, 2017  
यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा-१३ का ३० वर्षीय शिवकुमार महतोलाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा साउन ३१ गते उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…

August 16, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लहान नपा-३ डेरा गरी बस्ने सप्तरी जिल्ला डाक्नेश्वरी नपा-११ का ३५ वर्षीय बिजुली रामलाई साउन १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा साउन १९ गते उजुरी दिएको…

August 3, 2017