अज्ञात समूहद्वारा प्रहरीमाथि गोली प्रहार

कल्यणपुर नपा-५ निर्दनाघाटमा ड्युटीमा रहेका दुई प्रहरीमाथि अज्ञात समूहले मङ्सिर १० गते गोली प्रहार गरेको छ । स्थानीय प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवरलाई दिउँसो २ बजेतिर गोली लागेको हो । प्रहरी जवान यादवको पेटमा र म्यादी प्रहरी कुँवरको कुममा गोली लागेको इलाका प्रहरी…

November 27, 2017  
चुनाव प्रचारप्रसारको गाडीमा रहेको कुकर बम सेनाद्वारा निष्कृय

धनगढीमाई नपा-७ स्थित फुलकहामा फोरमको प्रचार गाडीमा मङ्सिर ८ गते कुकर बम राखिएको भेटिएको छ । उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालको तर्फबाट सिरहा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री शत्रुधन सिंहको प्रचार गाडीमा कुकर बम फेला परेको हो । उम्मेदवार सिंहको प्रचार गाडी बा…

November 24, 2017  
चुनाव प्रचारप्रसार कार्यालयमा बम विष्फोट

मिर्चैया नगरपालिका-५ मा रहेको नेकपा माओवादी केन्द्र र नेकपा एमाले (वाम गठबन्धन) को चुनावी प्रचारप्रसार कार्यालयमा मङ्सिर ८ गते बम विष्फोट भएको छ । सिरहा क्षेत्र नं. ४ नेकपा माओवादी केन्द्रका प्रतिनिधि सभाका उम्मेदवार पूर्व कानुनमन्त्री अजयशङकर नायकको चुनावी प्रचारप्रसारको कार्यालयमा दिउँसो ४ बजे कुकर बम विष्फोट भएको इलाका प्रहरी…

November 24, 2017  
धारिलो हतियार प्रयोग गरी पत्नीको हत्या

कल्यानपुर नपा-६ की ३० वर्षीया समिला खातुनलाई खुकुरी प्रहार गरी ३५ वर्षीय पति मोहमद अली राइनले धारिलो हतियार प्रयोग गरी मङ्सिर ५ गते बिहान ३ बजेतिर पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादमा आरोपितले खुकुरी प्रयोग गरी घाँटी रेटेर हत्या गरेको खबर स्थानीयबाट जानकारी पाएर प्रहरी घटनास्थलमा पुगेको…

November 21, 2017  
ट्राफिक प्रहरीद्वारा एक युवकलाई यातना

लहान नपा-८ का ३० वर्षीय धनन्जय यादवलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका सई लोकबहादुर दियालीले मङ्सिर ३ गते निर्घात कुटपिट गरेका छन् । लहान नपा-१ स्थित जिल्ला ट्राफिक कार्यालयका आरोपित सईको कमाण्डमा रहेको ट्राफिक प्रहरीहरूले पीडितलाई कार्यालय कोठामा लगेर कुटपिट गरेका हुन् । प्र्रहरीको कुटपिटबाट यादवको दाहिने आँखा मुनि काटिएको…

November 19, 2017  
बालिकाहरूलाई बेचबिखन गर्न लागेको आरोपमा गिरफ्तार

१३, १५ र १६ वर्षीया बालिकाहरूलाई बेचबिखन गर्न भारत लैजाँदै गरेको आरोपमा लहान नपा-३ का ३५ वर्षीय विजय महतोलाई इलाका प्रहरी कार्यालय लहानले कात्तिक २९ गते गिरफ्तार गरेको छ । पीडित पक्षका अनुसार आरोपितले बालिकाहरूलाई भारतको दिल्लीमा रोजगारी लगाइदिने भनी फकाएर कात्तिक २६ गते राति १० बजे मोटरसाइकलमा राखी लहान-१…

November 15, 2017  
बहुविवाह घटनाका आरोपितविरूद्ध उजुरी

लहान नपा-२२ की २८ वर्षीया ललितादेवी चौधरीले ३० वर्षीय पति रविन चौधरीले बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा कात्तिक २६ गते उजुरी दिएकी छन् । आरोपितले कात्तिक २३ गते सुनसरी बराहक्षेत्र नपा-८ की २२ वर्षीया अनिता चौधरीसँग बहुविवाह गरेकोले कारबाहीका लागि उजुरी दिएको बताइन् । इलाका प्रहरी कार्यालय लहानका…

November 12, 2017  
२ सय ३२ मतदान केन्द्र अति सम्वेदनशील

अगामी मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि तोकिएका ४ सय ३६ मतदान केन्द्र मध्ये २ सय ३२ मतदान केन्द्र अति सम्वेदनशील रहेका छन् । सिरहा जिल्लामा रहेका २ सय २१ मतदान स्थलमध्ये १ सय ९ ओटा अति सम्वेदनशील र ८४ ओटा सम्वेदनशील रहेको जिल्ला प्रहरी…

November 5, 2017  
पत्नी हत्याका आरोपमा सर्वस्वसहित जन्मकैदको फैसला

पत्नी हत्याको आरोपमा लहान नपा-१५ का ६० वर्षीय काले तामाङलाई जिल्ला अदालतले कात्तिक १४ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश हर्रि्रसाद शर्मा उपाध्याय पङ्गेनीको एकल इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आलेले बताए । आरोपितले ०७३ चैत ३ गते राति ५३ वर्षीया पत्नी दुखनी तामाङको…

November 1, 2017  
बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी

१८ र १९ वर्षीया दुई जना युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा लहान नपा-११ का २८ वर्षीय देव पुर्वे र २५ वर्षीय सन्तोष भण्डारी मालीविरूद्ध इलाका प्रहरी कार्यालय लहानमा पीडित पक्षले कात्तिक ११ गते उजुरी दिएको छ । पीडित पक्षका अनुसार पीडितद्वयलाई आरोपितद्वयले कात्तिक ९ गते बलात्कार प्रयास गरेका थिए ।…

October 28, 2017