बलात्कार गरेको कसुरमा ६ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत सिरहाले गोलबजार नपा­­-५ का ५५ वर्षीय चन्दर साहलाई ६ वर्ष कैद तथा ५० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले माघ १५ गते सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आलेले बताए । पीडित बालिकालाई आरोपितले ०७४ वैशाख…

January 31, 2018  
पत्नीलाई हत्या प्रयास गरेको आरोपमा उजुरी

लहान नपा-१३ की ३५ वर्षीया रामवती महतोलाई उनका पति ४० वर्षीय महेश्वर महतोले हत्या प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा पीडित पक्षले पुस ३० गते उजुरी हाले । पीडित परिवारका अनुसार आरोपितले पटक पटक घरायसी विवादमा यातना दिँदै आएको र पुस २८ गते राति घरायसी विवादमा लठीले कुटपिट गरी…

January 14, 2018  
बलात्कार प्रयास गरेको आरोपमा उजुरी

५० वर्षीया महिलालाई भगवानपुर गाउँपालिका-२ का ३५ वर्षीय रामनाथ यादवले पुस २६ गते बलात्कारको प्रयास गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा पुस २६ गते उजुरी दिएको छ । पीडित परिवारका अनुसार पीडित महिलालाई आरोपितले पुस २६ गते बिहानको राति बलात्कारको प्रयास गरेकाले कारबाहीको माग गर्दै उजुरी दिइएको हो…

January 10, 2018  
बहुविवाह गरेको आरोपमा उजुरी

सिरहा नपा-२१ की २० वर्षीया सरिताकुमारी यादवले ४२ वर्षीय पति अरूण यादवविरूद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा पुस १३ गते उजुरी दिएकी छन् । पीडितका अनुसार आरोपितसँग सामाजिक परम्परा अनुसार २०७२ सालमा विवाह भए पनि घरेलुहिंसा गरिरहेको र सिरहा नपा-२२ कि १२ वर्षीया नाबालिकासँग मङ्सिर ७ गते बहुविवाह गरेकोले कानुनी कारबाहीका…

December 28, 2017  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई पुस १० गते सामूहिक बलात्कार गरेको आरोपमा १७ वर्षीय एकजना र १६ वर्षीय दुई जना बालकविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा पुस १२ गते उजुरी दिएको छ । पीडित पक्षका अनुसार पीडित बालिकालाई आरोपितहरूले सामूहिक बलात्कार गरेको घटनामा आरोपितका अभिभावकहरूले गाउँमै मिल्न दबाव दिएका छन् ।…

December 28, 2017  
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिरहाले नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १२ गते सम्पन्न गरेको छ । लहान नगरपालिका कार्यालयकी उपप्रमुख सरियारकुमारी चौधरीले जिल्लामा महिला हिंसाका घटनाहरूको सङ्ख्यामा बृद्धि भएकोप्रति चिन्ता व्यक्त गर्दै चाँडै न्यायिक समन्वय समिति गठन गरी सङ्घसंस्था, पत्रकार तथा…

December 27, 2017  
मालपोत कार्यालयमा बम विष्फोट हुँदा तीन जना घाइते

सिरहा नपा-७ स्थित मालपोत कार्यालय भित्र पुस ७ गते दिउँसो १ः३० बजे कुकर बम विष्फोट हुँदा तीन जना घाइते भएका छन् । मालपोत कार्यालयका कार्यालय प्रमुखको कक्ष अगाडि राखिएको सोफा तलबाट बम विष्फोट हुँदा तीन जना घाइते भएका हुन् । घाइते हुनेहरूमा सिरहा नपा-१२ का ४५ वर्षीय राजकुमार पासवान, उनका…

December 22, 2017  
बम विष्फोटमा परी एक जना घाइते

लहान नपा-१ स्थित लोकतान्त्रिक चोकमा मङ्सिर २८ गते दिउँसो बम विष्फोट हुँदा सप्तरी जिल्ला  खडक नगरपालिक-२ का ४६ वर्षीय परमेश्वर चौधरी घाइते भएका छन् । लोकतान्त्रिक चोक नजिक बेवारिस साइकलको सिटमुनि राखेको बम रिमोटबाट विष्फोट गराउँदा साइकल पसलमा समान लिन आएका चौधरीलाई बमको छर्रा लागि घाइते भएका थिए । घाइते…

December 15, 2017  
उम्मेदवारलाई लक्षित गरी बम विष्फोट

प्रतिनिधि सभाका लागि सिरहा क्षेत्र नं. २ मा वाम गठबन्धनबाट (नेकपा माओवादी केन्द्र) का उम्मेदवार सुरेशचन्द्र दास यादवको करेसाबारीमा मङ्सिर १४ गते राति शक्तिशाली विष्फोट भएको छ । भारतसँग सीमा जोडिएको औरही गाउँपालिका-५ औरहीस्थित घरको पछाडिपट्टि करेसाबारीको पर्खालमा राति साढे ८ बजेतिर विष्फोट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी…

December 1, 2017  
जबसम्म नागरिकले अनुभुति गर्दैनन् तबसम्म आरक्षण चाहिन्छः अध्यक्ष प्याकुरेल

जब सम्म जनताले समाजमा समानताको अनुभति गर्दैनन् तबसम्म आरक्षण चाहिने इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले बताएका छन् । सिरहामा मङ्सिर १४ गते आयोजित स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले गरेको कार्यक्रममा इन्सेकका अध्यक्ष प्याकुरेलले सो कुरा बताएका हुन् । 'जबसम्म महिला, दलित, मधेसी, मुस्लिमलाई हेप्ने चलन छ, यो चलन हामिलाई अनुभूत हुनेगरी…

December 1, 2017