कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित धामी गिरफ्तार

नरहा गाउँपालिका–३ की ५० वर्षीया वौवावती महतोलाई कथित बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा सोही ठाउँका ५५ वर्षीय धामी सुकन मण्डललाई इलाका प्रहरी कार्यालय मिर्चैयाले फागुन ५ गते गिरफ्तार गरेको छ । पीडित परिवारका अनुसार सोही ठाउँका ६० वर्षीया झौलीदेवी सदा, १९ वर्षीय सञ्जित सदा, ५५ वर्षीय सुकन मण्डल र…

February 18, 2019  
कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा उजुरी

नरहा गाउँपालिका–३ की ५० वर्षीया बौवावती महतोलाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा पीडित परिवारले सोही ठाउँका ६० वर्षीया झौलीदेवी सदा, १९ वर्षीय सञ्जित सदा, ५५ वर्षीय सुकन मण्डल र दुईजना नाम नखुलेका महिलाविरूद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा फागुन १ गते उजुरी दिएको छ । पीडितका अनुसार माघ २४…

February 14, 2019  
बलात्कार प्रयास घटनाका फरार आरोपित गिरफतार

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरी फरार रहेका आरोपित नवराजपुर गापा–३ का २१ वर्षीय रामसेवक यादवलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारले माघ १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज ६ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा असोज ९ गते उजुरी दिएको…

January 31, 2019  
बालविवाह गरेको आरोपमा कैद तथा जरिबानाको फैसला

बालविवाह गरेको आरोपमा कर्जन्हा नपा–६ का १४ वर्षीया बालिका र १७ वर्षीय बालकलाई जिल्ला अदालतले जनही २३ दिन कैद र १० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको माघ १३ गतेको इजलासले सो फैसला गरेको जिल्ला सरकारी वकिल जुद्धबहादुर आलेले बताए । आरोपितहरूले ०७५ साउन १ गते…

January 29, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोलबजार नपा–१० का ४५ वर्षीय कारी यादवलाई माघ १४ गते इलाका प्रहरी कार्यालय गोलबजारले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले काम लगाइदिन्छु भन्दै माघ ६ गतेदेखि माघ ८ गतेसम्म पटकपटक बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय गोलबजारमा माघ १३ गते…

January 29, 2019  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

२१ वर्षीया महिलालाई बलात्कार गरेको घटनाको विषयमा पीडित पक्षले दिएको उजुरी माघ १३ गते इलाका प्रहरी कार्यालय गोलबजारले गरेको छ । पीडित महिलालाई गोलबजार नपा–१२ का ३१ वर्षीय मुन्ना भन्ने गुजेश्वर महतो र सोही ठाउँका ३३ वर्षीय उमेश सिंहले माघ ११ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय…

January 28, 2019  
प्रहरीको सक्रियतामा बालविवाह रोकियो

धनगढीमाई नपा–१३ मा माघ ११ गते १४ वर्षीया बालिका सविताकुमारी कामतीको हुन लागेको बालविवाह इलाका प्रहरी कार्यालय लहानको सक्रियतामा रोकिएको छ । सुखिपुर नपा–८ का २० वर्षीय जितेन्द्रकुमार कामतीसँग बालिकाको विवाह हुन लागेको सूचना स्थानीय अधिकारकर्मीहरूबाट आए पछि दिनभरी प्रहरीले सम्झाएर बालविवाह रोकाएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले…

January 26, 2019  
प्रहरीको गोली प्रहारबाट एकजना घाइते

जिल्ला प्रहरी कार्यालय सिरहाको गस्ती टोलीले माघ ४ गते चलाएको गोलीले सिरहा नपा–९ का २९ वर्षीय प्रमोद यादव घाइते भएका छन् । सिरहा नपा–२१ मा गस्तीटोलीले चेकजाँचको लागि स.६ प. ६१४० नम्बरको मोटरसाइकलमा सवार रहेका यादवलाई रोक्न खोज्दा यादवले कटुवा पेस्तोलले हमला गरेपछि जबाफी फायरिङ्गमा यादव घाइते हुन पुगेका जिल्ला…

January 18, 2019  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१९ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा पीडित परिवारले कर्जन्हा नपा–१० का ३८ वर्षीय असरफ शेखविरूद्ध इलाका पहरी कार्यालय मिर्चैयामा माघ २ गते उजुरी दिएका छन् । पीडित परिवारका अनुसार पीडित युवतीलाई आरोपितले पुस ३० गते अपहरण गरी बलात्कार गरेका थिए । पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा…

January 18, 2019  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा पुस २७ गते उजुरी दिएको छ । नाम र ठेगाना नखुलेको करिब २२ वर्षीय युवकले पुस २५ गते पीडित युवतीलाई बलात्कार गरेको पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । फोनबाट चिनजान भएको आधारमा भेटघाट गर्न बोलाएर बलात्कार…

January 12, 2019