कथित बोक्सीको आरोप लगाई अभक्ष कोच्याएको घटनाका आरोपित गिरफ्तार
औरही गाउँपालिका–५ की ५० वर्षीया हिरादेवी साहलाई कथित बोक्सीको आरोप लगाई अभक्ष कोच्याएको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले सोही ठाउँका २८ वर्षीय घुरन साहलाई वैशाख ५ गते गिरफ्तार गरेको छ । ‘वैशाख २ गते मधेशको जुड शितल पर्वको अवसरमा बिहान आशिर्वाद स्वरुप भतिजाहरूलाई टाउकोमा पानी हाल्न गएको थिएँ । के…
बलात्कार घटनाका कसुरमा ६ महिना कैदको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै कल्याणपुर नपा–८ का २१ वर्षीय मोहमद अख्तरलाई जिल्ला अदालतले ०७७ चैत ३० गते ६ महिना कैद तथा ४० हजार रुपियाँ क्षतिपुर्तिको फैसला सुनाएको छ । न्यायाधीश प्रकाश खरेलको इजलासले सो फैसला गरेको हो । पीडित बालिकालाई आरोपितले ०७७ असोज २४ गते बलात्कार…
मालपोत कार्यालयमा बम विष्फोट गराएको आरोपमा गिरफ्तार
लहान नपा–८ स्थित मालपोत कार्यालयमा बम विष्फोट गराएको आरोपमा लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २० वर्षीय गुड्डु भनिने रामजतन मुखियालाई इलाका प्रहरी कार्यालय लहानले चैत २८ गते गिरफ्तार गरेको डिएसपी डाक्टर तपनकुमार दाहालले बताउनु भयो । यसअघि सुखिपुर नपा–५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २६ वर्षीय…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
१९ वर्षीया युवतीलाई लहान नपा–२१ का २५ वर्षीय कमलेश साहले बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले दिएको उजुरी इलाका प्रहरी कार्यालय लहानले चैत २१ गते दर्ता गरेको छ । पीडित युवतीलाई आरोपितले चैत १६ गते बलात्कार प्रयास गरेको र गाउँमै घटना मिलाउन खोज्दा घटना नमिलेपछि इलाका प्रहरी कार्यालय लहानमा चैत…
मालपोत कार्यालयमा बम विष्फोट गराएको आरोपमा गिरफ्तार
लहान नपा–८ स्थित मालपोत कार्यालयमा बम विष्फोट गराएको आरोपमा सुखिपुर नपा–५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २६ वर्षीय अभिमन्यू गिरीलाई जिल्ला प्रहरी कार्यालय सिरहाले चैत १६ गते गिरफ्तार गरेको छ । चैत १ गते दिउँसो मालपोत कार्यालयमा प्रेसरकुकर बम बिष्फोट गराएको घटनाको अनुसन्धानको क्रममा आरोपितहरूको…
बलात्कार घटनाको कसुरमा १४ वर्ष कैदको फैसला
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालत सिरहाले चैत ११ गते गोलबजार नपा–१० का २४ वर्षीय दिपक राईलाई १४ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश प्रकाश खरेलको इजलासले यस्तो फैसला गरेको हो । पीडित बालिकालाई ३५ हजार रुपियाँ क्षतिपुर्ति समेत दिने फैसला गरिएको छ । पीडित…
यौन दुर्व्यवहार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भारतको मधुवनी जिल्ला जयनगर घर भई कर्जन्हा नपा–३ मा बस्ने ४० वर्षीय किसुन मुखियाविरुद्धको मुद्दा जिल्ला अदालत सिरहाले चैत १० गते मुल्तबीमा राख्ने फैसला गरेको छ । न्यायाधीश ध्रुबकुमार उप्रेतीको इजलासले सो फैसला गरेको हो । मुखिया घटनापछि हालसम्म फरार रहेकाले मुद्दा मुल्तबीमा…
बलात्कार घटनाको कसुरमा ११ वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई ०७६ वैशाख २ गते बलात्कार गरेको कसुर ठहर गर्दै लहान नपा–५ का ४० वर्षीय रमेश नायकलाई जिल्ला अदालत सिरहाले चैत ४ गते ११ वर्ष कैद तथा ५० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको छ । न्यायाधीश गिरीराज गौतमको इजलासले सो फैसला गरेको हो । घटनामा सहयोगीको रूपमा रहेकी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सुस्त मनिस्थिति भएकी १८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय महेशपुर पतारले चैत २ गते ५० वर्षीय ससुरालाई गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ २७ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले चैत १ गते इलाका प्रहरी कार्यालय महेशपुर पतारमा उजुरी गरेकी थिइन् । पीडितले घटनाबारे घरमा…
बलात्कार प्रयास घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटनाका आरोपित गोलबजार नपा–२ का २६ वर्षीय बिन्देश्वर सदा विरुद्धको मुद्दा जिल्ला अदालत सिरहाले चैत १ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । न्यायाधीश रोमनाथ अधिकारीको इजलासले सो फैसला गरेको हो । आरोपित घटनापछि हालसम्म फरार रहेकाले मुद्दा मुल्तबीमा राखिएको जनाएको छ । पीडित…