कालाजार रोगको उपचारमा लापारबाही, एक वर्षमा सात जनाको मृत्यु

अस्पतलमा निःशुल्क उपचार हुने कालाजार रोगको उपचारमा स्वास्थ्य संस्थाहरूले लापरबाही गरेका कारण एक वर्षमा सात जनाको मृत्यु भएको इश्वरपुरका स्थानीयले आरोप लगाएका छन् । इश्वरपुर-२ राइटरखोरका मुसहर बस्तीका मुसहरहरू भक्तिपुर स्वास्थ्य चौकीमा जाँदा उपचार पाउन नसकेको गुनासो गरेका छन् । समयमा सही उपचारको अभाव हुँदा आठ घरधुरी रहेको मुसहर बस्तीमा…

April 12, 2017  
धारिलो हतियार प्रयोग गरी ६५ वर्षीया महिलाको हत्या

फुलपरासी गाविस-४ की ६५ वर्षीया नुनुदेवी रायलाई माघ २ गते धारिलो हतियार प्रहार गरी हात्या गरेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय र्सलाहीका डिएसपी सिताराम रिजालले बताएका छन् । पीडित महिलाका पति रामपुकार रायको मृत्यु भएको एक महिना नबित्दै माघ २ गते राति विभत्स तरिकाले हत्या भएको प्रहरीले जनाएको छ…

January 16, 2017  
नबालक छोराको हत्यापछि आमाद्वारा आत्महत्या

बरहथवा-११ हिरापुर की २२ वर्षीया सविता पालले पुस २१ गते पाँच वर्षीय छोरा अमन पाललाई विष खुवाएर हत्या गरी आफूले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । विष सेवन गराइएका तीन वर्षीय छोरा प्रिन्स पालको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सिताराम रिजालले बताए । प्रिन्सलाई…

January 5, 2017  
नाबालिका छोरीको हत्या गरी आमाद्वारा आत्महत्या

पिपरिया–३ की ३० वर्षीया गुन्द्रदेवी पण्डितले गरिबीका कारण १० वर्षीया छोरी चन्दाकुमारी पण्डितको हत्या गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पुस १८ गते घरको ढोका बन्द गरी गुन्द्रदेवीले १३ वर्षीया छोरी पुजाकुमारी, चन्दा कुमारी, तीन वर्षीया राधा कुमारीलाई विष खुवाएर आफू पनि विष सेवन गरी आत्म…

January 4, 2017  
दलित छात्रछात्राको लागि सहयोगस्वरुप प्राप्त साइकल गोदाममा अलपत्र

भारतीय दुतावासले शिक्षामा दलित वर्गको सहभागिता बढाउन मध्यामिक तहमा अध्ययनरत छात्रछात्राका लागि उपलब्ध गराएको साइकल गोदाममै थन्क्याइएको छ । सर्लाहीमा दलित विद्यार्थीलाई वितरण गर्न खरिद भएको साइकल जिल्ला विकास समितिको गोदाममा थन्क्याएर अलपत्र पारिएको हो । जिल्ला शिक्षा कार्यालय र जिल्ला विकास समितका कर्मचारीबिच समन्वय नहुँदा गरिब, दलित विद्यार्थीका लागि…

November 27, 2016  
कथित बोक्सीको आरोपमा कुटपिट गरी अभक्ष खुवाएको घटनाका आरोपित गिरफ्तार

मधुवनी-९ की ५५ वर्षीया सयरा खातुनलाई असोज ५ गते कथित बोक्सीको आरोपमा कुटपिट गरी अभक्ष खुवाएको आरोपमा प्रहरीले सोही दिन स्थानीय सुलमान अन्सारी, आलम अन्सारी, मजिद अन्सारीलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । इलका प्रहरी कार्यालय गडहियाको टोलीले खातुनलाई अमानवीय व्यवहार गरेको आरोपमा पीडित पक्षले दिएको मौखिक उजुरीका आधारमा उनीहरूलाई…

September 22, 2016  
प्रहरी हिरासतबाट फरार बलात्कार घटनाका आरोपित गिरफ्तार

इलाका प्रहरी कार्यालय इश्वरपुरको हिरासतबाट ०७३ असार २१ गते फरार भएका बलात्कार घटनाका आरोपित इश्वरपुर गाविस-७ का २० वर्षीय राकेश रामलाई साउन २२ गते प्रहरीले पुनः गिरफ्तार गरेको छ ।   १५ वर्षीया बालिकालाई असार १६ गते बलात्कार गरेको आरोपमा असार १८ गते गिरफ्तार गरिएका राम असार २१ गते प्रहरी…

August 7, 2016